तेजविलास अधिकारी ##
१
अभावमा छन् जनता सद्भाव राखे पो सरकार
प्रभावमा लिन जनअभाव घटाए पो सरकार
खाली थोत्रो कुरा र मनगढन्ते राग अलाप्छौ
जुन जोगी आए नि भनेजस्तै त भो सरकार ।
Advertisement
२
औपचारिक मञ्चमै डनवाद हावी भो
चुन्ने चुनिने विषयमा धनवाद हावी भो
असल मान्छेलाई पनि बिगार्छ सत्ताले
केको गणतन्त्र ? छाडावाद हावी भो ।
३
विरोधको अधिकार हुन्छ गणतन्त्रमा
प्रतिरोधको अधिकार छ गणतन्त्रमा
त्यसकै लागि त मरे हजारौँ प्रियजन
उल्टो जनदमन छ किन ? गणतन्त्रमा ।

