काठमाडौँ । अखिल नेपाल युवक सङ्घ केन्द्रीय समितिको निर्णयानुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विरोध, नागरिकता अध्यादेश, चुरेदोहन तथा युवाका समस्यालाई लिएर युवक सङ्घ काठमाडौँले ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीमार्फत २०७८ असार ११ गते प्रधानमन्त्रीलाई सो ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझाउन जाने प्रतिनिधि मण्डलमा युवक सङ्घका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्लाध्यक्ष डम्मर कार्की, युवक सङ्घका केन्द्रीय सल्लाहकारहरू रमेश पौडेल र भक्त विक तथा राष्ट्रिय जनमोर्चाका सदस्य लालबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।
यस्तो छ ज्ञापनपत्र
