पुष्कर भट्ट, महेन्द्रनगर ।
अखिल नेपाल युवक सङ्घ कञ्चनपुरले प्रतिगमन, कोरोना महामारी, नागरिकता अध्यादेश, बाढीपहिरो, ढुङ्गा, बालुवा, गिटी उत्खनन्, युवाहरूको विदेश पलायनलगायतका विषयलाई लिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
युवक सङ्घका जिल्ला सचिव दशरथ सुवेदी नेतृत्वको प्रतिनिधि मण्डल २०७८ असार ११ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत सो ज्ञापन बुझाइएको हो ।
प्रतिनिधि मण्डलमा युवक सङ्घका जिल्लाध्यक्ष हरिप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष रामबहादुर कार्की, अखिल (छैठौं) का महासचिव महेशराज जोशी, राजमो जिल्ला सहसचिव लालबहादुर कुँवर, अखिल (छैठौं) का प्रदेश सदस्य पुष्कर भट्ट र युवक सङ्घका जिल्ला सहसचिव भुपेन्द्र भण्डारीको पनि सहभागिता रहेको थियो ।
