• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

निहुँ नखोज साथी


  •   शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
  • भक्त विश्वकर्मा ##
    हिजो निहुँ खोज्यौ– रातोमा सेतो किन मिसा’को ?
    आज निहुँ खोज्दै छौ– त्यही सेतोमा किन रातो मिसा’को ?
    सच्चाइसँग किन निहुँ खोजिरहेको साथी ?

    Advertisement

    अहिले घाटामा छोडेको वस्तु
    पछि बाटोमा खोजेर कुनै हालतमा पाइने छैन
    नाच्न नजानेपछि आँगनलाई
    किन बेइज्जत गर्नु ?
    अधिकार खोज्नेले कर्तव्यको पनि पालना गर्नु
    आफ्नो होस गुमाउने
    अनि, किन सँगीलाई दोष लाउने ?

    सँगै सहयात्रा गर्ने मन भए
    अझै पनि आत्मालोचित बन
    आउ, कत्ति पनि लाज नमानी
    श्रमजीवी वर्गको पक्षमा लागौँ
    जालीफटाहले चलाएको राज्यसत्ता
    गरिखाने जनताको लालकिल्ला बनाऊँ
    विश्वमा समाजवाद ल्याउन
    कम्मर कसेर लागौँ साथी हो ।

    राम्रो अर्ती र ओखती सधैँ तितो हुने गर्छ
    तितो सहने बानी बसालौँ
    किनकि, यथार्थ तितो
    अनि, सत्य हुने गर्दछ
    आफ्नो थैलीको मुख मज्जाले बान्ने गरौँ
    साथीलाई कहिल्यै दोष नलगाऊ ।

    कठिन परिस्थितिमा कठिन निर्णय नलिँदा
    क्रान्तिकारी ब्रान्ड बच्दैन
    हिजोको इतिहास साछी छ
    उम्लेको दुध खरानीमै जान्छ
    समय छँदै सुध्रिनुको मज्जा बेग्लै हुने छ
    आऊ बाटो बिराउन थालेका साथीहरू
    सुनौलो यात्रामा सहकार्य गरौँ ।

    तिम्रो पनि यसमा धेरै लगानी छ
    लगानी गरेको ठाँउमा अथाह माया हुने गर्दछ
    साथी हो कि त सत्यता आफैले जानौँ
    कि त सम्झाएको मानौँ
    बुढो गोरुले भिर खोजे झैँ भिर नखोजौँ
    र, निहुँ पनि नखोजौँ
    वर्गीय आन्दोलनबाट विचलित नहोऊ
    न्यायपूर्ण आन्दोलनसँग दुरी नबढाऊ ।

    हामी जस्तो ठाउँमा छौँ,
    यो हाम्रो मूलघरले बनाइदिएको हो
    घरले कसैलाई पक्षपात गर्दैन
    न त कसैलाई तिरस्कार गर्छ
    अर्काको घर राम्रो मानी विचलित हुँदा
    पश्चातापमा अवश्य परिन्छ
    धोबीको कुत्ताजस्तै भइन्छ
    कि त अवसरपछि लाग्दा
    दलाल, नोकरशाही अनि, प्रतिक्रियावादी खेमामा पुगिन्छ
    भ्रष्टाचारी भइन्छ ।
    पहिला पहिलाका अति क्रान्तिकारी बनी
    हाल पतन भएका कामरेडजस्तै
    इतिहास बिगारेर जनताबाट तिरस्कृत भइन्छ
    स्वार्थी र बदमासको कित्तामा पुगिन्छ ।

    निहुँ खोजेर बनेको घर नभत्काऊ
    खबरदार ¤ धेरै भ्रम नफैलाऊ
    योभन्दा ज्यादा सत्रुता नअपनाऊ
    योभन्दा धेरै नाङ्गो नाच नदेखाऊ
    योभन्दा धेरै नाङ्गो नाच नदेखाऊ ।

    शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.