• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि राष्ट्रिय जनमोर्चाको संशोधन


  •   मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित
  • – तारा जिसी ##
    लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ लागि सार्वजनिक गरेको लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा राष्ट्रिय जनमोर्चाको धारणाको सार यस प्रकार रहेको छ ।

    Advertisement

    समाजवादउन्मुख अर्थव्यवस्थाको प्रारम्भिक विन्दुको रूपमा प्रस्तुत नीति कार्यक्रमको ठाउँमा तपसिलको नीति तथा कार्यक्रम आवश्यक थियो, जुन आउन सकेन ।

    १. परम्परागत सिप र सामग्रीको संरक्षण, सबलीकरण एवम् उपयोग गर्दै मौलिक घर तथा आवासक्षेत्रको नीति बनाउनुपर्दछ ।

    २. पहाडमा अवैज्ञानिक सडक बन्दा त्यसले प्राकृतिक प्रकोप बढाइरहेको छ । तराईमा भूमाफिया सडकको नाममा कृषियोग्य जमिनलाई मरुभूमीकरण गरिरहेका छन्, तसर्थ आवश्यकता पहिचान गर्दै वैज्ञानिक सडक योजना नीति बनाउनुपर्दछ ।

    ३. खोला तथा नदीमा एकातिर पानी बगेर खेर गइरहने, भारतले नेपालको जलश्रोतको उपयोग गर्न अनेक हतकन्डा अपनाइरहेको हुँदा समग्र लुम्बिनी प्रदेशका नदीलाई समेटेर सिँचाइ, खानेपानी र पर्यटनको गुरुयोजना बनाउने नीति बनाउनुपर्दछ ।

    ४. कृषिउपजको बिक्री–वितरणमा समर्थन मूल्य कायम गर्दै प्रत्येक पालिकामा सरकारी लगानीमा कम्तीमा एउटा खरिद तथा विक्री केन्द्र बनाउने नीति बनाउनुपर्दछ ।

    ५. कृषि क्षेत्रमा दिइएको राहत नगन्य भएको, बाडिएको राहत सत्ताधारीका आसेपासेले दुरूपयोग गरिरहेको हँुदा राहत वास्तविक अनुग्राहीसम्म पुग्न पारदर्शी नीति बनाउनुपर्दछ ।

    ६. जमिनको खण्डीकरण तीव्र रूपमा भइरहेको छ । तसर्थ त्यसलाई रोकी जमिनको चक्लाबन्दी गर्ने नीति बनाउनुपर्दछ । साथै समाजवादउन्मुख भूमिसुधार नीति यही आर्थिकवर्षमा बनाई लागु गर्नुपर्दछ ।

    ७. पहाडी भागमा परम्परागत पानीघट्ट तथा मिल सञ्चालन भइरहेका तथा त्यस्ता स्थान उल्लेख्य भएको हुँदा सानो लगानीले पनि विद्युत उत्पादन गर्न सकिने भएकाले साना तथा लघुविद्युत उत्पादन गर्ने नीति बनाउनुपर्दछ ।

    ८ घर घरमा गोबर ग्याँस तथा सुधारिएको चुलो निर्माण गरी उर्जामा परनिर्भरता घटाउने नीति बनाउनुपर्दछ ।

    ९. वित्तीय संस्थाको लगानी अनुत्पादक क्षेत्रमा आकर्षित हुँदा उत्पादनशील क्षेत्रमा समस्या परेको छ । साना कृषक तथा घरेलु उद्योगमैत्री सरल एवम् सुलभ कर्जानीति बनाउनुपर्दछ ।

    १०. लुम्बिनी प्रदेशमा भारतसँगको लामो, खुल्ला तथा अव्यवस्थित सिमानाका कारण शान्तिसुरक्षामामा गम्भीर असर परेको, सीमाक्षेत्रको सुरक्षाका लागि कम्तीमा काँडेतार लगाउने नीति बनाउनुपर्दछ ।

    ११. लुम्बिनी प्रदेश सरकाले सङ्घीय सरकार तथा स्थानीय निकायसँग साझेदारी गर्दै सरकारी लगानीमा उद्योग स्थापना गर्ने नीति बनाउनुपर्दछ ।

    १२. दलाल पुँजीवादको विस्थापन तथा राष्ट्रिय पँुजीको निर्माण एवम् विस्तार गर्ने नीति बनाउनुपर्दछ ।

    १३. लुम्बिनी प्रदेशका पहाडी जिल्लामा जडिबुटी उत्पादन, फलफुू खेती तथा पशुपालन व्यवसायलाई प्रोत्साहन एवम् तराईक्षेत्रमा विभिन्न अन्नबाली उत्पादन पकेटक्षेत्रको निर्माण गरी पहाडमा जडिबुटी प्रसोधन केन्द्र, पेय पदार्थसम्बन्धी उद्योग र मासु तथा दुग्ध उद्योग र तराईमा खाद्य उद्योगलाई प्रोत्सान गर्ने नीति बनाउनुपर्दछ ।

    १४. धार्मिकस्थल तथा यस प्रदेशका उच्च पहाडी, मनोरम पहाड, ताल लैया, नदी, खोला र झरना समेट्दै विभिन्न पर्यटकीय स्थल निर्माण गर्ने नीति बनाउनुपर्दछ । साथै स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै त्यसलाई पर्यटन व्यवसायमा जोड्नुपर्दछ ।

    १५. वन क्षेत्रमा खानीको अव्यवस्थित उत्खनन, वैज्ञानिक वनको नाममा वनको फडानी रोकी रैथाने वनस्पतिको संरक्षण एवम् विस्तार गर्ने नीति बनाउनुपर्दछ ।

    १६. शिक्षामा निजीकरणले गर्दा एउटै राज्यभित्र दुई खाले शिक्षा नीति बनेको छ । तसर्थ शिक्षाक्षेत्रलाई निजीकरण गर्ने नीति सच्चाउँदै निजीक्षेत्रका संस्थालाई सरकारीकरण गर्ने नीति बनाउनुपर्दछ ।

    १७. स्वास्थ्यक्षेत्रलाई सरकारीकरण गर्ने नीति बनाउनुपर्दछ । कोभिड महामारीको नियन्त्रणका लागि ठोस योजना बनाई पर्याप्त मात्रामा अक्सिजन प्लान्टको स्थापना, एचडियु बेड, आइसोलेसन सेन्टर, भेन्टिलेटर निर्माण तथा हस्पिटलको क्षमता वृद्धिमा विशेष ध्यान दिनुपर्दछ । स्वास्थ्यक्षेत्रमा हुने पर्याप्त व्यवस्थाले सम्भावित तेस्रो लहर र स्वास्थ्यक्षेत्रको दीर्घकालीन समस्याको सम्बोधनमा समेत सकारात्मक भूमिका खेल्न सक्छ ।

    १८. बिनामापदण्ड ढुङ्गा, गिट्टी, बालुवा उत्खननले पर्यावरणमा गम्भीर समस्या हुने भएकाले यो जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक विरुद्धको कार्य हो । मानव समुदायमाथिको आक्रमण र राष्ट्रघात हो । सरकारको यो निर्णय तत्काल फिर्ता गर्न गराउन प्रदेश सरकारबाट ठोस पहलको आवश्यकता छ ।

    (प्रदेशसभाको २०७८ जेठ ३१ गतेको बैठकमा सांसद जिसीद्वारा प्रस्तुत)

    मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.