• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

प्रतिगमनबारे अखिल नेपाल बुद्धिजीवी संघको भर्चुअल अन्तरक्रिया


  •   शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल बुद्धिजीवी सङ्घले “ऐतिहासिक भौतिकवादी दृष्टिकोणमा प्रतिगमन” शीर्षकमा भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    प्रगतिशील लेखक सङ्घका महासचिव समीर सिंहको कार्यपत्रमाथि छलफल चलाउँदै २०७८ जेठ २९ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले प्रधानमन्त्री ओलीमा पुँजीवादी व्यवस्थाअन्तर्गतको संसदलाई समेत विघटन गर्ने प्रवृत्ति देखा पर्नु दुखद भएको बताउनुभयो ।


    ‘पुँजीवादीले सम्म त संसदको संरक्षण गर्नुपर्नेमा प्रधानमन्त्रीले त विघटन गरिदिए’ सचिव पुरीले कार्यक्रममा उपस्थित जनसमुदायप्रति प्रश्न गर्नुभयो– ‘अब उनलाई कम्युनिस्ट त परै जाओस्, प्रगतिशील पनि भन्न मिल्ने कि नमिल्ने ?’

    उहाँले आफूलाई कम्युनिस्ट बताउनेले पशुपतिमा सुनको जालहरी राख्ने वा भगवान रामको मन्दिर बनाउने काम गरेकोमा समेत प्रश्न उठाउनुभयो ।

    उहाँले भन्नुभयो– ‘पशुपतिमा सुनको जालहरी राख्ने, राममन्दिर बनाउन खोज्ने ओलीको प्रवृत्तिले उनी कम्युनिस्ट होइनन् भन्ने पुष्टि गर्छ ।’

    उहाँले राजतन्त्र ढलेर गए पनि सामन्ती चिन्तन अझै बाँकी रहेको बताउँदै भन्नुभयो– ‘सत्तामा सधैँभरि टाँसिइरहन्छु भन्नु सामन्ती प्रवृत्ति हो ।’

    ‘यदि नेपालमा राष्ट्रपतीय प्रणाली भएको भए के हुन्थ्यो’ उहाँले भन्नुभयो– ‘त्यसो भएको भए त हामीले संसद पुनस्र्थापनाको पक्षमा आवाज उठाउन पनि सक्दैनथ्यौँ ।’

    राजमो नेता पुरीले वामपन्थी सङ्कीर्णतावादीले आफूलाई कार्यनीतिविहीन अवस्थामा राखेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘वामपन्थी सङ्कीर्णतावादीहरू रणनीतिलाई चपक्क समातेर बसिरहेका छन्, तात्कालिक राजनीतिसित सम्बन्धित काम गर्नका लागि उनीहरूसित कार्यनीति नै छैन ।’

    अवधारणा पत्रमाथि टिप्पणी गर्दै वाम विश्लेषक श्याम श्रेष्ठले राजनीति स्वतन्त्र हुनका लागि अर्थतन्त्र आत्मनिर्भर हुनुपर्ने विचार राख्नुभयो ।

    ‘राजनीति स्वतन्त्र हुनका लागि अर्थतन्त्र स्वाधीन हुनुपर्यो नि’ उहाँले भन्नुभयो– ‘हामी त अहिले पराधीन छौँ । श्रमशक्ति नै विदेश निर्यात गर्ने देश हो नेपाल ।’

    प्रधानमन्त्री ओली नवधनाड्य तप्काबाट आएको बताउँदै उहाँले इसारा गर्नुभयो– ‘यस खालको तप्कासित लोकतन्त्रप्रति लगाव हुँदैन । यस खालका पात्रले विदेशी प्रतिक्रियावादीको दलालीसम्म गर्न सक्छन् ।’

    युवा, विद्यार्थी, मिडियासहित आम जनतालाई स्वतन्त्रता चाहिएको बताउँदै उहाँले ओलीको प्रतिगामी कदमले धेरै समय निरन्तरता पाउन नसक्ने बताउनुभयो ।

    ‘जनता स्वतन्त्रता चाहन्छन्’ उहाँले भन्नुभयो– ‘जनताको स्वतन्त्रता चाहने तीव्र लगावमाझ ओली नेतृत्वको प्रतिगमन धेरै दिन टिक्न सक्ने छैन ।’

    अर्का टिप्पणीकार प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष गोपीरमण उपाध्यायले केपी शर्मा ओली अग्रगामी परिवर्तन चाहने वामपन्थी पङ्क्तिमाझको प्रतिगामी प्रवृत्ति भएको किटानी गर्नुभयो ।

    ‘अग्रगामी तत्त्वमाझको प्रतिगामी प्रवृत्ति ओली प्रवृत्ति हो’ उहाँले भन्नुभयो– ‘अहिले उनका पछाडि जुन समूह लागिरहेको छ, तिनीहरूमा मण्डले वा भिजिलान्ते प्रवृत्ति तीव्र गतिमा हावी भइरहेको देखिएको छ ।’

    उहाँले ओली प्रवृत्ति जन्मनुका पछाडि विदेशी नोकरशाही पुँजीवादले काम गरेको बताउनुभयो ।

    ‘विदेशी नोकरशाहको स्वदेशी प्रतिनिधिको रूपमा दलाल पुँजीवादको प्रतिनिधि ओली हुन्’ उहाँले विषयको सामान्यीकरण गर्नुभयो ।

    कार्यक्रमको अध्यक्षता बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमले गर्नुभएको थियो भने सञ्चालन महासचिव भरतमणि भण्डारीले ।

    केन्द्रीय सदस्य डा. मनबहादुर खत्रीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा फ्लोरबाट रामभक्त किजुले जिज्ञासा राख्नुभएको थियो ।

    शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.