• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ५. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ६. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कोेरोना र प्रजातन्त्र


  •   शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##

    Advertisement

    कोरोनाले झ्याँको झार्यो तिम्रो प्रजातन्त्रलाई ।
    साम्यवादमा हिडाउने हो अब विश्वलाई ।
    धनी देश आनन्दको भन्ने तागत देखियो ।
    पुष्टि भयो साम्यवादको नीति चाहियो ।

    साम्यवादको विचारले विश्व जितिसकेछ ।
    संसारका गरिबलाई यही सही छ ।
    कोरोनाले मानवक्षेति गर्दा दुःख लाग्या छ ।
    प्रजातन्त्र रहस्यको पर्दा खुल्या छ ।

    दुःख लाग्छ मानवक्षति जहाँ भए पनि ।
    जनताको रहेनछ प्रजातन्त्र पनि ।
    घुमाई रमाई कमाई खाने हुने खाने हितमा ।
    जनताको हित हुन्छ साम्यवादको जीतमा ।

    मानिसको हित हुन साम्यवादमा जाने ।
    दुःख लाग्छ प्रजातन्त्र दुःखी मानव मर्ने ।
    जनतालाई उपचार खै त प्रजातन्त्रमा ।
    जनताको भोको पेटलाई खै त धनी देशमा ।

    मानिसको बिचल्ली छ तिम्रो प्रजातन्त्रमा ।
    सबै मान्छे सुखी किन हुन्न प्रजातन्त्रमा ।
    चुनावमा चिलले जित्छ किन प्रजातन्त्रमा ।
    चुनावमा बमको वाणी बग्छ प्रजातन्त्रमा ।

    चुनावमा धनको खोला बग्छ प्रजातन्त्रमा ।
    दिएजस्तो गर्छ तर राख्छ आप्mनै मुठीमा ।
    प्रजातन्त्र बाँडिएको झुन्ड झुन्डा गुटमा ।
    झुन्ड गुटमा रमाउने खै त दर्शनमा ।

    झुन्ड गुटमा रमाएको संसार सुखी हुँदैन ।
    प्रजातन्त्र भन्छ खालि हित गर्दैन ।
    संसारको हित गर्न साम्यवादमा हिँडाउने ।
    चिसिएको चेतनालाई तातो बनाउने ।

    रोगबाट मरे किन तिम्रो धनी देशमा ।
    गरिबबाई हैन रैछ प्रजातन्त्र देशमा ।
    साम्यवादको नीति भन्छ मानिसलाई नमार ।
    पीडित भई कोई पनि आँसु नझार ।

    हुने खाने धनी हुने शोषणको कलाले ।
    नहुनेलाई भाग्यवाद प्रजातन्त्रले ।
    नहुनेलाई नदिएको कोरोनाले बतायो ।
    धनी देशको प्रजातन्त्र गरिब के पायो ।

    विचार र विवेकमा प्रजातन्त्र चलेन ।
    रोपेको त पोगल्टा हो र त फलेन ।
    मानव बोल्ने भाषा छैन तिम्रो प्रजातन्त्रमा ।
    मानव बाँच्नुपर्छ भन्छ आऊँ साम्यवादमा ।

    दलालका पाटी खुल्छन् नमिलेमा फुटाउँछन् ।
    हुने खाने कुरा मिल्दा हित्तचित्त मिलाउँछन् ।
    साम्यवादको बाटो भन्दै रगत पोखेका हुन् ।
    हुनेखानेसँग मिली सत्ता खाएका हुन् ।

    साम्यवादको बाटो छेक्ने पैरो जान दिँदैनौँ ।
    रगतले उठाएको झन्डा ढल्न दिँदैनौँ ।
    साम्यवादलाई उग्रवादी हातले छुन दिँदैनौँ ।
    मानवको कल्याणमा पछि हट्दैनौ ।

    फाइदा लिन क्रान्ति भन्दै उग्रवादी आउँछन् ।
    कहिलेकाँहि सचेतहरू बाटो बिराउँछन् ।
    सहिदका जहान बालक अलपत्र पारिए ।
    मर्नेहरू साम्यवादको बाटो भन्दै मारिए ।

    उग्रवादी छाडा तत्त्व क्रान्ति भन्दै आउँछन् ।
    हुनेखाने सत्तासँग जान्छन् बिलाउँछन् ।
    साम्यवादको उग्र नारा उराल्नेको गति ।
    हुनेखानेसँग मिले सहिदको क्षति ।

    उग्रवादले गर्याे क्षति हुने खाने हुन ।
    सहिदको रगतलाई सुक्नु दिनुहुन्न ।
    निर्दोषका सहिद हुन् दोषी उग्रवादी ।
    हुनेखानेसँग मिले धोके भोगवादी ।

    फाल्नुपर्छ बोराबाट सडेजति आलु ।
    हुनेखानेसँग मिले क्रान्ति नेता ठालु ।
    नेता मानी पछि लागे अझै धोका दिन्छन् ।
    अल्मल्याई ठग्न चर्का क्रान्ति नारा लाउँछन् ।

    उग्रवादले क्रान्तिलाई अप्ठेरोमा पार्छ ।
    हुनेखाने भोगविलासीसँग मिल्न जान्छ ।
    कोरोनाको कहरले विश्व सताएको ।
    उग्रवादी क्रान्ति सारा समाज बिथोलेको ।

    क्रान्ति भन्दै समाजलाई अन्धकारको बाटो ।
    क्रान्ति छोडी हुनेखानेसँग एउटै पाटो ।
    नाराबाट नेता बन्ने अब दिन गए ।
    उग्रवादी क्रान्तकारी बिलाएर गए ।

    कोरोनाको कहरजस्तै उग्रवाद आयो ।
    हुनेखानेसँग मिली सित सुके झैँ सुक्यो ।
    सित हैन साम्यवाद विश्व सुक्न दिन्न ।
    सुखी संसार बनाउने हो आँसु बग्नुहुन्न ।

    उग्रवादका उग्र नारा तर्सिएका मन ।
    उग्रवादका क्रान्तिकारी कमाउँदै छन् धन ।
    ढाल्न सक्ने कसको तागत साम्यवादको नीति ।
    कोही बेला उग्रवादले पुर्याउँछ क्षति ।

    उग्रवादले चेतनालाई चिसो पार्या छैन ।
    सित थियो बिलाई गयो अब डर छैन ।
    कालो धनको धन्दातिर हुने खानेसँग ।
    उग्रवादको उग्र नारा दुई दिनको रङ्ग ।

    प्रजातन्त्र हुनेखाने धनी हुँदै जाने ।
    साम्यवाद मान्छे सबै बराबरी हुने ।
    प्रजातन्त्र अधिकारको ढोल पिटेर बाँच्यो ।
    धनी देशमा गरिब मरे कोरोना रोग नाँच्यो ।

    संसारको सही नीति साम्यवादी बाटो ।
    उग्रवादी क्रान्ति भन्दै विर्सजनको बाटो ।
    संसारमा गरिबको हार हुँदैहुन्न ।
    उग्रवादी असिनाको भर पर्नुहुन्न ।

    असिनाको विर्सजनले क्रान्ति रोकिदैन ।
    यी हल्लाका ढोलहरू रूप फेर्न हैन ।

    शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.