काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘झेली खेल’ खेल्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत जुटाए पनि प्रधानमन्त्री बन्न पाउनु भएन । राष्ट्रपतिले दिएको समयसिमा भित्रै १४९ सांसदको हस्ताक्षर बुझाए पनि राति नै प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरियो ।
यस्तै नियति गण्डकी प्रदेशमा दोहोरिने हो कि भन्ने धेरैले आशंका गरेका छन् । यदी प्रदेश प्रमुख सिताकुमारी पौडेलले राष्ट्रपति जस्तै झेल नगरेमा कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपाली त्यहाँको मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सीमा आज दिउँसो ३ बजे सकिँदै छ । मुख्यमन्त्री पदमा दाबी गर्दै विपक्षी गठबन्धनका उम्मेदवार पोखरेलले शुक्रबारै बहुमत ३१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाइसक्नुभएको छ भने त्यसको सनाखतसमेत भइसकेको छ।
कांग्रेस गण्डकी संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गर्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ प्रदेश सांसद प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए।
किनकि केन्द्रमा राष्ट्रपतिले शेरबहादुर देउवाको दाबीलाई खारेज गरेर संसद् विघटनगरेजस्तै होला कि भन्ने चिन्ता उनीहरूलाई छ। यसकारण विपक्षी गठबन्धन आज निर्णय नहुँदासम्म ढुक्क छै न।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएपछि प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठन गर्न शुक्रबार आह्वान गर्नुभएको हो ।
पौडेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सभा सदस्यलाई सरकार गठन गर्न आज दिउँसो ३ बजेसम्मको समयसिमा तोक्नुभएको थियो । सो समयसिमा अगावै विपक्षी गठबन्धन बहुमतसहित सशरीर उपस्थित भएका हस्ताक्षर बुझाएका हुन् ।