• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पर्यावरण बचाउनु भनेको देश बचाउनु हो : केसी


  •   शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पर्यावरण बचाउनु भनेको देश बचाउनु हो भन्ने धारणा व्यक्त गर्नुभएको छ ।

    Advertisement

    भू तथा पर्यावरण संरक्षण अभियानको आयोजनमा आज २०७८ जेठ २८ गते शुक्रबार आयोजित भर्चुअल अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

    अध्यक्ष केसीले ढुङ्गा, गिटी, बालुवा निर्यात गर्ने नीति लिएर पर्यावरण बिगार्नेका विरुद्ध देशव्यापी सङ्घर्ष गर्न पनि आह्वान गर्नुभयो ।

    ‘सरकारबाट यो निर्णय फिर्ता गराउनैपर्दछ’ उहाँले भन्नुभयो– ‘यदि त्यसो गर्न सकिएन भने एक त हामी यसै पीडित छौँ, पर्यावरणसमेत बिग्रिँदा हामी अरू पीडित हुने छौँ ।’

    उहाँले पर्यावरणको विषयलाई यतिका महत्त्व दिएर कार्यक्रममा सहभागी हुनु हुने सबैलाई राष्ट्रिय जनमोर्चाको तर्फबाट धन्यवाद पनि दिनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले पर्यावरण अहिले राष्ट्रिय समस्या मात्र नभएर अन्तर्राष्ट्रिय समस्या भएको बताउनुभयो ।

    उहाँले अन्तर्राष्ट्रिय रूपमै सञ्चालन भइरहेको पर्यावरण रक्षाको आन्दोलनमा नेकपा (मसाल) पनि सक्रियतापूर्वक सहभागी भइरहेको जानकारी गराउनुभयो ।

    उहाँले पर्यावरण दोहन गर्ने कार्य मानव समुदायमाथिको आक्रमण र नेपालको सन्दर्भमा राष्ट्रघात भएको पनि ठोकुवा गर्नुभयो ।

    राजमोका केन्द्रीय कार्यकारी अध्यक्षसमेत रहनुभएका भू तथा पर्यावरण संरक्षण अभियानका अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा राजमो उपाध्यक्ष तथा अभियानकै केन्द्रीय सदस्य दुर्गा पौडेलले “ढुङ्गा, गिटी र बालुवाको निकासी तथा पर्यावरणको राष्ट्रिय खतरा” विषयक अध्यक्ष नेपालीको अवधारणा वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा नेकपा (माओवादी–केन्द्र) का नेता शक्ति बस्नेतले मन्तव्य राख्दै स्वच्छ वातावरणमा बाच्न पाउनु संविधानप्रदत्त मौलिक अधिकार भएको र सरकारले यतिखेर जनताको मौलिक अधिकार हनन् गरेको बताउनुभयो ।

    व्यापारघाटाको नाममा ढुङ्गा, गिटी, बालुवा निर्यात गर्दा प्राकृतिक सन्तुलन बिग्रने उहाँको तर्क थियो ।

    समग्रमा यी प्राकृतिक पदार्थको दोहनले दिने लाभभन्दा हानी त्योभन्दा कैयौँ गुणा बढी भएको उहाँको भनाइ थियो ।

    नेकपा (एमाले) माधव पक्षका नेता डा. गङ्गाधर तुलाधरले चुरेक्षेत्र दोहनका विरुद्ध राजनीतिक दल र जनप्रतिनिधि जीवितै रहेकोमा खुसी व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘जनप्रतिनिधि र राष्ट्रिय जनमोर्चाजस्ता राजनीतिक शक्तिले पर्यावरण दोहनको विरुद्ध आवाज उठाउने छन् भन्नेमा म ढुक्क छु ।’

    उहाँले यदि चुनाव भएमा आत्त्ना सण्डमुण्ड परिचालन गर्ने मनसायका साथ बजेटमा प्रस्तुत विषय सामेल गरिएको आरोपसमेत लगाउनुभयो ।

    नेपाली काङ्ग्रेसका नेता राजन केसीले लकडाउनका यसको विरोध हुँदै भनेर नै सरकारले ढुङ्गा, गिटी बालुवा निर्यात गर्ने नीति बजेटमा सामेल गरेर अगाडि बढाएको बताउनुभयो ।

    ढुङ्गा, गिटी, बालुवा बिक्री गर्ने होइन, त्यसको प्रशोधन गर्ने हो भने आम्दानी बढी हुनेतर्फ स्मरण गराउँदै उहाँले सरकारको कच्चा पदार्थ निर्यात गर्ने नीतिको आलोचना गर्नुभयो ।

    नेपाली काङ्ग्रेसले बजेटमा आएको यो नीतिलाई घर डढाएर खरानीको व्यापार गर्ने सङ्ज्ञा दिइसकेको पनि उहाँले स्मरण गराउनुभयो ।

    नेकपा (क्रान्तिकारी–माओवादी) का परि थापाले विश्वका विकसित देशले अन्तरिक्षसमेत प्रदुषित गरिरहेका बेला नेपालको दलाल सरकारले भने बल्ल पर्यावरण बिगार्ने काम गरिरहेको भन्दै व्यङ्ग्य गर्नुभयो ।

    आफूहरूले राष्ट्रिय सुरक्षा रणनीति बनाउन बारम्बार जोड दिइरहेको स्मरण गराउँदै उहाँले प्रश्न गर्नुभयो– ‘जुन देशले आफ्नो देशका लागि सुरक्षा रणनीतिसम्बन्धी ब्लुप्रिन्टसम्म बनाउन सक्दैन, त्यसले पर्यावरणको रक्षा गर्न सक्छ ?’

    उहाँले अब कुनै पनि विकास निर्माणका काम गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन (ई.आई.ए.) मात्रै होइन, सँगसँगै सामाजिक प्रभाव मूल्याङ्कन (एस.आई.ए.) पनि बनाउनुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।

    जनता–समाजवादी पार्टीका नेता बाबुराम यादवले राज्यले नै अहिलेसम्म वन तथा पर्यावरणको विषयमा उपेक्षा गर्दै गइरहेको बताउनुभयो ।
    भ्रष्टाचारका कारण चुरेविनाश अरू बढ्दै गइरहेको उहाँको तर्क थियो ।

    देशमा रहेका निकुन्ज वा आरक्षमा अतिक्रमण न्यून रहेको बताउँदै उहाँले चुरेक्षेत्रलाई पनि आरक्ष वा निकुन्जभित्र पारेर संरक्षण गर्न सकिने विकल्प प्रस्तुत गर्नुभयो ।

    वनस्पतिशास्त्री डा. तीर्थबहादुर श्रेष्ठले नेपालको सेतो सुन र सेतो कोइला भनेको नै जलश्रोत भएकाले त्यसको रक्षार्थ सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    पहाडी देशको शासकले पहाड नै खन्ने योजना ल्याउनु खतरनाक सोचाइ भएको बताउँदै उहाँले यस्तो गम्भीर विषयलाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने बताउनुभयो ।

    उहाँले बालुवा, गिटी र ढुङ्गाजस्ता पदार्थ व्यापारघाटा कम गर्नका लागि प्रयोग गर्न नसकिने पदार्थ भएको बताउनुभयो ।

    वातावरणविद् डा. काशीनाथ दाहालले नदीदोहन गर्नेलाई कारबाही गर्नुपर्दछ भन्ने खालका फैसला सार्क मुलुकका कैयौँ अदालतले गरेको बताउनुभयो ।

    उहाँले चुरेक्षेत्रका नदीदोहनको कार्यलाई राष्ट्रियनीति वा ऐन नै बनाएर व्यवस्थित गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।

    सम्बोधनको क्रममा उहाँले चुरेक्षेत्रको संरक्षणका लागि एकीकृत गुरुयोजना बनाउन पनि आग्रह गर्नुभयो ।

    पर्यावरणविद डा. केदार रिजालले २० जिल्लामा १० हजार पहिरो अहिले पनि गम्भीर अवस्थामा रहेका बेला ढुङ्गा, बालुवा, गिटी निर्यात गर्ने नीति आउनु विडम्बनाको विषय भएको बताउनुभयो ।

    माफियाले देशभरिका खानी सञ्चालन गरेको बताउँदै उहाँले त्यसलाई राजनीतिक दलले संरक्षण गरेकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

    उहाँले प्रश्न गर्नुभयो– ‘कतै चुनावको स्वार्थलाई केन्द्रमा राखेर बजेटमा यो विषय राखिएको त होइन ?’

    अर्का पर्यावरणविद डा. विजयकुमार सिंहले देशभरि उत्खनन गर्ने भनिएका खानीहरूको बारेमा चर्चा गर्नुभयो ।

    सबै खानी चुरेक्षेत्र वा त्यसवरिपरि खनिने योजना रहेको बताउँदै उहाँले त्यसको सिधा असर चुरेक्षेत्र र तराई–मधेसमा पर्ने बताउनुभयो ।

    उहाँले यदि सरकारले अहिले ल्याएको नीति लागु भएरमा सिङ्गो देश नै खण्डहर बन्ने बताउनुभयो ।

    चुरे तराई–मधेस संरक्षण विकास समितिका डा. नागेन्द्र यादवले चुरेका पहाड कडा चट्टानी नभएर माटो मिसिएको भएकाले त्यसको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    पहाडमा खनिने मोटरबाटोले नदीले माटो तराई–मधेसमा बाढी र डुबान ल्याउने उहाँको भनाइ थियो ।

    उहाँले समाधान प्रस्तुत गर्नुभयो– “चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई” यसका लागि सबैले काम गर्नुपर्दछ ।

    पर्यावरण लोक मञ्च दिल्लीका विक्रम प्रतापले चुरेविनाश नेपालको मात्र समस्या नभएर भारतसहित विश्वकै समस्या भएको बताउँदै त्यसका विरुद्धमा नेपाली जनताले चलाएको आन्दोलनप्रति एक्यबद्धता जनाउनुभयो ।

    पर्यावरणको समस्या पछिल्ला पिँढीले ब्यहोर्ने गरेको बताउँदै उहाँले पछिल्ला पिढीलाई स्वच्छ वातावरणमा बाच्ने अधिकार सुनिश्चित गर्न पनि यस खालको आन्दोलन चलाउनुपर्ने बताउनुभयो ।

    ग्लोबल वार्मिङको प्रसङ्गसमेत उठाउँदै उहाँले त्यसका लागि दोषी देशलाई कसुरको मात्रानुसार कारबाही गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    अभियानका महासचिव भरतबहादुर शाहीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा अभियानकै केन्द्रीय सदस्य दुर्गा पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा भाकपा (माले) रेडस्टारका महासचिव केएन रामचन्द्रनको पनि आतिथ्यता रहेको थियो ।

    यस्तो छ, अवधारणा पत्र

    ढुङ्गा, गिट्टी र बालुवा निकासी तथा पर्यावरणको राष्ट्रिय खतरा

    शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.