काठमाडौँ । प्रदेश नं. २ मा “टोल टोलबाट मन्त्री” को अवस्था उत्पन्न भएको छ । यो अवस्था निर्माण गरिदिएका हुन् प्रधानमन्त्री केपी शर्मा ओलीले ।
Advertisement
आज प्रधानमन्त्रीले १७औँ पटक मन्त्रिमण्डल विस्तार गरेपछि यस खालको अवस्था आएको हो ।
आज जेठ २६ गते मन्त्री बनेकाहरूमध्ये पनि अधिकांश प्रदेश नम्बर २ बाटै छन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रीमण्डलमा १४ जना प्रदेश नम्बर २ बाट बनाएका छन् अर्थात् कुल मन्त्रीमध्ये ५६ प्रतिशत सङ्ख्या मधेसबाटै छ ।
यस सम्बन्धमा मधेसवादी नेता जयप्रकाश प्रसाद गुप्ताले व्यङ्ग्य गरेका छन्– खेत खेतमा सिँचाइ, घर घरमा रोजगारी भनिएको थियो । अब टोल टोलमा मन्त्री भएको छ ।
उनले ट्विटरमा लेखेका छन्–
“प्रदेश २ का लागि “खेत खेतमा सिँचाइ, घर–घरमा रोजगारी” भनिएको थियो । त्यो न भए पनि “टोल टोलबाट मन्त्री” त पुगेसरी भयो ।‘.जो लागे सो निहाल‘. !”
