• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भारतलाई खुशी पार्न आलुको भाउमा चुरेका ढुंगा दिने योजना : नेपाली


  •   शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष एवम् ‘भू तथा पर्यावरण संरक्षण समिति’का अध्यक्ष रश्मीराज नेपालीले भारतलाई खुशी पार्न चुरेको ढुंगा निकासीको तयारी गरिएको आरोप लगाउनुभएको छ ।सत्ताको लागि जे पनि गर्न तयार प्रधानमन्त्री केपी शर्मा ओलीले चुरेका ढुंगा, गिट्टी, बालुवा आलुको भाउमा भारतलाई दिएर कुर्ची जोगाउने प्रयत्न गरेको बताउनुभयो ।

    Advertisement

    विश्व वातावरण दिवसका अवसरमा युगदर्शनलाई प्रतिक्रिया दिँदै अध्यक्ष नेपालीले सरकारको यो निर्णयका कारण चुरेको दोहन अनियन्त्रित हुने र केही वर्षभित्रै तराई क्षेत्र मरुभूमिमा परिणत हुने आशंका व्यक्त गर्नुभयो ।

    ‘प्रधानमन्त्री केपी ओली सत्ताको लागि जे पनि गर्न तयार देखिन्छन्’ अध्यक्ष नेपालीले भन्नुभयो, जस्तोसुकै राष्ट्रघात गरेर भएपनि भारतलाई खुशी पारेर कुर्चीमा टिकिरहन चाहन्छन् । चुरेका ढुंगा निकासी गर्ने योजना पनि त्यही अनुसार आएको हो ।’

    नेपालीले २०७१ सालअघिसम्म तराईका लगभग सबै जिल्लाको बोर्डर क्षेत्रमा क्रसर उद्योग सञ्चालन गरिएको र अनियन्त्रित ढंगले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने गरिएको स्मरण गर्नुभयो । जनताले पर्यावरण जोगाउन गरेको आन्दोलन र सर्वोच्च अदालतको आदेशपछि २०७१ सालमा नदीजन्य पदार्थ भारत निकासी बन्द गरिएको बताउनुभयो ।

    ‘क्रसर डनहरुको दादागिरी यस्तो छ कि उद्योगभित्र कसैलाई पस्न दिइँदैन’ अध्यक्ष नेपालीले भन्नुभयो, ‘अहिले त यस्तो अवस्था छ, सरकारले नीतिगत रुपमै ढुंगा, गिट्टिी, बालुवा भारत निकासीको निर्णयपछि अवस्था कस्तो होला ? किनकी क्रसर उद्योग सञ्चालन गर्नेहरु सिधै सत्तासँग जोडिएका मान्छे हुन्छन् ।’

    भू तथा पर्यावरण संरक्षण समितिका अध्यक्ष नेपालीले भारतको दक्षिण क्षेत्रमा ढुंगा, बालुवा पाइने भएपनि उत्तरी क्षेत्रमा त्यसको चरम अभाव रहेको बताउनुभयो ।

    ‘पञ्चायतकालमा व्यवस्था जोगाउन जंगल फँडानी गरेर सखुवाको काठ भारत निकासी गरेजस्तै अहिले सत्ता जोगाउन ओलीले चुरेका ढुंगा निकासी गर्दैछन्’ नेपालीले भन्नुभयो, ‘चरम राष्ट्रघात गरेर, देशलाई मरुभूमिमा परिणत गरेर भएपनि ओली भारतलाई खुशी पारेर कुर्ची जोगाउन चाहन्छन् ।’

    अध्यक्ष नेपालीले देशलाई दीर्घकालिन असर गर्ने सरकारको निर्णयविरुद्ध आम जनता आन्दोलनमा उत्रन आवश्यक रहेको बताउनुभयो । अहिले निषेधाज्ञाको अवस्था भएकाले जुमबाटै भएपनि जिल्लाहरुमा त्यसबारे ब्यापक प्रचार गर्ने र आन्दोलनको तयारी गर्ने उहाँले जानकारी दिनुभयो ।

    यसै सन्दर्भमा हिजो (शुक्रबार) ‘भू तथा पर्यावरण संरक्षण समिति’को बैठक बसेको छ । बैठकले पर्यावरणसँग सरोकार राख्ने पक्ष र विज्ञहरुसहित यही जेठ २८ गते भर्चुअल अन्तरक्रिया गर्ने, प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउने तथा जिल्लाहरुमा सो सम्बन्धी समिति निर्माण गरी आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।

    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.