सन्तोष सिम्खडा ##
Advertisement
(०१)
कुराकानी उस्तै नै छ
मनोमानी उस्तै नै छ
आखिरमा फेरियो के ?
आनीबानी उस्तै नै छ
(०२)
अँधेरीभित्र
हुन्न पवित्र
खेलिन्छ त्यहाँ
खेल विचित्र
(०३)
सडकमा मान्छे किच्नेहरू पनि
निमुखाका घाँटी थिच्नेहरू पनि
विजयको उत्सव मनाउँदै छन्
देशको संविधान मिच्नेहरू पनि