मुकुन्दराज रोका
Advertisement
छुट्याउन भुल्दो रहिछौ, सहिदकै बजेटमा जहिले !
हिजो लिएको रगतको ऋण, भुक्तान हुन्छ कहिले !
देशको सार्वभौमिकता उसलाई, सुम्पि सक्दा पनि,
लेण्डुप पनि भन्थ्यो, स्वाधीन देश बनाउँछु पहिले !
उनैले भन्थे सिंगापुर स्वीजरल्याण्ड, बनाउँछौ हामी,
मलाई त डर छ कि, फिजि सिक्किम हुन्छ अहिले !
देश सानो भएको च्यातेर, देशि विदेशी दुष्टले हो,
भाइ आमाको खास्टो, रुमाल जत्रो थिएन उहिले !
गोरेटो नभुल बाटो भेटाए पछि, यात्रुहरुले पनि,
गन्तव्य तब पुग्छौ जब विचारको गोरेटो सहीले !