• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘चुमानसिंह, चित्रबहादुर र नरबहादुरको मृत्युले पार्टीलाई अपूरणीय क्षति’


  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले आफ्ना तीन सदस्यको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । नेपालगञ्ज निवासी चुमानसिंह केसी (का. मानसिंह), नवलपुर जिल्ला गैंडाकोट नगरपालिका अमरापुरी निवासी चित्रबहादुर पुन(का. झिल्को) र तनहुँ जिल्ला व्यास निवासी नरबहादुर विक(का. बारुद) प्रति मसालले श्रद्धाञ्जली अर्पण गरेको छ ।

    Advertisement

    बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी चुमानसिंह केसीको ८१ वर्षको उमेरमा सोमबार (जेष्ठ १७) गते नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत रहेको क्रममा मृत्यु भएको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता चित्रबहादुर पुनको ह्रदयघात भई ५७ वर्षको उमेरमा यही जेठ १६ गते मृत्यु भएको छ भने युवा नेता नरबहादुर विकको पनि सोही दिन पोखरास्थित फेवासिटी हस्पीटलमा उपचारको क्रममा मृत्यु भएको छ ।

    महामन्त्री मोहनविक्रम सिंहले सोमबार शोक विज्ञप्ति प्रकाशित गरी उहाँहरुको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । महामन्त्री सिंहले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

    यस्तो छ, शोक वक्तव्य
    बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी का. चुमानसिंह के.सी.(का मानसिंह)को ८१ वर्षको उमेरमा २०७८ जेष्ठ १७ गते नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत रहेको क्रममा मृत्यु भएको छ । उहाँ लामो समयदेखि दमको रोगबाट विरामी हनुहुन्थ्यो । उहाँको मृत्युप्रीत हामीले गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. चुमानसिंह के.सी. करिब ४२ वर्षदेखि हाम्रो पार्टीको सदस्य रहँदै आउनुभएको थियो । उहाँ २०६२/६३ सालको जनआन्दोलनको घाइते पनि हुनुहुन्थ्यो । अनुशासित, धैर्य, लगनशील र कर्तव्यनिष्ठ भएर उहाँले पार्टीमा आफ्नो जिम्मेवारी पूरा गर्दै आउनुभएको थियो । उहाँ पछिल्लो समयमा नेपालगञ्ज उपमहानगरपालिका पार्टी समितिको सल्लाहकार हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीले एक इमान्दार र अनुशासित पार्टी सदस्य गुमाएको छ । त्यसबाट पार्टीलाई गम्भीर क्षति भएको छ । का. के.सी. झैँ धैर्य, लगनशील, अनुशासित, कर्तव्यनिष्ठ भएर नै हरेक पार्टी सदस्यले कम्युनिस्ट पार्टीका लागि महत्वपूर्ण योगदान दिन सम्भव हुनेछ । हामीले का. के.सी.प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    नवलपुर जिल्ला गैंडाकोट नगरपालिका अमरापुरी निवासी का. चित्रबहादुर पुन(का. झिल्को)को ह्रदयघात भई ५७ वर्षको उमेरमा २०७८ जेष्ठ १६ गते मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. चित्रबहादुर पुन हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँले करिब ३२ वर्ष भारतस्थित प्रवासी नेपालीहरुको संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाजमा रहेर काम गर्नुभएको थियो । उक्त संगठनको केन्द्रीय समितिको वैकल्पिक केन्द्रीय सदस्य समेत भएर उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको थियो । भारतमा छँदा उहाँ मध्यदक्षिण भारत जिल्ला समितिको सदस्य भएर पार्टीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । गत वर्ष मात्र उहाँ सरुवा भई नेपाल आउनुभएको थियो । उहाँ इमान्दार, अनुशासित र जुझारु पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युले हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुगेको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    तनहुँ जिल्ला व्यास–२ निवासी का. नरबहादुर वि.क.(का. बारुद)को २०७८ साल जेष्ठ १६ गते पोखरास्थित फेवासिटी हस्पीटलमा उपचारको क्रममा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. नरबहादुर वि.क. हाम्रो पार्टीको सहायक संगठन अखिल नेपाल युवक संघको वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँले विभिन्न जनवर्गीय संगठनमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ इमान्दार र जुझारु पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई गम्भीर क्षति भएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
    २०७८ जेष्ठ १७ गते ।

    यो पनि :

    नेकपा (मसाल) का ज्येष्ठ सदस्य चुमानसिंह केसीको निधन

    मूल प्रवाहका पूर्व केन्द्रीय सदस्य चित्रबहादुर पुन रहेनन्

    युवक संघको केन्द्रीय सदस्य नरबहादुर विकको निधन

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.