• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जनताले रगतसँग साटेर ल्याएको गणतन्त्र समाप्त हुने खतरा : राजमो


  •   आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले गणतन्त्र स्थापना भएको १३ वर्षपछि पनि यसको संस्थागत विकास नभएको भन्दै चिन्ता व्यक्त गरेको छ । जनताले लामो समयदेखि गरेको संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र समाप्त हुने खतरा पैदा भएको राजमोले जनाएको छ ।

    Advertisement

    गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र स्थापना पछिपनि देशमा भइरहेको अस्थिरता र स्वेच्छाचारिताका कारण प्रतिगामी तथा साम्राज्यवादी शक्तिहरु उत्साहित बनेको र लोकतान्त्रिक गणतन्त्र समाप्त हुने खतरा पैदा भएको बताउनुभएको छ ।

    सर्वोच्च अदालतले गरेको निर्णयलाई उपेक्षा गर्दै प्रधानमन्त्री ओलीको पुनः संसद विघटन गर्ने असंवैधानिक, अप्रजातान्त्रिक, स्वेच्छाचारी कार्यशैली र कार्यविधिले देशमा प्रतिगमनको स्थितिलाई झन् बलियो बनाउँदै लगेको राजमोको ठहर छ ।

    यस्तो छ अध्यक्ष केसीद्वारा जारी वक्तव्य
    ‘नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षको परिणामस्वरुप नेपालमा गणतन्त्रान्त्रिक युगको सुरुवात भएको थियो । विभिन्न जनसंघर्ष र जनआन्दोलनको ठोस उपलब्धिको रुपमा नेपालमा गणतन्त्रले स्थान लिएको थियो । गणतन्त्र दिवसको अवसरमा हामीले यसको संस्थागत विकासमाथि जोड दिँदै शुभकामना व्यक्त गर्दछौँ ।

    नेपालमा गणतन्त्र युगका १३ वर्ष बितेका छन् । बितेका ती वर्षहरू नेपाली राजनीतिका अस्थिरताका वर्ष बन्न पुगेका छन् । विभिन्न उतारचढावको परिस्थिति बीचबाट नेपालमा संविधान जारी भएर विभिन्न तहका चुनाव भई नयाँ राजनीतिक प्रक्रियाको थालनी भएको भएपनि नेपाली जनताको चाहना बमोजिम मुलुकले गति लिन सकेन । संसदमा भण्डै दुई तिहाई बहुमत भएको नेकपा विभाजित भएको छ र त्यसको असर देशको सम्पूर्ण राजनीतिमाथि परेको छ । त्यसको असर सर्वप्रथम प्रधानमन्त्री ओली र उनको सरकारको स्वेच्छाचारी, अधिनायकवादी, अप्रजातान्त्रिक र असंवैधानिक कार्यशैली र कार्यविधिको रुपमा अगाडि आएको थियो ।

    त्यस प्रकारको कार्यशैली र कार्यविधिका कारण प्रधानमन्त्री ओलीले संसदको विघटन गर्ने कार्य गरी प्रतिगमनलाई अगाडि बढाउन पुगेका थिए। संसद पुनस्र्थापना सम्बन्धी सर्वोच्च अदालतले गरेको निर्णयलाई उपेक्षा गर्दै प्रधानमन्त्री ओलीको पुनः संसद विघटन गर्ने असंवैधानिक, अप्रजातान्त्रिक, स्वेच्छाचारी कार्यशैली र कार्यविधिले देशमा प्रतिगमनको स्थितिलाई झन् बलियो बनाउँदै लगेको छ । यसरी आज एकातिर, ओली सरकारको त्यो कार्यबाट प्रतिगमनकारी तथा साम्राज्यवादी शक्तिहरु उत्साहित भएका छन् भने अर्कातिर जनताले रगतसँग साटेर हासिल गरेको गणतन्त्र र जनआन्दोलनका अन्य उपलब्धि समाप्त हुने खतरा पैदा भएको छ ।

    यो अवस्थामा नेपाली जनताले अग्रगमनकारी भूमिका खेल्दै स्वेच्छाचारी, असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादका विरुद्ध संघर्ष गर्दै प्रतिगमनविरोधी आन्दोलनलाई सशक्त बनाउनुको विकल्प नहुने कुरा स्पष्ट छ । जनशक्तिले नै अग्रमनका विरुद्धमा भएको प्रतिगमनलाई परास्त गर्न सक्ने छ भन्ने कुरामा हामीले पूरा विश्वास गरेका छौँ ।’

    आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.