काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पत्रमा यसअघि पठाएको स्पष्टीकरणको जवाफ नआएको भन्दै निष्काशनको चेतावनीसहित २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।
अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई केन्द्रीय कार्यालयको तर्फबाट शनिबार स्पष्टीकरण सोधिएको हो । यसअघि जेठ ११ गते स्पष्टीकरण माग्दै पत्र पठाएकोमा चारै नेताले स्पष्टीकरण नबुझाएपछि आज पुनः स्ष्टीकरण माग्दै पत्र पठाइएको हो।
पत्र प्राप्त गरेको म्याद भित्र चित्तबुझ्दो सन्तोषजनक जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशनसमेत हुने चेतावनी दिइएको छ।
बर्तमा ओली सरकारलाई हेर्ने दृष्टिकोणमा एकमत नहुँदा जसपा विभाजनको संघारमा छ । जसपामा दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोध्ने र बेग्लाबेग्लै विज्ञप्ति पकाशित गर्ने गरिएको छ ।
यसअघि ठाकुरले यादवलाई पार्टी निर्णय विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै स्पष्टीकरण सोधेका थिए भने यादवले पार्टी निर्णयविपरित ओली सरकारलाई समर्थन गरेकोमा स्पष्टीकरण मागेका थिए ।
