– दिलकुमारी डङ्गोल ##
Advertisement
ओ ! विवेकशील मानव
आऊ हस्पिटलमा
बिरामी मरणोपरान्त
पद र शक्तिको प्रदर्शनमा
ताण्डनृत्य देखाउन
थुप्रै कोसिसपश्चात्
कृटिकल फेजबाट जब
बिरामीको अवसान हुन्छ
अनि कुट्न निस्के हुन्छ ।
वार्ड र आइसियुमा गएर
डाक्टर र नर्सलाई कुट्न बोलाउँदा हुन्छ
पदवाला मानिसलाई
इष्टमित्र र छिमेकीलाई
ओ ! विवेकशील मानव
मिलेर फुटाऊ
हस्पिटलका झ्याल र ढोका
सायद फर्कन्छ होला !
तिम्रा अवसान बिरामी ।
जोखिममा बसेर
खाएका कसमलाई मनन गर्दै
दिनरात ड्युटीमा खटिरहने
डाक्टर र नर्सलाई
धम्काऊ, गाली गर
तिम्रो भोलिको पद र सत्ताको लागि
ओ ! विवेकशील मानव
जिम्मेवारी समालेर त हेर !
डाक्टर र नर्स बनेर
अनि खाएका कसम पूरा गर्न सक्छौ ?
सोच त
यस विषम परिस्थितिमा
पछि हटिदिए भने…. ?