• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेकपा (मसाल) सम्बद्ध जनवर्गीय संगठनहरुद्वारा आन्दोलन अगाडि बढाउने तयारी


  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) सम्बद्ध विभिन्न जनवर्गीय संगठनहरुले प्रतिगमन र नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध संघर्ष गर्ने तयारी गरेका छन् । बिहीबार बसेको संयुक्त भर्चुअल बैठकले आ–आफ्नो संगठनमा छलफल गरेर ठोस योजना ल्याउने निर्णय गरेको पार्टीका प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिनुभयो ।

    Advertisement

    बैठकमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा विभिन्न जनवर्गीय र पार्टी निकट संगठनका पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले कोरोनाले आक्रान्त पारेको मुलुकमा सबै राजनीतिक दलहरु मिलेर यसविरुद्ध लड्नुवर्ने अवस्थामा सरकारले एक पछि अर्को असंवैधानिक र प्रतिगामी कदम चालेको बताउनुभयो ।

    अध्यक्ष केसीले भारतीय साम्राज्यवादका लागि नेपालको संसद घाँडो भएको उल्लेख गर्दै ओलीलाई प्रयोग गरेर संसद विघटन गरिएको बताउनुभयो । उहाँले नेपाललाई जनसांख्यिक आक्रमण गर्न भारतको दबाबमा सरकारले नागरिकता अध्यादेश ल्याएको भन्दै विदेशीलाई जथाभावी नागरिकता दिँदा देशको अस्तित्व नै खतरामा पर्नसक्ने बताउनुभयो ।

    उहाँले कोरोना संक्रमणबाट जोगिँदै लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि अन्य दलहरुसँग पनि समन्वय गरेर कार्यक्रम गर्न जनवर्गीय संगठनका नेताहरुलाई निर्देशन दिनुभयो ।

    बैठकपछि नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले जारी गर्नुभएको विज्ञप्तिमा बैठकले विभिन्न संघर्षका कार्यक्रमबारे विचार गर्दै विभिन्न ढङ्गले जनसंघर्षलाई अगाडि बढाउने निर्णय गरेको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७८ जेष्ठ १३ गते नेपाल कम्युनिस्ट पार्टी (मसाल)को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा, पार्टीको सहायक संगठन अखिल नेपाल युवक संघ र विभिन्न जनवर्गीय, सामाजिक तथा पेशागत संगठनहरू अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक), अखिल नेपाल किसान संघ (अप्पा), अखिल नेपाल महिला संघ, अखिल नेपाल बुद्धिजीवि संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ), अखिल नेपाल जनजाति सम्मेलन, जातीय समता समाज, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल शिक्षक संघ, अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला), तराई–मधेश जनवादी मोर्चा, अखिल नेपाल खेलकुद महासंघ, अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा), मूलप्रवाह अखिल भारत नेपाली एकता समाज र अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय पदाधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ ।

    नेकपा (मसाल)का महामन्त्री कामरेड मोहनविक्रम सिंहको समेत गरिमामय उपस्थिति रहेको उक्त बैठकमा वर्तमान राजनीतिक परिस्थिति, कोरोना महामारी, प्रतिगमन, नागरिकता अध्यादेश आदि विषयमा गम्भीर रूपमा छलफल गरिएको थियो । बैठकले विभिन्न संघर्षका कार्यक्रमबारे विचार गर्दै विभिन्न ढङ्गले जनसंघर्षलाई अगाडि बढाउने निर्णय गरेको छ ।

    २०७८ जेष्ठ १३ गते ।
    रामप्रकाश पुरी
    प्रवक्ता

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.