• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

महामारीबाट श्रमिकलाई जोगाउन ९ वटा ट्रेड युनियनका १७ बुँदे माग (मागसहित)


  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
  • काठमाडौं । विश्वका प्रगतिशील एवं समाजवादी श्रमिकहरुको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघ (डब्लुएफटीयू) मा आबद्ध नेपालका ९ ट्रेड युनियनले बर्तमान राजनीतिक परिस्थिति तथा श्रमिकहरुको अवस्थाबारे १७ बुँदे मागपत्र प्रकाशित गरेका छन् ।

    Advertisement

    नेकपा (मसाल) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) सहितका संगठनहरुले प्रकाशित गरेको मागपत्रमा कोरोना संक्रमणको अवस्थामा कामविहीन बन्न बाध्य श्रमिकहरुको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

    यस्तै, श्रमिक संगठनहरुले प्रतिनिधि सभा विघटन र नागरिकतासम्बन्धी अध्यादेशको समेत विरोध गरेका छन् ।

    मागहरु
    १) असंवैधानिक तवरले राज्य संचालन गर्ने परिपाटीको अविलम्ब अन्त्य गरि विघटित प्रतिनिधि सभाको पुनःस्थापन गरि प्रतिनिधि सभाबाट नयाँ सरकारको गठन गर्न माग गर्दछौं ।

    २) राष्ट्रियतामा आंच पुग्ने र विदेशी नागरिकहरुले जथाभावी नागरिकता पाउने गरि अध्यादेशबाट जारी गरिएको नागरिकता कानुन खारेज गर्न र राष्ट्रियहित र सुरक्षाको सुनिश्चितता हुने गरि कठोर खालको नागरिकता वितरण नीति तर्जुमा गरेर संविधान र कानुनमा सुधार गर्न जोडदार माग गर्दछौं ।

    ३) एमसीसी जस्तो राष्ट्रहित विरोधी संझौता यथास्थितिमा कुनै हालतमा लागू गरिनु हुँदैन र नेपालको जलविद्युत उत्पादनको उपयोग र वितरणमा राष्ट्रिय हित र स्वाधीन आत्म निर्भर अर्थनीति निर्माण हुने गरि जलविद्युत उत्पादन ,प्रशारण र वितरणको नीति अवलम्बन गर्न माग गर्दछौं ।

    ४) कोरोना महामारी नियन्त्रणका लागि शुरुआत गरिएको भ्याक्सिन यथाशीघ्र आयात गरेर सम्पुर्ण श्रमिकहरुलाई निशुल्क उपलब्ध गराउने ब्यबस्था गर्न माग गर्दछौं ।

    ५) कोरोना महामारी बाट विरामी परेका श्रमिकहरुलाई निशुल्क उपचार गर्ने सुनिश्चितता गर्न माग गर्दछौं ।

    ६) कोरोना उपचारमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षाका साथै उच्च मनोबलका साथ सेवामा जुटनका लागि पर्याप्त आर्थिक सुविधा र वीमा रकम वृद्धि गर्न जोडदार माग गर्दछौं ।

    ७) कोरोना फैलन नदिन सर्वदलीय संयन्त्र, स्वास्थ्यकर्मी र ट्रेड युनियनहरुको संगठीत शक्ति परिचालन गरि टोल, समुदायमा सचेतनता अभियान संचालन गर्न, सबै सीमा क्षेत्रमा परिक्षण विस्तार गर्न, होल्डीङ्ग सेन्टर स्थापना गर्न, हरेक घर परिवार सम्म स्वाब परिक्षण विस्तार गर्न, सबै जिल्ला र प्रमुख शहरमा स्वाब परिक्षण केन्द्र स्थापना गर्न माग गर्दछौं । र कोरोना महामारीको बीमा रकम र स्वास्थ्यकर्मीहरुको थप प्रोत्साहन रकम यथाशीघ्र भुक्तानी गर्ने व्यवस्था गर्न माग गर्दछौं ।

    ८) कोरोनाका कारण रोजगारी र आम्दानी गुमाएका श्रमिकहरु र वेरोजगारहरु लाई लक्षित गरेर स्वरोजगारी श्रृजना गर्न सबै रोजगारीमुलक सरकारी कार्यक्रम ,कल्याणकारीकोषमा जम्मा भएको रकमलाई एकिकृत गरेर न्युनत्तम १ खर्बको “रोजगारी र राहत कोष“ खडा गर्न जोडदार माग गर्दछौं । यस्तो रकम स्थानीय सरकारहरुको शिफारिसमा परियोजनाका आधारमा विना ब्याज सापट नगद हस्तान्तरण गर्न माग गर्दछौं ।

    ९) कोरोनाको महामारीको बेला अस्थायी, करार र ज्यालादारी श्रमिकहरुको रोजगारी सुनिश्चित गर्न र उनीहरूलाई सामाजिक सुरक्षामा आबद्ध गरि सामाजिक सुरक्षाका आर्थिक सुविधा उपलब्ध गराउन माग गर्दछौं ।

    १०) यस्तै कोरोना महामारीमा पिडित श्रमिक र तिनका आश्रित परिवारहरुको सहयोग , उद्वार, राहत, उपचारमा संगठीत तवरले सहयोग पुर्याउन सबै आबद्ध ट्रेड युनियनहरुमा हार्दिक अनुरोध गरिन्छ।यश कार्यमा सरकारबाट आबश्यक सहयोग र समन्वय गर्न माग गर्दछौं ।

    ११) महामारीको बेला स्वास्थ्य क्षेत्र संकटग्रस्त भएको अवस्था स्वास्थ्य क्षेत्रमा कुल बजेटको न्युनतम १५ देखिन २० प्रतिशत विनियोजन गरेर निशुल्क र सर्व सुलभ उपचारको सुनिश्चितता गर्न माग गर्दछौं ,साथै सबै प्रदेश स्तरमा श्रमिक अस्पताल स्थापनाका लागि बजेट विनियोजन गर्न माग गर्दछौं । र शिक्षा र स्वास्थ्य क्षेत्रको राष्ट्रियकरणको योजना बनाई लागू गर्न माग गर्दछौं ।

    १२)जेष्ठ नागरिक लगायतका नागरिकहरुको सामाजिक सुरक्षा रकममा समयोचित बृद्धी गर्न माग गर्दछौं । सबै राष्ट्रसेवक कर्मचारी र असंगठीत क्षेत्रका श्रमिकहरुको कानुनमा ब्यवस्था भए अनुसार तलब पारिश्रमिक बृद्धि गर्न माग गर्दछौं ।

    १३) कोराना महामारीबाट पिडित साना व्यबसायी,किसानहरुलाई राहत प्रदान गर्न , उत्पादन र रोजगारी बृद्धी गर्न कृषि र उधोग क्षेत्रमा बजेटको न्युनत्तम १० प्रतिशतका दरले लगानी बृद्धी गर्न जोडदार माग गर्दछौ।

    १४)सबै शिक्षक ,प्राध्यापकहरु लाई अनिवार्य रुपमा भ्याक्सिन लगाएर मात्रै शिक्षण संस्थाहरु संचालन गर्न , शिक्षण संस्थाहरुमा वैकल्पिक शिक्षा पद्धतिका लागि प्रविधिको व्यवस्थाका लागि लगानी बृद्धी गर्न, सबै सरकारी शिक्षक, विधालय कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई प्रचलित सरकारी स्केल बमोजिम तलब सुविधा प्रदान गर्न र सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गर्दछौं ।

    १५) वैदेशीक रोजगारीमा गएर कोरोना महामारीको कारण दुखः पाई रहेका आप्रबाशी श्रमिकहरुको जीवन सुरक्षा, खानपिन र उपचारको ब्यबस्थाका लागि सम्बन्धित देशका सरकारलाई यथोचित व्यवस्था गर्न कुटनैतिक नियोग हरुलाई प्रभावकारी परिचालन गर्न र रोजगारीमा दुख पाईरहेका श्रमिकहरुलाई स्वदेश फिर्न चाहेमा सुरक्षित साथ स्वदेश फर्काउने ब्यबस्था गर्न माग गर्दछौ।

    १६)संयुक्त राष्ट्र संघ र यसका बिशिष्टिकृत संस्थाहरु आइएलओ, विश्व खाध्य संगठन ,विश्व स्वास्थ्य संगठन हरुबाट बिश्वब्यापी रुपमा कोरोना महामारीका कारण गरिब र बेरोजगार भएका श्रमिकहरुको जीवनको उद्दार र राहतका लागि एकिकृत तवरले राहत ,उद्वार, उपचार , रोजगारीका लागि नेपाल लगायत गरिब राष्ट्रका लागि स्टुमुलेट प्याकेज घोषणा गर्न÷ गराउन नेपाल सरकारले यथाशीघ्र पहल गर्न माग गर्दछौं ।

    १७) प्यालेस्टाइन क्षेत्रमा ईजराईली सरकारले निस्रंश तवरले बालबालिका, महिला, बृद्ध बृद्धाहरुको हत्या गर्ने, पुर्वाधार ध्वस्त बनाउने र नाकाबन्दी गर्ने काम गरिरहेको छ । हामी इजरायल सरकारको को अमानवीय हस्तक्षेप र आतंकको विरोध गर्दै प्यालेस्टाइनी जनताको आफ्नो मातृभूमिको रक्षाका लागि संघर्ष आन्दोलनमा हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौं ।

    विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालको तर्फबाट

    १)प्रेमलकुमार खनाल, संयोजक
    २) मोहनमान स्वांर सहसंयोेजक
    ३) बिश्वनाथ प्याकुरेल –संयोजक, पेशागत महासंघ, नेपाल (CONEP, Nepal)
    ४) मणि श्रेष्ठ –सहसंयोजक , पेशागत महासंघ ,नेपाल (CONEP, Nepal)
    ५) लोकराज भुषाल– अध्यक्ष – अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) (ANTUC)
    ६) मधु बिसी – अध्यक्ष नेपाल ट्रेड युनियन फेडरेशन (NTUF)
    ७) चिराग कुंवर – अध्यक्ष, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, नेपाल (NDFONT)
    ८) रामेश्वर श्रेष्ठ – महासचिव राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (NDCONT)
    ९) राजन तिमल्सिना – क्रान्तिकारी ट्रेड युनियन महासंघ (REFONT)
    १०) ईश्वर तिमल्सिना – अध्यक्ष , नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ (RANTUF)
    ११) केदार गिरी – प्रगतिशील नेपाल ट्रेड युनियन महासंघ  (PICONT)

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.