काठमाडौँ । प्रगतिशील लेखक सङ्घसम्बन्ध बहुमत लेखक–साहित्यकारहरू प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोधमा उभिएका छन् ।
३९ सदस्यीय केन्द्रीय समिति, सोही सङ्ख्याको राष्ट्रिय परिषद् र ३० सल्लाहकार गरी कुल १०८ जनामध्ये ६३ जना लेखक–साहित्यकारहरू संसद विघटनको विरोधमा उभिएका हुन् ।
उनीहरूले २०७८ जेठ ९ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिसितको मिलेमतोमा संसद विघटन गरेको आरोप लगाएका छन् ।
जनता अक्सिजनले छट्पटाइरहेका बेला ताजा जनादेशको कुरा गर्नु एकदमै लाजमर्दो राजनीति हो भन्ने भाव उल्लेख गरिएको उक्त प्रेसवक्तव्यका पूर्ण पाठ यस्तो छ–
“वर्तमान ओली सरकारको प्रतिगामी कदम बढ्दै गइरहेको यथार्थताप्रति हामी प्रगतिशील लेखक सङ्घमा आबद्ध बहुमत सङ्ख्याका निम्न ६३ जना सल्लाहकार, केन्द्रीय सदस्य तथा पार्षदहरूको ध्यानाकर्षण भएको छ ।
२०७७ पुस ५ गते असंवैधानिक तरिकाले संसद विघटन गरिएको थियो । सर्वोच्च अदालतद्वारा २०७७ फागुन ११ गते त्यस प्रकारको असंवैधानिक कदमलाई सच्याउने प्रयास भयो । अहिले फेरि ओली सरकारद्वारा पुनस्र्थापित संसदलाई विघटन गरिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा भएको यस प्रकारको अप्रजातान्त्रिक कदम, गणतन्त्र, संविधान र नेपाली जनताको भावनाको विरुद्ध छ । हामी यस प्रकारको असंवैधानिक तथा जनविरोधी कदमको भत्र्सना गर्दै त्यसका विरुद्ध चल्ने न्यायपूर्ण आन्दोलनप्रति ऐक्यबवद्धता प्रकट गर्दछौँ ।
अहिलेको कोरोना महामारीमा नेपाली जनताले चुनाव चाहेकै छैनन् र ओली सरकारको नियत पनि चुनाव गराउने हुँदै होइन । अक्सिजनले छटपटाइरहेका जनताको अगाडि ताजा जनादेशको कुरा गर्नु एकदमै लाजमर्दो राजनीति हो । धारा ७५ (३) अन्तर्गत ठुलो दलको हैसियतमा प्रधानमन्त्री भइसकेपछि विश्वासको मत प्राप्तगर्न नसक्दा लोकतान्त्रिक विधि र पद्धतिलाई अवलम्बन गर्नुपर्ने थियो । तर ओली सरकारले तानाशाही पद्धति अवलम्बन गरे । हामी यस प्रकारको असंवैधानिक कदमको जोडदार रूपले भत्र्सना गर्दछौँ ।”
प्रेसवक्तव्यमा हस्ताक्षर गर्ने लेखक–साहित्यकारहरूको नामावली यस्तो छ–
१. गोपीरमण उपाध्याय, उपाध्यक्ष
२. समीर सिंह, महासचिव
३. प्रकाश थापामगर, सचिव
४. बाबुराम आचार्य, सचिव
५. मातृका पोखरेल, सल्लाहकार
६. अमर गिरी, सल्लाहकार
७. रामप्रकाश पुरी, सल्लाहकार
८. डा. बिन्दु शर्मा, सल्लाहकार
९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार
१०. डा. कृष्णराज अधिकारी, सल्लाहकार
११. आरएम डङ्गोल, सल्लाहकार
१२. मिश्र बैजयन्ती, सल्लाहकार
१३. डा. पुष्करराज भट्ट, सल्लाहकार
१४. इन्द्र रेग्मी, सल्लाहकार
१५. भेषमान गिरी, सल्लाहकार
१६. डा. गोविन्द आचार्य, सल्लाहकार
१७. तेजेन्द्र प्रसाई, सल्लाहकार
१८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य
१९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य
२०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य
२१. जनक रसिक, सचिवालय सदस्य
२२. जगत्प्रसाद रेग्मी, केन्द्रीय सदस्य
२३. इन्द्र लामा, केन्द्रीय सदस्य
२४. नारायण मरासिनी, केन्द्रीय सदस्य
२५. बम बाँनिया, केन्द्रीय सदस्य
२६. नरेश न्यौपाने, केन्द्रीय सदस्य
२७. मीन राना, केन्द्रीय सदस्य
२८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य
२९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य
३०. राजेश विक, केन्द्रीय सदस्य
३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य
३२. जीवन शाही, केन्द्रीय सदस्य
३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य
३४. कमल कार्की, केन्द्रीय सदस्य
३५. पुरु लम्साल, केन्द्रीय सदस्य
३६. बालाकृष्ण अधिकारी, केन्द्रीय सदस्य
३७. सुमित्रा वाङ्देल चेली, केन्द्रीय सदस्य
३८. ऋद्धिरमण घिमिरे, केन्द्रीय सदस्य
३९. बोधकुमार घिमिरे, परिषद् सदस्य
४०. सुवास खनाल, परिषद् सदस्य
४१. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य
४२. कौशिला रिसाल, परिषद् सदस्य
४३. सुभास जिसी, परिषद् सदस्य
४४. हेमराज आश्रम, परिषद् सदस्य
४५. विजय राणा, परिषद् सदस्य
४६. बिनु केसी, परिषद् सदस्य
४७. केशवनाथ योगी, परिषद् सदस्य
४८. राम बसु, परिषद् सदस्य
४९. ऋतु केसी, परिषद् सदस्य
५०. ध्रुव गिरी, परिषद् सदस्य
५१. धर्मराज दानी, परिषद् सदस्य
५२. कल्पना पौडेल जिज्ञासु, परिषद् सदस्य
५३. जगत् वाशिष्ठ, परिषद् सदस्य
५४. बाबा बस्नेत, परिषद् सदस्य
५५. यादवी ढकाल, परिषद् सदस्य
५६. शेखर अर्याल, परिषद् सदस्य
५७. प्रेमिला राई, परिषद् सदस्य
५८. रामबहादुर घिसिङ, परिषद् सदस्य
५९. धनकुटे कान्छा, परिषद् सदस्य
६०. गणेशकुमार राई, परिषद् सदस्य
६१. कृष्ण किशु, परिषद् सदस्य
६२. कल्याण ओझा, परिषद् सदस्य
६३. यादवराज उपाध्याय, परिषद् सदस्य

