• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पुस ५ दोहोर्याउँदै राष्ट्रपतिबाट संसद विघटन, विपक्षी दलहरु भन्छन् : प्रतिगमन भाग-२


  •   शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेर कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गर्नुभएको हो ।

    Advertisement

    मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दै नयाँ निर्वाचनको मिति सिफारिस गरेको थियो।

    राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि हिजो शुक्रबार अपरान्ह ५ बजेभित्र दिएको समयसिमामै विपक्षी दलहरुले बहुमत सिद्ध गरेपनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर फेरि प्रतिनिधि सभा विघटन गरेका हुन् ।

    विपक्षी ५ दलको विरोध
    प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध विभिन्न राजनीतिक दलले विरोध गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मिलेर प्रतिनिधि सभा विघटन गरेपछि दलका नेताहरूले चर्को विरोध गर्दै यसविरुद्ध प्रतिवादनमा उत्रिन आह्वान गरेका छन्।
    सो घटनाविरुद्ध रणनीति बनाउन आज (शनिबार) राष्ट्रिय जनमोर्चासहित ५ विपक्षी दलको संयुक्त बैठक बस्दै छ ।

    अहिले बिहान ११ बजे बानेश्वरस्थित संसद् भवनमै कांग्रेस, माओवादी केन्द्र, एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्न लागेको हो ।

    बैठकमा प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा अगाडि बढ्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

    नेताहरुद्वारा भर्त्सना
    पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद भंगलाई प्रतिगमन भाग–२ को संज्ञा दिँदै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमको घोर भर्त्सना गर्नुभएको छ । साथै उहाँले यसविरुद्ध प्रतिरोधमा उत्रिन सबैलाई आह्वानसमेत गरेका छन्।

    शनिबार बिहान वक्तव्य जारी गर्दै नेता नेपालले भन्नुभएको छ, ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो। यो व्यवस्था नै कू गर्ने अग्रसरता हो। शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु।’

    यस्तै अर्का पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिङमा पुनः प्रतिनिधि सभा विघटन गराइएको भन्दै कडा विरोध जनाउनुभएको छ ।

    यो संविधानै खारेज गर्ने प्रपञ्च भएको उनको दाबी छ। साथै यसविरुद्ध एकजुट भएर प्रतिवादमा उत्रिन पनि उनले आह्वान गर्नुभएको छ ।

    शनिबार बिहान वक्तव्य जारी गर्दै डा. भट्टराईले भन्नुभएको छ, ‘भित्रीरबाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्ररसेटिङमा गत पुस ५ बाट जुन अलोकतान्त्रिकरअसंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत सुरु भएको थियो त्यसैको कडी हो। यो ओली–विद्या कुकर्म ! यो कुनै मध्यावधि चुनाव हैन। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो। एकजुट होऊँ। प्रतिवाद गरौं !’

    यस्तै सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता गगन थापाले पनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कडा शब्दमा आलोचना गर्नुभएको छ ।

    उनीहरूलाई पहिलेदेखि संविधा र संसद् मन नपरेको टिप्पणी गर्दै नेता थापाले खुट्टा नकमाईकन यसविरुद्ध लड्न सम्पूर्ण नेतालाई आग्रह गर्नुभएको छ ।

    यस्तै, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको गोटी बनेको आरोप लगाउनुभएको छ । पुनले सामाजिक सञ्जालमार्फत भण्डारी ओलीको गोटी बनेको आरोप लगाउँदै ‘अति गरे खति हुने’ चेतावनी दिनुभएको हो ।

    ‘नेपालीले आफ्नो संबिधान बनाएको मन नपराउने शक्तिको डिजाइनमा केपी ओली गोटी बने भने केपीको गोटी बिद्या भण्डारी बनिन्,’ नेता पुनले लेख्नुभएको छ, ‘संबिधान च्यातियो, लोकतन्त्रमाथि प्रहार भयो र जनभावना कुल्चिने काम भयो। नगर्ने चुनावको घोषणा गरियो। भनिन्छ, अति भए खती हुन्छ।’

    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.