काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनका नेताहरू शीतलनिवास पुगेका छन् ।
Advertisement
राष्ट्रपतिले दिएको शुक्रबार अपरान्ह ५ बजेको समयभित्रै विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्तुत गर्न लागेको एक नेताले बताए ।
देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका २७ सांसदले हस्ताक्षर गरेका छन् भने जनता–समाजवादी पार्टीको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहका १३ जनाले हस्ताक्षर गरेका छन् ।
काङ्ग्रेस सभापति देउवा, माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता–समाजवादी दलका उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, एमाले नेता माधव नेपाल, सुरेन्द्र पाण्डेलगायत नेताहरू शीतल निवास पुगेका हुन् ।