• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अपराह्न ५ बजेसम्म बन्ला नयाँ सरकार ? यस्तो छ प्रतिनिधि सभाको अंकगणित


  •   शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको आज (शुक्रबार) अपराह्न ५ बजेसम्मको समय सीमा दिनुभएको छ । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आव्हान गरेलगत्तै नेताहरुको दौडधुप चलेको छ ।

    Advertisement

    विभिन्न दलका नेता तथा कानुनविदहरुले निकै कम समय सिमाभित्र सरकार गठनको आव्हान गरेको र बहुमत सिद्ध गर्ने समयसमेत नदिएर प्रतिनिधि सभा विघटन गर्ने षडयन्त्र गरिएको बताएका छन् ।

    राष्ट्रपति भण्डारीले बिहीबार साँझ विज्ञप्ति जारी गरी संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले राजीनामा नगर्दै र संसदमा विश्वासको मत नलिँदै एकैचोटि धारा ७६ (५) मा प्रवेश गर्नु संविधानविपरीत भएको भन्दै कानुनविद्ले आपत्ति जनाइरहेका छन् ।

    गत वैशाख २७ गते प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएपछि पहिलो विकल्प संविधानको धारा ७६ (२) अनुसार विपक्षी दलले बहुमतको सरकार गठन गर्न सकेनन्। त्यसपछि दोस्रो विकल्प धारा ७६ कै उपधारा ३ अनुसार संसदमा सबैभन्दा ठूलो दलको संसदीय दल (एमाले) को नेताका हैसियतमा ओली नै पुनः प्रधानमन्त्री हुनुभएको थियो ।

    सो दिनबाट ३० दिनभित्र फेरि प्रतिनिधि सभामा उनले विश्वासको मत लिनुपर्ने थियो । नलिने हो भने राजीनामा गर्नुपर्थ्यो । तर यी दुवै नगरी राष्ट्रपतिबाट २१ घण्टाभित्र बहुमतको सरकार गठन गर्न आव्हान गरिएको हो ।

    यो समयभित्र दलहरूले नयाँ सरकार दिन सकेनन् भने ओलीले संसद् विघटनको सिफारिस गर्न सक्ने सम्भावना छ । किनकि नयाँ प्रधानमन्त्री बन्न नसकेका खण्डमा पहिलेकै प्रधानमन्त्रीले संसद् विघटन गराई चुनाव घोषणा गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
    अब दलहरूले कि अपराह्न ५ बजेसम्म नयाँ सरकार बनाउन सक्नुपर्छ कि ओली र राष्ट्रपतिले चालेको कदमै असंवैधानिक ठहर गर्दै अस्वीकार गर्न सक्नुपर्छ ।

    यसैबीच विपक्षीलाई बहुमत सिद्ध गर्न नदिन सत्तापक्षले थप चलखेल गरिरहेको स्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित बिहीबार अबेर राति राष्ट्रपति भवन शीतल निवास गएको स्रोतको दाबी छ ।

    कांग्रेस–माओवादीलगायत विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन जसपाको साथ चाहिन्छ । तर, जसपाको उपेन्द्र बाबुराम पक्ष प्रधानमन्त्री ओलीलाई विदा गर्ने पक्षमा भए पनि महन्थ–राजेन्द्र पक्ष भने ओलीलाई साथ दिइरहेको छ ।

    यस्तो छ, प्रतिनिधि सभाको अंक गणित

    प्रतिनिधि सभाको सिट संख्या २७५
    दलको कारवाहीका कारण निष्काशित – ४ जना (लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरी)

    निलम्बित – ४ जना (जसपाका रेशम चौधरी जेलमा, हरिनारायण रौनीयार निलम्बित। कांग्रेसका विजय गच्छदार निलम्बित, मोहम्मद अफताफ आलम जेलमा)

    नियम अनुसार मत नदिने – सभामुख अग्नि सापकोटा।

    प्रतिनिधि सभामा एमालेका १२१, नेपाली कांग्रेसका ६३ (दुई निलम्बित) र माओवादीका ५३ (चार निलम्बित) जना सांसद छन् । यस्तै, जसपाका ३३ (दुई निलम्बित), राप्रपा १, राष्ट्रिय जनमोर्चा १, नेमकिपा १ र स्वतन्त्र २ जना रहेका छन् ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ जना सांसद चाहिन्छ । तर, सो संख्या पुर्याउन विपक्षीलाई हम्मे पर्ने देखिन्छ ।
    संसदको यो अंकगणितले पुनः प्रतिनिधि सभा विघटन गरेर ओलीकै नेतृतवमा मध्यावधि निर्वाचनमा जाने सम्भावना देखिन्छ ।

    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.