काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई मध्यावधि निर्वाचनमा लैजान खोजेको बताउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरुलाई २१ घण्टाको समय दिएर आह्वान गरेपछि आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आव्हान गर्न सक्ने संवैधानिक ब्यवस्था नभएको बताउनुभयो ।
बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (५) को नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको थियो ।
राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिश हुन नसक्ने आचार्यको जिकिर छ ।
बिहीबार साँझ ट्वीट गर्दै आचार्यले राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन नसक्ने बताउनुभएको हो ।
‘नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो’ उहाँले भन्नुभएको छ ।
विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन। राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।
— Bhimarjun Acharya (@BhimarjunPhD) May 20, 2021