डा. समिरकुमार अधिकारी
पछिल्लो समय आइसोलेसनको नाममा मानिसरहरु जम्मा गरेर बस्न मिल्ने ठाउँहरु धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ । तर हामी सबैले बुझ्नुपर्ने विषय चाहीँ मानिसहरु आइसोलेसनमा आफ्नो घरको छुट्टै कोठामा बस्नु भन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुँदैन । स्वास्थ्य जटिलता, अलिकति गाहे भयो भने हामीले जुन मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेसन केन्द्रहरु चाहीँ स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्छ कि भन्ने डर छ ।
हामी संक्रमणको आशंकामा पुग्यौं भने अलग्गिएर बस्ने, परीक्षण गराउने, संक्रमण पुष्टि भइसकेपछि पनि आफ्नो घर परिवारको अरु सदस्यलाई नभेटेर छुट्टै बस्ने गर्यौं र स्वास्थ्यमा कुनै समस्या भएन भने त्यो सबैभन्दा धेरै उपयुक्त हुन्छ । अर्को हामीले आइसोलेसन सेन्टरहरु स्थापना गर्दा स्वास्थ्यकर्मीहरु, त्यहाँ चाहिने उपकरणहरु, औषधिहरु र त्यहाँ गाहे हुने वित्तिकै क्रिटिकल केयरका लागि स्वास्थ्य जटिलताका लागि लैजाने अस्पतालहरुको समन्वय, प्रत्यक्ष निगरानी हुने गरी गरेनौं भने हामीलाई गाह्रो हुन्छ ।
पछिल्लो समयमा टोल टोलमा आइसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामग्रीहरु ठूलो मात्रामा खपत हुने गरी खोलिराखेको अवस्थाले हामी अलिकति चिन्तित छौं । ती सामग्रीहरुको व्यवस्थापन पनि अर्को चुनौतिपूर्ण पाटो हो । त्यहाँबाट निस्कने फोहर व्यवस्थापन अर्को चुनौतिपूर्ण पाटो हो। र जहाँ क्रिटिकल केयरका लागि साँच्चै अस्पतालहरुमा ती सामग्रीहरु चाहिन्छ। ती जनशक्तिहरु छन् भने ती जनशक्तिहरु उपलब्ध गराएर सहयोग गर्न सकिन्छ । जहाँ विरामीको क्रिटिकल केयर गर्नुपर्ने आवश्यकता हुन्छ ती ठाउँहरुमा अझै गाह्रो हुन्छ ।
अहिले पनि हामीसँग कोभिड १९ को उपचार नभइरहेको अवस्थामा हामीले संक्रमण रोक्ने किसिमका गतिविधि बढी गर्नुपर्ने हुन्छ। आइसोलेसनको सन्र्दभमा घरमा उपयुक्त किसिमको ठाउँ हुन्जेलसम्म, घरमै आइसोलेसनमा बस्नुपर्ने हुन्छ। त्यसरी नहुने र स्वास्थ्य जटिलताहरु हुने भयो भने स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी हुने खालका स्थानहरु र स्वास्थ्यमा समस्या हुनेवित्तिकै क्रिटिकल केयरको सेवा पाउन सक्ने खालका व्यवस्था गरेर मात्रै त्यस्ता सेन्टरहरु सञ्चालन गरिदिनुहुन हामी सबैलाई अनुरोध गर्छौं ।
हामीले यसरी सेन्टरहरु खोल्दै जाने, अक्सिजनको माग बढ्दै जाने, यसोहुँदै जाँदा हामीलाई साँच्चै क्रिटिकल केसमा अस्पतालमा व्यवस्थापन गर्ने अक्सिजन लगायत अरु सामग्रीहरुमा निकै निकै चुनौतिपूर्ण हुँदै जाने अवस्था देखिएको छ । कृपया त्यसो नगरिदिनुहुन र क्रिटिकल केयरको उपचार हुने सुनिश्चित गरेर अस्पतालहरुको समन्वय हुने अवस्थामा र आइसोलेन सेन्टरहरुमा स्वास्थ्यकर्मीहरुको सुनिश्चितता हुने गरि मात्रै गरिदिनुहुन हामी अनुरोध गर्छौं ।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीबाट)