काठमाडौं । अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल र भारतबीचको उडान बाहेक सबै उडान स्थगन भएको जनाएको हो ।
Advertisement
प्राधिकरणले मे ३१ अर्थात जेठ १७ गते सोमबारसम्म एयर बबल सुविधाबाहेकका उडान स्थगन भएको जनाएको छ । सरकारले यसअघि बैशाख २३ गते रातिबाट ३१ गतेसम्म अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो ।
प्राधिकरणले आन्तरिक उडान के हुने भन्ने विषयमा भने जानकारी दिएको छैन । सरकारले आन्तरिक उडान पनि वैशाख ३१ गतेसम्म बन्द गराएको छ ।





