संगिन श्रीसमगर
आफ्नो मन सफा राखी यो कुरा भन्छु
मेरी आमा नभए म भर्खरै यहीँ मर्छु
मेरी आमाका लागि केही न केही गर्छु
आमाको मनमा सधैँ खुसियाली भर्छु
Advertisement
दिनरात नभनी मेरो खुसी चाहनुभयो
मेरा लागि आकासको तारा झारिदिनुभयो
मलाई सुन हिराभन्दा अनमोल माया दिनुभयो
मेरा लागि अनेकौँ दुःखकष्ट सहनुभयो
आजको यस दिनमा म यो भन्न चाहन्छु
जतिसुकै पीडा भए पनि आमासँगै रहन्छु
हजुरको खुसीका लागि मिठा गीत गाउ“छु
कर्तव्यको फूल हजुरका लागि फुलाउँछु
हजुरबाहेक छैन अरू मेरो केही चाहना
आफ्ना लागि अब बनाउने छैन बहाना
आमाको मुख हेर्ने आजको यस अवसरमा
प्राणभन्दा प्यारो आमा धेरै धेरै शुभकामना

