• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रधानमन्त्रीले मागे विश्वासको मत, विपक्षी भन्छन् : नैतिक अधिकार छ र ?


  •   सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको हितका विविध पक्षमा काम गरेको र सफलता पनि मिलेको भन्दै आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

    Advertisement

    विश्वासको मत लिने प्रयोजनका लागि बोलाईएको प्रतिनिधिसभाको विशेष अधिवेशन को दोश्रो बैठकलाई सम्बोधन गर्दै सरकारले देश र जनताका चासोका हर विषयमा सफलता प्राप्त गरेको भन्दै विश्वासको मत लिनका लागि तीनै कार्य नै पर्याप्त भएको बताउनुभयो ।

    उहाँले संविधान शंसोधनका लागि आफु तयार रहेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विखण्डनको राजनीति सधैका लागि अन्त्य गरेको, देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको सवालमा कुनै विवाद नरहेको, पृथकतावादी सोच राख्नेलाई राजनीतिक मुलधारमा ल्याएको, राजनीतिक इच्छा आकांक्षा पुरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोच लिएकालाई पनि संवादको माध्यमबाट शान्तिपुर्ण राजनीतिको मुलधारमा ल्याएको, दशकौ देखिको हिंसाको राजनीति अन्त्य गराउन पहल गरेको भन्दै आफुलाई विश्वासको मत दिनु नपर्नेुपर्ने कारण नै नरहेको तर्क गर्नुभयो ।

    उहाँले विकास निर्माण, पुर्वाधार, सडक निर्माण, पुल, धरहरा पुर्ननिर्माण, सिंचाई आयोजनाहरु लगायतको फेयरिस्त प्रस्तुत गर्दै आफ्नो नेतृत्वको सरकारले जनजीवीकाका सवालमा नयाँ कामहरु गरेको दाबी गर्नुभयो ।

    सरकारले असाधारण र दुरगामी महत्वका काम गरेको र मान्छे बस्न लायकको देश बनाउनुको साथै हेर्न लाज नहुने समाजको निर्माण गरेको दाबी गर्नुभयो । उहाँले अराजनीतिक हतकण्डा अपनाउने काम वर्तमान सरकारले नगर्ने, कसैलाई विभेद नगर्ने भन्दै विश्वास नगर्नुपर्ने कुनै कारण नै नरहेको बताउनुभयो । सरकारले देश र जनताका लागि वर्तमान सरकारले असाधारण काम गरेको भन्दै उहाँले सत्यलाई स्वीकार गर्ने हो भने आफुलाई विश्वास नगर्नुपर्ने कारण नरहेको दाबी गर्नुभयो ।

    उहाँले सरकारले चालेका सकारात्मक कदममा कसैको साथ नभएको र अनेक अप्ठ्याराहरुको सामना गर्नुपरेको गुनासो गर्नुभयो ।
    उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने र सरकारमाथि हिलो छ्याप्ने र कोभिड विरुद्धको औषधी खरिदमा भएको भनिएको भष्ट्राचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने खालका क्रियाकलाप भए ।’

    तपाईंले संविधानमै प्रहार गर्नुभयोः देउवा
    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले अहिलेको सरकारले सुरुदेखि नै लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार गरेको बताउनुभयो । यो सरकारमा रहेकाबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सँधै असुरक्षित रहेको उहाँले बताउनुभयो ।
    सरकार गठन हुँदा झण्डै दुईतिहाइ बहुमत रहेको सरकारका प्रधानमन्त्री तीन वर्षमै विश्वासको मत लिन आउनुपरेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले संविधान मै हुँ, संविधानभन्दा म माथि हुँ भन्ने प्रवृत्ति देखाएको उहाँको दाबी छ।

    मत माग्ने नैतिक अधिकार गुमाउनुभोः प्रचण्ड
    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत माग्ने नैतिक अधिकार नै नभएको बताउनुभएको छ । प्रचण्डले प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा पनि स्वाभाविक नभएको र नाटकजस्तो मात्र लागेको कटाक्ष गर्नुभयो ।

    ‘विश्वासको मत माग्ने पनि नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ?’ उहाँले प्रश्न गनुएभयो, ‘तपाईँले विश्वासको मत लिने कुरा पनि मलाई किन किन नाटकजस्तो लाग्छ’, प्रचण्डले भने, ‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति सुनेपछि उहाँ संसद पुनस्र्थापनाको पक्षमा हुनुहुन्न भन्ने प्रस्ट हुन्छ ।’

    सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.