• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

कोरोनाको कहर र प्रवासी नेपालीको कारुणिक पीडा


  •   शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
  • गोपाल गिरी ##
    २०१९ को डिसेम्बर महिनामा विश्वकै सर्वाधिक जनघनत्व भएको र विश्व अर्थतन्त्रको सूचकाङ्कमा पनि अग्रस्थानमा रहेको देश चीनको वुहान सहरमा देखिएको भनिएको कोरोना भाइरस (कोभिड–१९) आज संसारका सबै मुलुकको कुना कुनामा परालको आगोजस्तै फैलिएको छ ।

    Advertisement

    विश्व महामारी कोरोना नियन्त्रणको लागि संसारका सबै शक्तिशाली राष्ट्र, विकसित, अल्पविकसित र विकासोन्मुख राष्ट्रका वैज्ञानिक र विश्व स्वास्थ सङ्गठन निरन्तर अनुसन्धानमा लागिरहेका छन् । उक्त भाइरस नियन्त्रणको लागि विज्ञहरूको अथक प्रयासका बाबजुद भ्याक्सिन केही देशमा उत्पादन भएको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणीकरण गरेको छ । तर भ्याक्सिन सबै राष्ट्रका नागरिकको लागि पर्याप्त उत्पादन अझै भएको छैन । उत्पादित भ्याक्सिन प्रभावकारी भए÷नभएको अथवा भ्याक्सिन लिएपछि केही शारीरिक असर देखा परेकोजस्ता कुरा पनि बजारमा सुन्न पाइन्छ । हामी बजारमा हुने ती कुराको पछाडि लाग्नुहुदैन र उपलब्ध भएको अवस्थामा कोरोना विरुद्ध खोप लिनु नितान्त जरुरी छ ।

    कोभिड–१९ को उत्पत्तिदेखि यहाँसम्म आइपुग्दा कैयौँ देशका नागरिक विविध समस्यासँग जुध्न बाध्य भएका छौँ । लाखौँ मानिसले ज्यान गुमाएका छन् । हरेक देशको अर्थतन्त्र धरासायी भएको छ । कलकारखाना बन्द भएका छन् र करोडौँकरोड श्रमजीवी मानिस रोजगारविहीन भएका छन् । न्यूनतम आधारभूत आवश्यकता, जस्तै– गास, बास र कपासको समस्या, रोजगारीको अभाव, गरिबी र भोकमरीका कारण कैयौँ मानिस मानसिक सन्तुलन गुमाई गलत कदम उठाइएका घटना पनि हामी देख्न सुन्न पाउँछौँ ।

    आफू र आफ्नो परिवारको उज्ज्वल भविष्य निर्माण गर्ने सपनाको पहाड काँधमा उठाई जन्मभूमिलाई छोडेर सात समुद्रपारिको क्षितिजमुनि परदेशी जीवन जिउनेको कथाव्यथा फरक छ । विभिन्न देशमा छरिएर रहेका परदेशीहरू कोभिड रोकथामका लागि सम्बन्धित राष्ट्रले अपनाएका संयन्त्र लकडाउन÷कफ्र्यु पालना गर्नुपर्ने, कम्पनीमा व्यापार–व्यवसाय न्यून भएका कारण पारिश्रमिक नपाइने, बेतलबी अवस्थामा बस्नुपर्नेलगायत अन्य समस्या छन् ।

    हामी सबैलाई थाहा छ, जब कम्पनीमा व्यापार शून्य हुन्छ, साहु–महाजनको दृष्टिकोणमा परिवर्तन आउँछ । सरकारका मापदण्डअनुसार चलाइएका ब्रान्डेड कम्पनीको अवस्था केही फरक भए पनि ससाना कम्पनीमा मजदुर वर्गको अवस्था अत्यन्तै कहालीलाग्दो छ । कैयाँै कम्पनीले केवल बिहान–बेलुका खाना र बस्ने आवासको व्यवस्थापन गरिदिएका थिए भने कहिँ कतै खानपिनको व्यवस्थापनसम्म नभएको बिलौना गर्नेको सङ्ख्या उल्लेख्य थियो । यसरी चारपाँच महिनासम्म प्रवासी हामी बेतलबी बस्न बाध्य भयौँ ।

    कैयौँ कम्पनीले कर्मचारी बर्खास्त गरेपछि पनि हवाइ यातायातको सुविधा नभएको र उडान चार्टर्ड गर्न धेरै महङ्गो पर्ने हँुदा उपयुुक्त समयमा स्वदेश फिर्ता हुनसमेत सास्ती झेल्दै तीनचार महिनासम्म घरवापसीको प्रतीक्षामा बस्नुपरेको थियो । त्यसैगरी वर्क परमित भिसा सकिएको, नवीकरण गर्ने निकाय बन्द भएको र अनलाइन प्रविधिबाट नवीकरण गर्न कम्पनी स्पोन्सर निस्कृय भएका घटना पनि थिए ।
    लामो समयसम्म कफ्र्यु जारी भएको हँुदा साँघुरो कोठाभित्र पिँजडाको सुगाजस्तै बस्नुपर्ने असहज वातावरणले मनमस्तिष्क पनि साँघुरिएको महसुस हुन्थ्यो । कफ्र्युपछिको खुल्ला समय पैदल यात्रा गर्न अथवा हल्का शारीरिक व्यायाम गर्न छुट भएको अवस्थामा सुरक्षा उपाय अवलम्बन गरी बाहिर निस्कन्थौँ । निश्चित समयावधिभित्र सहर बजारका गल्ली गल्ली र सडकमा भिड उत्तिकै हुने गर्दथ्यो । सावधानी अपनाउँदा–अपनाउँदै पनि कैयाँै साथीलाई भाइरसले कब्जा गरेको र आवासगृह भित्रभित्रै सल्किँदै गएको अवस्था थियो ।

    विशेषगरी खाडी मुलुकमा आप्रवासी बिरामीका लागि हस्पिटलमा ध्यानाकर्षणको कमी, भाषाको समस्या र हस्पिटलको प्रवेशद्वारबाट नै “यल्ला रो” अथवा “जाऊ” भन्दै धपाउने र समस्या नसुन्नेजस्ता दुःखद अनुभव कतिपय साथीहरू सुनाउनुहुन्छ । सामान्य ज्वरो आएको व्यक्ति निजी हस्पिटल अथवा फार्मेसीबाट एन्टिबायोटिक ट्याब्लेट, प्यानाडोल र भिटजीजस्ता औषधिको मूल्य सातआठ हजार रुपियाँ (सम्बन्धित देशको मुद्रामा) तिर्न बाध्य भएका घटना धेरै थिए । पैसाको अभावमा नेट प्याकेज खरिद गरी आफ्नो घरपरिवारसँग भलाकुसारी गर्नसमेत मुस्किल भएको थियो ।

    कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थिति यथावत छ । आफ्नो घरपरिवार भेट्न पाउने वातावरण अझैसम्म बनेको छैन । कतिपय देशले आप्रवासीहरू क्यान्सिल जान सहज गराए पनि फिर्ता हुन प्रतिबन्ध लगाएका छन् । चार दशक (उमेर हदबन्दी) भन्दा माथि पुगेका श्रमिकहरू खाडी मुलुकबाट क्यान्सिल गएको अवस्थामा भोलि स्थिति सहज हुँदा नयाँ भिसा लाग्न सम्भव हुँदैन । अन्य मुलुक जाने अवस्था न्यून हुने हुदा अलि बढी चिन्तित छन् ।

    दुईतीन वर्ष भइसक्यो, घर जानु छैन । जनजीवन सामान्य नहँुदासम्म पूरा पारिश्रमिक पाइँदैन । छुट्टी जानका लागि कम्पनी जवाफदेही छैन, “तपाईं आफ्नैको जिम्मामा” भन्छ । रिस्क लिन र जागिर छोडेर जान पनि सकिँदैन । अन्य क्षेत्रहरूभन्दा सेवाक्षेत्रभित्रका होटेल इन्ड्रस्टीमा काम गर्नेहरूको अवस्था गम्भीर देखिन्छ ।

    परिस्थिति सामान्य हुने र सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी छैन । स्वदेशमै फर्किएर केही गरुँ भन्ने वातावरण छैन । आफ्नो देशमा बेरोजगारी, गरिबी र भोकमरीसँगै राजनैतिक अस्थिरता छ । जनताको अभिमत लिएर बनेको दुईतिहाइ सरकार र सरकारको नेतृत्व गर्ने पार्टी जनताको भावनानुसार काम गर्न असमर्थ भएको छ । पार्टीभित्रको आन्तरिक कलह सतहमा आएको हँुदा आम नागरिकले सास्ती झेल्नुपरेको छ ।

    सिङ्गो कम्युनिस्ट पार्टी खण्डित भई गुट–उपगुटमा परिणत भएको मात्रै होइन, कोही प्रतिनिधि सभा बर्खास्त गरी नयाँ जनादेशमा जाने कथित अग्रगमनकारी फेटा गुथेका छन् भने कोही प्रतिगमन भयो भन्दै सडकमा छन् । प्रतिपक्ष भए–नभएको जनताले अनुभूति गर्न सकिरहेका छैनन् । सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधि सभा पुनस्र्थापना भए पनि देश अहिलेसम्म अनिर्णयको बन्दी बनिरहेको छ । नेपाली राजनीतिक भाषामा “नैतिकता“ भन्ने शब्दकोशमा नै छैनजस्तो लाग्छ । विश्वभर कोरोना भाइरसका कारण त्रसित विषम परिस्थितिमा नेपाली राजनैतिक भाइरसको कारण देश झन् झन् कठिन मोडमा छ ।

    माथि उल्लेखित यथार्थ वस्तुस्थितिका बाबजुद संसारका विभिन्न देशमा रहेका प्रवासी नेपालीहरू उच्च मनोबलका साथ जनस्तरमा फैलिएको विश्व महामारी कोरोनाको दोस्रो चरण भ्यारियन्ट रूपसँग सामना गर्दै आफ्नो घरपरिवारसित छिट्टै भेट हुने दृढसङ्कल्पका साथ जिउन बाध्य छौँ । विश्व महामारी कोभिड–१९ का साथसाथै नेपाली राजनीतिमा देखिएको राजनैतिक भाइरस अस्थिरताको पनि छिट्टै अन्त्य हुने र सम्पूर्ण परदेशी नेपाली दाजुभाइ, दिदिबहिनी र बुबाआमाहरू सहज रूपमा स्वदेश फिर्ता हुने वातावरण बन्ने छ भन्ने अपेक्षामा छौँ ।

    अन्त्यमा, देशविदेश रहनुहुने सम्पूर्ण नेपाली नागरिकहरू कोरोना प्रोटोकल पालना गर्दै स्वस्थ र सुरक्षित रही सबै मिलेर विषम परिस्थितिको सामना गर्नका लागि हार्दिक अपिल गर्दछु । आफू पनि बाँचौ र अरूलाई पनि बचाऔँ ।

    शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.