काठमाडौं । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा (एमाले) का तर्फबाट गृहमन्त्री रामबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको नेपाल पक्ष र जसपाबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दिनुभएको छ ।
Advertisement
गृहमन्त्री थापा शुक्रबार हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा जानुभएको हो।
अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
गृहमन्त्री रहेका थापा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेका कारण सो पद रिक्त भएको हो ।