• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अराजकतावाद


  •   बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
  • लोकेन्द्र पौडेल ##
    अराजकतावाद एउटा राजनैतिक दर्शन हो भने राजनीतिक विज्ञानको एउटा विचारधारा पनि । राज्य, कानुन, नीतिर नियमदेखि बाहिर रहेर पूर्ण रूपमा स्वतन्त्र समाजको परिकल्पना गर्ने विचारलाई नै अराजकतावाद भनिन्छ ।

    Advertisement

    यो त्यस्तो अवधारणा हो, जसले कुनै पनि सरकारी, व्यापारिक, औद्योगिक–वाणिज्यिक, धार्मिक, शैक्षिक अथवा पारिवारिक नियन्त्रणको पूरै अस्वीकार गर्दछ । अराजकतावादीको तर्क छ, मानिस स्वतन्त्र प्राणी हो र स्वतन्त्र नै रहनुपर्छ । मानव समाज कुनै बाह्य हस्तक्षेपबिना नै शान्ति, समृद्वि र उत्पादनको साथमा बाँच्न सक्षम छ र मानिस आफ्नो शासन स्वयम् सञ्चालन गर्न सक्छ ।

    अराजकतावादीका अनुसार एउटा यस्तो समाज बनाउन सकिन्छ, जहाँ व्यक्तिगत स्वतन्त्रता प्रचूर मात्रामा हुन्छ र भौतिक वस्तुहरूको विभाजन पनि समान रूपबाट गरिन्छ । एकापसमा सल्लाह र सुझावको आधारमा व्यक्तिगत र सामाजिक दायित्वलाई पूरा गर्न सकिन्छ ।

    प्राचीन कालमा स्टोइक विचारक जेनोले नै यसको व्याख्या गरेका थिए भने यसको श्रेय गाडविनको सन् १७९३ मा प्रकाशित कृति “राजनीतिक न्याय, सद्गुण र खुुसीमा यसको निष्कर्षको बारेमा परीक्षण” लाई नै जान्छ । आफूलाई अराजकतावादी भन्ने दार्शनिक उन्नाइसौँ शताब्दीको पूवार्धमा सक्रिय रहेको पाइन्छ; जस्तै– पियर जोसेफ, प्रुधोँ । लक्ष्य र उद्देश्यका बारेमा अराजकतावादीमा पनि मतभिन्नता रहेको पाइन्छ ।

    अराजकतावादीको विचारधारालाई चार भागमा विभाजन गरिएको छ ।

    अराजकतावादी व्यक्तिवाद
    जर्मनीका निहिलिस्ट दार्शनिक म्याक्स स्टर्नरको भनाइअनुसार मानिसले ईश्वर वा राज्य कुनै पनि नैतिकताको पर्वाह नगरिकन आफ्नोे मनोमानीले चल्न र बाच्नसक्ने अधिकार दिनु अनिवार्य छ ।

    सामूहिकतावादी अराजकतावाद
    यस विचारधाराका प्रमुख चिन्तक बकुनिन हुन् । उनी न त पु्रधोँको विचारलाई मान्दथे, न त कार्ल माक्र्सद्वारा प्रवर्तित समाजवादी व्यवस्थालाई नै मान्दथे । कार्ल माक्र्सद्वारा प्रतिपादित कम्युनिज्म सिद्धान्तलाई अधिनायकवादी सङ्ज्ञा दिने बकुनिन एउटा यस्तो भविष्यको कल्पना गर्दथे, जसमा मजदुरहरू सङ्गठित भएर पुँजीलाई आफ्नो हातमा लिन्छन् र सङ्गठित मजदुरको हातमा उत्पादनका सामान रहनुपर्छ । सामूहिक फैसलाले नै व्यक्तिको विवरण पुष्टि गर्ने छ, जसले जति श्रम गर्छ, उसले त्यति नै भाग पाउनुपर्छ भन्ने उनको राय रहेको थियो ।

    परम्परतावादी अराजकतावाद
    व्यक्ति र सामूहिकतावादको बिचको बाटो थियो, जसको सूत्रीकरणको श्रेय प्रुधोँलाई जान्छ । पु्रधोँले सम्पत्ति र कम्युनिज्मको बिचमा तालमेल गरी एउटा यस्तो आर्थिक प्रणालीको वकालत गरे, जसका अनुसार मानिसको निजी वा सामूहिक आधारमा उत्पादनका साधनको मालिकको अधिकार हुन सक्छ । तर आवश्यकतालाई श्रमको आधारमा नै मिल्ने छ, जसका कारण समाजमा समानता राख्न सकियोस् । प्रुधोँले उत्पादकलाई न्यूनतम ब्याजदरको आधारमा ऋण दिने बैङ्कको स्थापना गर्ने प्रस्ताव पनि अघि सारेका थिए ।

    साम्यवादी अराजकतावाद
    प्रिन्स क्रोपाटकिन यस विचारका प्रमुख दार्शनिक थिए । उनका अनुसार मानिस परस्पर एकता र सहयोगको नैसर्गिक गुणसम्पन्न छ, जसको प्रभावले सम्पत्तिसम्बन्धी विभेद आफै हराएर जाने छ । समाजका प्रत्येक व्यक्तिले आवश्यक साधनको उपयोग गर्ने छ । मजदुरको सङ्गठनद्वारा आवश्यकताका आधारमा खरिददारी र विनियोजन गर्ने छ । कम्युनको आपसी महासङ्घ हुने छ, जसले सडक बनाउने, रेलवे प्रणाली र सञ्चारका माध्यमका बारेमा सोच्ने छन । निजी सम्पत्ति भन्ने हुनुका कारण समाजमा चोरी, गुण्डागर्दीजस्ता समस्या नआउने हुँदा शान्ति र अमनचयन कायम राख्नका लागि सुरक्षाकर्मीको आवश्यकता पनि रहने छैन ।

    जब १८४६ मा कार्ल माक्र्सले आफ्नो कृति “दर्शनको दरिद्रता” द्वारा प्रुधोँको कडा भत्र्सना गर्नुभयो । प्रथम कम्युनिस्ट इन्टरनेसनलमा बकुनिनपन्थीद्वारा पु्रधोँका अनुयायी पराजित भए । तर उनीहरूले माक्र्सका अनुयायीसँग सङ्घर्ष गर्न सकेनन्, जसको फलस्वरूप १८७२ मा इन्टरनेसनल विघटन भयो ।

    राज्यमा विद्यमान संस्थाको आमनेसामने भएका कारण अराजकतावादी कुनै पनि संसदीय विचारका विरुद्व रहन्थे । चुनाव वहिष्कार गर्ने, आर्थिक संस्थाका विरुद्व जनविद्रोह गर्ने र उन्नाइसौँ शताब्दीको अन्त्यमा आएर उनिहरूले आतङ्कवादी काबाही पनि चलाए । केही राजनेता र उद्योगपतिको हत्यासमेत गरे ।

    बिसौँ शताब्धीको ६०–७० को दशकमा पाल गुडमेन र डेनियल गुइरिनजस्ता अराजकतावादीले छिटफुट रूपमा शिक्षा र समुदायमा हस्तक्षेप गरेता पनि अहिले अराजकतावादी सिद्धान्तको प्रभाव देखिँदैन । सर्वसत्तावाद, अधिनायकवाद र निरङ्कुशताका आलोचकमा यस सिद्धान्तको गन्ध भेटिने गर्दछ । समाजवादी विचारभित्र कुनै न कुनै प्रकारले यो मौजुद रहेको हुन्छ ।

    उदारवादीका अभिव्यक्ति स्वतन्त्रतासँग आफ्नो ढुलमूलपनबाट मुक्त गर्नका लागि अराजकतावादको भूमिकालाई नकार्न सकिँदैन । सङ्गठन चाहिने, सङ्गठनका नीतिनियम बनाउने ठाउँमा उपस्थित हुने, अनि संसारमा प्रचलित बहुमतीय प्रणालीद्वारा मान्य भएको स्वीकृत लाइन र सिद्धान्तलाई नमान्ने—यो नै वर्तमान समयको अराजकतावादको रूपमा देखा परेको समस्या हो ।

    अनुशासन, साङ्गठनिक पद्धति र विश्वदृष्टिकोणको अभावमा यस्ता समस्या आउने गर्दछन । एक्काइसौँ शताब्दीमा हावी हुँदै गएको निम्न पुँजीवादी चरित्र, कुण्ठा, पदलोलुपता नै अराजकतावादका जननी हुन् ।

    बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.