• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भारतलाई किन फोड्नै पर्‍यो नेकपा ?


  •   मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित
  • कमल कोइराला

    Advertisement

    खुफिया जासुसहरू आफ्नो काम कार्यवाही खुलारुपमा गर्दैनन् । तर, कार्तिक ५ गते २०७७ (अक्टुबर २१, २०२०) बुधबार ‘रअ’ का चीफ सामन्तकुमार गोयल दिनको उज्यालोमा पूर्वसूचना दिई कूटनीतिक सुविधासहित नेपालको गुप्त निमन्त्रणा प्राप्त गरी भारतीय वायुसेनाको हवाईजहाजबाट चालकसहित ९ जनाको टोलीका साथ संसारले देख्नेजान्ने गरी आए । भारतीय पत्रकार ज्योति मल्होत्रा भन्दछिन् कि यो जानीजानी गरिएको लिक हो र सकारण हो ।

    यसअघि पनि सामन्त गोयल सन् २०१९ को जुलाई २० अर्थात् २०७६ श्रावण ४ गते शतिबार काठमाडौं आएर ३ दिन बसेर फर्केका रहेछन् भन्ने कुराको जानकारी मलाई भर्खर केही दिन अघि काठमाडौंको द रिपब्लिका र भारतको ‘द प्रिन्ट’ अनलाइनबाट जानकारी भयो । २०७६ मा ३ दिन गोयल काठमाडौं बस्दा को को सँग भेट गरे, के के कुरा गरेर, नेपाल र भारतका सञ्चार माध्यमहरूमा चर्चा भएको देखिंदैन । तर यसपटक सिर्फ केही घण्टाको २०७७ कात्तिक ५ को गोयल र टोलीको लगभग ३ घण्टा बालुवाटारमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुप्त भलाकुसारीको नेपाल र भारतमा प्रशस्त चर्चा भयो र त्यसपछि अनेकौं अनुमान, अडकल र आंकलनको बजार गरम हुँदै गयो ।

    भारतीय संचार माध्यमहरू लेख्दछन्– ‘एउटा कुरा सबैलाई बोध भयो कि नेपालसम्बन्धी नीति र त्यसको कार्यान्वयन अब भारतीय नेशनल सेक्युरिटी एडभाइजर अजित डोभल र उनका मान्छेहरूको जिम्मामा बढी छ । गोयलको टोलीमा बालुवाटार जानेमा पहिले काठमाडौंमा पोस्टिङ भई बसिसकेका ‘रअ’ का नेपाल विशेषज्ञ अरुण जैन पनि रहेछन् । अब स्पष्ट बुझिन्छ कि २०७७ कात्तिक ५ को फाइनल छिनोफानो भेट अघि लामो समयदेखि नै गुप्त सन्देश र संकेतहरूको आदानप्रदान तथा गृहकार्य भइरहेको थियो ।

    के थियो खास भित्री लक्ष्य ?
    म फेरि एसडी मुनीको ‘द हिन्दुस्तान टाइम्स’ जनवरी ८, २०२१ तदनुसार २०७७ पुस २४ गते शुक्रबारको लामो लेख यहाँ उद्दरण नगरी केवल के थियो भारतीय गुप्त लक्ष्य त्यो उल्लेख गर्दछु । नेपालका बारेमा लामो समयदेखि जानकारी, जिज्ञासा राख्दै र लेख्दै आएका एसडी मुनी बडो स्पष्ट शब्दमा बताउँदछन्– ‘यी कदमहरूले भारतले आफ्नो तत्कालीन रणनीतिक लक्ष्य प्राप्त गर्न ओलीलाई पार्टी फोडेर भए पनि सत्तामा टिकिरहन हिम्मत हौसला प्रदान ग-यो ।’ मनलागे एसडी मुनिको लेख इन्टरनेटमा खोजेर अहिले पढ्न सकिन्छ ।

    किन नेकपा फोड्नै पर्यो ?
    विगत निर्वाचनमा नेपालका कम्युनिष्ट पार्टीहरूले दुईटा सही कदम उठाएका कारण झण्डै दुईतिहाई बहुमत संसदमा प्राप्त गरेका थिए । चुनावी अंकगणितमा सानो मतान्तरको संख्याले चुनाव परिणामलाई ठूलो असर पारेको अनुभव सबै राजनीतिक दलका चुनावी खेलाडीहरूलाई स्पष्ट छ । एउटा उम्मेदवार जसले जित्छ, उसले १५,२५८ मत पाउँछ । हार्ने निकटतम प्रतिस्पर्धीले पनि १५२४८ मत पाएको र अरु उम्मेद्वारले पनि कयौं हजार मत बाँडेको जस्तो दृष्टान्त खोज्दा धेरैपटक जहिले जहिले प्रत्यक्ष निर्वाचनहरू भएका छन्, यस्ता परिणाम देखिएका छन् ।

    (१) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुईवटा पार्टी मिलेर बनेको पार्टी हो । जसले अलग अलग रहेपनि पहिले चुनावी गठबन्धन गरेर मतान्तर पक्षमा जोड्न सफल रहेका थिए ।

    (२) राष्ट्रवादी र नेपालको अखण्डताको प्रखर पक्षधरका रुपमा चुनावी प्रचारप्रसार गरेको थिए ।

    भारतले नेपालको भूभागसमेत आफ्नो नक्साभित्र पारेर भारतीय रक्षामन्त्री रहेका राजनाथ सिंहले भर्चुअल उद्घाटन गरेपछि नेपालका जनतामा आफ्नो भूभाग भएको नक्सा प्रकाशित गर्नुपर्ने कुरा जोडतोडले उठ्न थाल्यो । नेपालको संसदको राज्य व्यवस्था समितिले सर्वसम्मत भई सरकारलाई त्यसो गर्न निर्देशन ग-यो । हामी सबैले जानेकै कुरा हुँदा नदोहो¥याउँ नेपालको संसदका दुई सदन र सबैका सबै राजनीतिक दल अघोषित भारतीय नाकाबन्दी ताका भारतमा बसेर रोजैजसो धर्ना दिने राजेन्द्र महतोसमेत सबै सर्वसम्मत भई सदनबाट पास गरियो ।

    नेपाल सरकारले पनि आफ्नो देशको सही नक्सा प्रकाशित ग-यो । भारतीय प्रधानसेनापतिले बोल्न नहुने अकूटनीतिक वचन बोल्दै भने–‘यो काम नेपालले अरुले उचालेकाले गरेको हो ।’
    अर्को कुरा २०७४ को निर्वाचन र त्यसपछिका नेपालको राष्ट्रिय भावनाअनुसार भएका कयौं कामलाई चीनको आक्रामक कूटनीतिको परिणाम हो भनि भारतीय सञ्चार माध्यमहरूले प्रचार गरिरहे ।

    तर, यसपाली उनीहरूले तात्तातै खाउँ जलि मरौंको कूटनीति नअपनाएर बडो चिसो लामो गुप्त योजना बनाए कि यी सबको जरोमा आफूलाई खुला सी जिनपिङ विचारवाला भन्न हिम्मत गर्ने पार्टी नफुटाइकन नेपालमा पहिले-पहिले जस्तो जहिले मन लाग्यो त्यही बेला मन नपरेको सत्ता परिवर्तन गर्न सम्भव भएन । २०२० डिसेम्बर २५ (तदनुसार २०७७ पुस १० गते शुक्रबार) को भारतीय ‘द प्रिन्ट’ मा सेशाद्री चारी पनि स्पष्ट लेख्छन् ‘ओलीको संसदप्रति अविश्वास भारतको चिन्ताको कुरा होइन तर चीनको नेपालमा दखल हो । नेपालका कम्युनिष्टहरूको चीनको कम्युनिस्ट पार्टीसँग घनिष्ठ सम्बन्ध लुकेको कुरा होइन ।’ सेशाद्री भन्छन्, ‘दोस्रो कुरा के हो भने अहिलेको संकटमा नेपालमा अर्को राजनीतिक विकल्प दिन सक्ने विकल्पहरू छैनन् ।’

    माथि उल्लेखित भारतीय संचार माध्यमका अंशहरूबाट पनि हामीलाई बडो स्पष्ट हुन्छ कि अब जहिले भए पनि आगामी निर्वाचन नेपालका कम्युनिस्टहरू फुटेर लडुन र आगामी संसद यस्तो बनोस् कि जो कम से कम त्रिशंकु होस् ।

    हालै नेपालका पत्रपत्रिकामा पनि प्रकाशित धेरै कुराहरू, नेताहरू, कामहरू सर्वोच्च अदालतको नेकपा फुटाउने फैसलाहरू र कयौं कुराले हामीहरूलाई धेरै कुरा स्पष्ट भएको छ र हुँदै गएको छ । सबै पत्रकारहरू र पत्रिकाहरूका उदाहरण दिन सम्भव नहुँदा अहिलेलाई कान्तिपुरमा गेजा शर्मा वाग्लेको २०७८ वैशाख १४ मा प्रकाशित यी पंक्तिहरू मात्र उधृत गर्दछु–‘भारतसँग ओलीको सम्बन्ध प्रारम्भ देखिनै रहस्यपूर्ण, आशंकापूर्ण र अस्वभाविक देखिन्छ ।

    ओली–गोयल गोप्य बैठक नेपालको राजनीतिको अप्राकृतिक र अस्वाभाविक टर्निङ प्वाइन्ट हो । राजनीतिक मौसम अनुरुप सार्वजनिक खपतका लागि ओलीले कालापानी र नालापानीको राग अलापे । निर्वाचनमा भोटको खेती गर्न राष्ट्रवादको अतिरञ्जित धारावाहिक भाषण गरे । तर चीनसँग दूरी बढेपछि सत्तामा टिक्न भारतसँग आत्मसमर्पण गरे ।
    (साँघुन्युजबाट साभार)

    मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.