• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

१३२औँ मे दिवस : असीम आशा, विश्वास र भरोसाका साथ अगाडि बढ्न मसालको शुभकामना


  •   शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले १३२औँ मे दिवसको अवसरमा विश्वका सबै मजदुरहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ । सम्पूर्ण मानवजातिको मुक्तिको सपना, आशा र विश्वासको प्रतीकको रुपमा मजदुर दिवसको ऐतिहासिकता कायम रहँदै आएको मसालले जनाएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको शुभकामना सन्देशमा कोरोना भाइरस महामारीको घटनाले विश्वमा सबैभन्दा बढी मजदुरहरु प्रभावित भएको उल्लेख गर्नुभएको छ ।

    महामन्त्री सिंहले ‘सम्पूर्ण मजदुरहरुलाई असीम आशा, विश्वास र भरोसाका साथ अगाडि बढ्नका लागि’ शुभकामना व्यक्त गर्नुभएको छ ।

    शुभकामना सन्देशमा भनिएको छ,
    १३२ औँ मे दिवसको अवसरमा विश्वका सबै मजदुरहरूमा नेपाल कम्युनिस्ट पार्टी(मसाल)ले हार्दिक शुभकामना व्यक्त गर्दछ । विगत वर्षदेखि शुरु भएको कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रकोप अहिलेसम्म कायम रहँदै आएकोले भौतिक रूपमा उपस्थित भई यो दिवस मनाउन नसकिएको भएपनि मे १ को ऐतिहासिक दिनले निर्देशन गरेको मुक्तिको उद्देश्यमा संसारका मजदुरहरू अगाडि बढिरहने कुरा स्पष्ट छ । हामीले यस अवसरमा सम्पूर्ण मजदुरहरुको उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको कामना गर्दछौँ ।

    मजदुर दिवस खालि औपचारिक परम्परा मात्र नभएर मजदुरवर्गका विभिन्न कालखण्डका ऐतिहासिक सङ्घर्षले स्थापित गरेका अधिकार र तिनको मूल्यको संरक्षण गर्दै भविष्यको विश्वलाई समृद्ध र शान्तिपूर्ण बनाउने महान उद्देश्यद्वारा निर्देशित रहेको निरन्तर मुक्तिको अभियान पनि हो । सम्पूर्ण मानवजातिको मुक्तिको सपना, आशा र विश्वासको प्रतीकको रुपमा मजदुर दिवसको ऐतिहासिकता कायम रहँदै आएको छ । विश्वका जति पनि आविष्कार रहेका छन्, ती सबै मजदुर वर्गको श्रम, सीप र क्षमताका उपलब्धि हुन् । तिनै उपलब्धिको जगमाथि टेकेर आजको मानवजातिले नयाँनयाँ सफलता पाउँदै गइरहेको छ । जब विश्वमा मजदुर रहने छैन, त्यसपछि संसारमा कुनै आविष्कार पनि बाँकी रहने छैनन् र मानवजातिले कुनै विकास र परिवर्तन पनि गर्न सक्ने छैन । त्यसैले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनको मुख्य र निर्णायक शक्ति मजदुर वर्ग अधिकार सम्पन्न हुन अनिवार्य छ । जबसम्म मजदुरवर्ग अधिकार सम्पन्न हुने छैन, तबसम्म मानवजातिअन्तर्गत रहेका विभिन्न विभेद र असमानताका खाडल कुनै न कुनै रुपमा कायम रहिरहने छन् । त्यसले विश्वमा अशान्ति, असमानता, विभेदयुक्त राजनीतिक, आर्थिक र सामाजिक प्रणालीको माध्यमबाट मानवजातिमाथि शासन गर्नेछ । त्यसका विरुद्ध मजदुरवर्गले सँधै क्रान्तिको बाटोमा हिँड्नुपर्ने छ ।

    कोरोना भाइरस महामारीको घटनाले सिद्ध गरिसकेको छ कि विश्वमा सबैभन्दा बढी मजदुरहरु प्रभावित भए र उनीहरुको स्वास्थ्यसुविधा, रोजगार, अधिकार र अन्य सुविधामा अनेक कटौती भएका छन् । कतिपयले जीवन गुमाएका छन् भने कतिपयले रोजगार गुमाएका छन् । त्यसरी विश्वका मजदुरमा विभिन्न समस्या उत्पन्न भएका छन् । अहिले उनीहरुको हकअधिकारको विषय पनि एउटा गम्भीर समस्याको रूपमा अगाडि आएको छ । कोरोना कहरको विपत्ति सहँदै विदेश भूमिमा लाखौँ नेपालीहरु मजदुरको रुपमा कार्यरत छन् । विश्वमा आएको मजदुरसम्बन्धीको संकटबाट ती लाखौँ नेपाली मजदुर पनि प्रभावित प्रभावित भएका छन् । कतिपयले रोजगार गुमाएर स्वदेश फर्कनुपरेको छ भने कतिपय अवस्थाको जटिल बन्न गएको छ । त्यस प्रकारको समस्यामाथि ध्यान दिएर नेपालको सरकारले नेपालमा नै रोजगारी व्यवस्थापनको कार्यलाई सुनिश्चित र व्यवस्थित गर्नका लागि कुनै ठोस योजना र कार्यक्रम पनि अगाडि सारेको छैन ।

    हामीले जोड दिन्छौँ कि, एकातिर, वैदेशिक रोजगारमा रहेका नेपाली मजदुरहरुमाथि अन्तर्राष्ट्रिय कानुनमा व्यवस्था भएका सुविधा अनुसार व्यवहार गरिनुपर्दछ । उनीहरुको जीवनको सुरक्षा, सुविधा र अन्य कानुनी हकको सुनिश्चितता हुनुपर्दछ । अन्तर्राष्ट्रिय कानुनी व्यवस्था अनुसार आफ्ना नागरिकहरुको सुविधा र सुरक्षाको रेखदेखका लागि नेपाल सरकारले ध्यान पु¥याउनु पर्दछ । त्यसका साथै अर्कातिर, देशभित्रका मजदुरहरूमाथि भएका बिभिन्न शोषणको अन्त्य गर्दै जीविकाको सुनिश्चिता सहित उनीहरुका बिभिन्न अधिकार, सुरक्षा र हितमाथि ध्यान दिनाका लागि पनि हामी सरकारको ध्यान आकर्षण गर्दछौँ ।

    यस दिवसको अवसरमा हामीले मजदुरहरूलाई यो सन्देश दिन चाहन्छौँ कि मजदुरवर्गले आफ्ना मागको विषयका साथसाथै सामाजिक परिवर्तन, न्याय र समानताको लागि राजनीतिक चेतना र क्षमताको स्तरलाई पनि उठाउँदै लैजानुपर्दछ । त्यसका लागि उनीहरूले मुक्तिको उद्देश्य पूरा गर्ने राजनीतिक संगठनमा संगठित भएर राजनीतिक आन्दोलनमा पनि भाग लिनुपर्दछ र सामाजिक परिवर्तनको दायित्वलाई पूरा गर्दै जानुपर्दछ ।

    अन्तमा हामीले सम्पूर्ण मजदुरहरुलाई असीम आशा, विश्वास र भरोसाका साथ अगाडि बढ्नका लागि शुभकामना व्यक्त गर्दछौँ ।

    २०७८ वैशाख १८ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

    शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.