• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

देउवाको दाबी : एमसीसीमार्फत सित्तैमा ठूलो सहयोग रकम नेपाल भित्रिँदैछ


  •   शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे भ्रम फैलाइएको दाबी गर्नुभएको छ ।

    Advertisement

    शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी देउवाले अमेरिकाले एमसीसी मार्फत सित्तैमा ठुलो सहयोग गरेको भएपनि अनेक किसिमका भ्रम र झुठा प्रचारहरु गरिएको बताउनुभयो । एमसीसीमार्फत नेपालमा अमेरिकी सेना आउँछ भन्ने झुठा प्रचार गरिएको उहाँको भनाई छ ।

    उहाँले भन्नुभयो ‘बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसिसी सुरू भएको हो । मेरो बेलामा मात्रै आएको होइन । मेरो बेलामा यत्ति भएको हो क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो ‘यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन। यो केबल अनुदान हो ।’

    पत्रकार सम्मेलनमा सभापति देउवाले सांसदको संख्या नपुगेका कारण कांग्रेसको नेतृत्वमा सरकार बन्न नसकेको बताउनुभयो । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको भएपनि सांसद संख्या नपुग्दा सरकार बन्न नसकेको बताउनुभएको हो । जसपाले साथ नदिँदा कांग्रेस र माओवादी केन्द्रको संख्याले मात्रै नपुग्ने उहाँको भनाई छ ।

    उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीले नि कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ नि । तर संख्या पुग्नुपर्छ यहाँ त । संख्या नपुगिकन चाहेर हुन्छ त ? प्रधानमन्त्री हुन चाहान्छु भनेर प्रधानमन्त्री हुन्छ र ? संख्या पुगेको छैन । त्यही भएर सकिएन । हामी सँग संख्या पुग्दैन यो सत्य कुरा हो । जसपाले उता सहयोग गरेको छ ।’

    यस्तै कांग्रेसले सरकारको चरम लापरवाहीका कारण कोरोना संक्रमण बढ्दै गएको भन्दै प्रभावकारी रुपमा रोकथाम गर्न माग गरेको छ ।
    ‘यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार छ’ सभापति देउवाले वाचन गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सरकार न विगतका गल्तीहरुबाट सिक्छ न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ ।’

    सरकारलाई कोरोना रोकथाम र उपचार प्रभावकारी बनाउन ११ बुँदे सुझाव दिएको कांग्रेसले चार बुँदे प्रतिवद्धतासमेत जनाएको छ ।

    शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.