काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माआवादीका नेता माइला लामा रिहा भएका हुनुभएको छ । संखुवासभास्थित खाँदबारी जेलमा रहेका नेता लामालाई संखुवासभा अदालतले बिहीबार २५ हजार धरौटीमा रिहा गरेको हो ।
Advertisement
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच गत फागुन २१ गते तीनबुँदे सहमति भएपछि नेकपाका केही नेताहरु जुलमुक्त भएका थिए । तर लामा लगायतका १० जना नेता कार्यकर्ताहरु खाँदबारी जेलमै थिए ।
सरकारले सहमति पालना नगरेपछि आफैँ धरौटी बुझाएर लामा रिहा भएको नेकपा स्रोतले जनाएको छ ।