• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

भूपेन्द्र खत्री : शैक्षिक व्यक्तित्व गीतकार बनेपछि….


  •   बिहिबार, बैशाख १६, २०७८ मा प्रकाशित
  • प्रकाश थापामगर/काठमाडौँ । ।
    ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका–३ निवासी भूपेन्द्र खत्री शैक्षिक व्यक्तित्व हुन् । उनले लगभग २५ वर्षअघिदेखि काठमाडौँ कपनको युयुत्सु स्कुलमा पढाउन थाले । २०५६ सालदेखि त कपनमा आफ्नै स्कुल खोले, त्रिनेत्र विद्या निकेतन । त्यो स्कुल अहिले पनि सञ्चालनमा छ । यस स्कुलका उनी संस्थापक हुन् । उनकै भाइ लेखजङ्ग खत्री यो स्कुलमा प्रिन्सिपल हुन् ।

    Advertisement

    तर भूपेन्द्र खत्रीको परिचय यत्ति मात्र होइन, त्यसका साथै उनी साहित्यिक र कलाप्रेमी व्यक्तित्वसमेत हुन् । उनी अध्यापन र स्कुल व्यवस्थापन मात्रै होइन† वाद्यवादन बजाउँछन्, सङ्गीत भर्छन् र लय सृजना गर्दछन् ।

    त्यसैगरी, उनको अर्को परिचय पनि छ, गीतकारको । उनले हालसम्म रेकर्ड गर्ने अवस्थामा रहेका ५० वटाभन्दा बढी आधुनिक र भजन प्रकृतिका गीत लेखिसकेका छन् ।

    उनको हालै रेकर्ड भएको “जो आए नि” शीर्षकको पछिल्लो गीत यस्तो छ–

    कहिले राणाले खाए, कहिले पञ्चले खाए
    कहिले काङ्ग्रेसले खाए, कहिले कम्युनिस्टले खाए
    कहिले खोसेर खाए, कहिले मिलेर खाए
    भ्रष्टाचारीको भिडमा सदाचारी हराए
    जो आए नि जनताले सधैँ दुःख पाए

    ठुला ठुला कुरा गर्छन् छैन काम केही
    हिजो पनि आज पनि खालि भाषण त्यही
    लाजसरम पचाएर गर्छन खिचातानी
    आफू मात्रै ठुलो भनी शक्तिशाली ठानी

    एउटालाई सिध्याउन मिल्छन् अर्कोसित
    कहिले त्यही बैरी हुन्छ कहिले त्यही मित
    चल्छन् कसको इसारामा यिनलाई चिन्न गाह्रो
    जनताको आँखाभरि हालिरहन्छन् छारो

    फेरिएन जनताको झुपडी र बस्ती
    देशको ढुकुटीमा यिनले गरे मोजमस्ती
    बनाइसके कमजोर यिनले राष्ट्रियता पनि
    नपाइने हो कि बाँच्न नेपाली हौँ भनी

    सबै मिली एउटा यहाँ नयाँ बाटो खोजौँ अब
    त्यही बाटोमा हिँड्ने मात्रै नेता रोजौँ अब
    नबिकौँ है जनता अझै यिनैलाई पोसेर
    लिनुपर्छ सबै यिनको कालो धन खोसेर

    यो गीतमा स्वर दिएका छन् प्रसिद्ध गायक शिशिर योगीले । इस्टवेस्ट नेपाल युट्युब च्यानलमा जनवरी ३०, २०२१ देखि यो गीत रिलिज भएको छ ।

    यो गीतको शब्द र सङ्गीत दुवै भूपेन्द्र खत्रीकै छ । यसमा सङ्गीत संयोजन किरण कँडेलले गरेका छन् ।

    यो गीत पहिलो संविधान सभाले संविधान बनाउन नसकेपछिको समयमा रचना गरिएको उनी बताउँछन् । उनी भन्छन्– ‘राणा, पञ्च, काङ्ग्रेस र मालेएमालेको कुरै छोडिदिऊँ, माओवादी, एकताकेन्द्र पृष्ठभूमिबाट सरकार गएर पनि देशको राजनीतिमा खासै परिवर्तन नभएपछि मैले यो गीत लेखेको हुँ ।’

    ‘राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर–किसान पार्टीजस्ता कम्युनिस्ट पनि छन्, जो सत्ताविकृतिमा चुर्लुम्ब डुबेका छैनन्’ उनी प्रष्टीकरण दिन्छन्– ‘मैले कम्युनिस्टले खाए भनेर सत्तामा गएर जनताका लागि केही पनि काम नगर्ने प्रवृत्तितर्फ इङ्गित गरेको हुँ ।’

    उनले उपर्युक्त गीत त्यतिखेरै जनवादी गायक रामेशलाई पनि देखाएका थिए । रामेशलाई उद्धृत गर्दै खत्री भन्छन्– ‘रामेशले यो गीतलाई असाध्यै रुचाउनुभएको थियो । उहाँले यसलाई सामूहिक रूपमा गाउनुपर्ने सुझाव दिनुभएको थियो । तर त्यस्तो संयोग अहिलेसम्म जुर्न सकेन ।’

    त्यसपछि उनी शिशिर योगीकहाँ त्यही रचना लिएर पुग्छन् । गायक योगीले सहर्ष उनको यो गीतमा स्वर दिन राजी मात्र भएनन्, उनले छिट्टै निकाल्ने थालेको टपटेन (शीर्ष १०) गीतमा यसलाई सामेल गर्ने प्रतिबद्धतासमेत प्रकट गरे ।

    शिशिर योगीलाई उनले सन्देशमूलक गीत गाउने गायककारको रूपमा बुझ्छन् । उनको दावी छ– ‘यही कारणले गर्दा म योगीजीसँग स्वर दिने आग्रह गर्दै पुगेको थिएँ ।’

    त्यति मात्रै होइन, जब गत वर्ष कोरोना महामारी उत्कर्षमा थियो, उनले एउटा अर्को गीत रेकर्ड गराएका थिए, “कोरोना आयो” शीर्षकमा । सुजाता वर्माले स्वर दिएको उक्त गीतको शब्द र सङ्गीत पनि भूपेन्द्र खत्रीकै थियो । जुलाई २३, २०२० मा इस्टवेस्ट नेपाल युट्युब च्यालनबाट नै रिलिज भएको उक्त गीतको सङ्गीत संयोजन सञ्जय खड्गीले गरेका थिए ।

    भूपेन्द्र खत्री आफै बाँसुरी, तबला, मादल, हार्मोनियम र सारङ्गी बजाउँछन् । उनी भन्छन्– ‘व्यवस्थित रूपमा तालिम नलिए पनि मैले धनबहादुर गोपालीसँग आइए लेबलको सङ्गीत र अच्युतराम भण्डारीसँग तबला तालिम लिएको हुँ ।’

    सामान्य रूपमा वाद्यवादन बजाउन सक्ने र गीतसमेत लेख्न सक्ने बौद्धिक खुबीले गर्दा उनलाई गीतसङ्गीतको क्षेत्र सहज लागेको छ ।

    गीतसङ्गीतप्रतिको रुचि प्रकृतिले नै दिएको उनी ठम्याउँछन् । ‘मलाई सुरुदेखि नै वाद्यवादन र सङ्गीतप्रति रुचि थियो’ उनी भन्छन्– ‘त्यही भएर मेरो गीतसङ्गीतप्रति त्यो लगाव अहिले पनि यथावत नै छ ।’

    अर्कातिर, उनी आफू भावुक प्रकृतिको भएको स्वीकार्छन् । ‘म अलिकति भावुक मान्छे परेँ’ उनको भनाइ छ– ‘फिल्म हेर्दा, कथा पढ्दा मार्मिक भएर कति पटक रोएको छु ।’

    यही भावुक मनोभावनाले उनलाई गीत लेखनतर्फ प्रेरित गर्यो । त्यसका साथै बाल्यकालको जीवन कठिन भएकाले पनि गीतलेखनमा उर्जा थपिएको छ उनको बुझाइ छ ।

    गीतकारसमेत बनेका खत्रीले कविता पनि लेख्छन् । उनले केही समयअगाडि लेखेको “हाम्रो देशमा नेतैनेता” शीर्षकको कविता २०६५ सालमा एनप्याब्सनको प्रकाशनमा समेटिएको थियो ।

    उनी सम्झन्छन्– ‘दर्शनशास्त्रका अध्येता प्रा.डा. डिपी भण्डारीले एनप्याब्सनको कृतिको चर्चा गर्दा मेरो उक्त कविताकृतिलाई उद्धृत गर्नुभएको थियो ।’

    उनी कथा लेख्ने योजनामा रहेको पनि बताउँछन् । ‘म छोटा कथा लेख्ने योजनामा छु’ उनी थप्छन् ।

    बिहिबार, बैशाख १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.