पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रस्तुत अविस्वासको प्रस्ताव उपर वैशाख १५ गते मतदान हुने भएको छ । सोमबार सो प्रस्ताव टेबुल भएर छलफल भएको थियो ।
Advertisement
प्रदेश सभा विशेष अधिवेशनको अर्को बैठक मंगलबार १२ बजेर १५ मिनेटमा सुरु हुनेछ । मंगलबार सांसदहरुले प्रस्तावमाथि बोलेपछि १५ वैशाखमा मतदान हुनेछ ।
मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी दलले अविस्वासको प्रस्ताव दर्ता गराएका थिए । राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।
६० सांसद रहेको गण्डकीमा सत्ता पक्षका २७, विपक्षी कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ तथा जसपाका २ र स्वतन्त्र एक जना सांसद छन् ।
यो पनिः गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुँदै, राजमोले प्रस्तावको पक्षमा मतदान गर्ने