• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

मसालमा कार्यदिशाको विवाद वा दृष्टिभ्रम ?


  •   बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
  • का. सन्तबहादुर नेपालीको ‘मसालमा कार्यदिशाको विवाद’ सम्बन्धी शीर्षकमा एउटा अनलाइन पत्रिकामा लेख प्रकाशन भएको छ । लेखमा व्यक्त विचार तार्किक रूपले पूर्णतया असङ्गतिपूर्ण रहेका छन् । तर्किक रूपले असङ्गतिपूर्ण तर मसालको विरोधमा केन्द्रित भएको हुनाले लेखलाई वामपन्थी नेता का. रामसिंह श्रीसले महत्व दिएर (साझा) सेयर गरेका छन् । सेयर गर्नुको पछाडि सायद ‘सत्रुको सत्रु मित्र’ हुन्छ भन्ने सोचाइले वा उहाँ आबद्ध सङ्गठनको नीतिसँग लेखकको विचारले मेल खाएको हुनाले पनि काम गरेको हुन सक्दछ ।

    Advertisement

    लेखकले लेखमा उठाएका मुख्य विषयवस्तुको चर्चा गर्नपट्टि लागौँ । तर त्यसो गर्ने बेला विभिन्न प्रसङ्गमा लेखकको नाम दिनुपर्ने हुँदा उहाँको नाम नदिएर सजिलोका लागि लेखक भनेर नै उल्लेख गर्नु सान्दर्भिक हुने छ ।

    २०७८ वैशाख १ गते का. चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको विज्ञप्ति जारी गर्नुभएको कुरा सत्य हो । सर्वप्रथम लेखकले भनेजस्तै निर्णय सही वा गलत के छ ? त्यसमा प्रवेश नगरी निर्णय गर्न अपनाइएको प्रक्रियामा जानु उचित होला । सिद्धान्ततः पार्टी प्रमुखले केन्द्र, पी.बी. वा कार्यालयप्रति जवाफदेही हुने गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा वक्तव्य जारी गर्न सक्छन् । त्यसरी जारी गरिएको वक्तव्यको अन्तरवस्तुमा उल्लेखित नीतिलाई कार्यान्वयन गर्नु सङ्गठनात्मक प्रणालीभित्र पर्दछ । हामीले व्यावहारिक रूपले यसको अभ्यास पनि गर्दै आएका छौँ । स्वयम् लेखक यो पार्टीमा भएका बेला पी.बी., केन्द्रीय समितिको बैठक नबसेको अवस्थामा महामन्त्रीको हैसियतमा मोहनविक्रम सिंहले सङ्घीयतालाई अस्वीकार गर्ने नीति सार्वजनिक भएको थियो । पछि गएर मात्र त्यो नीतिलाई केन्द्रीय समितिले अनुमोदन गरेको थियो ।

    २०७७ चैत ३१ गते बसेको पी.बी. को पूर्ण बैठकले गण्डकी प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । राजनीतिक निर्णय कस्तो प्रकारको लिइएको छ ? त्यसले झन् राजनीतिक जीवनमा महत्वपूर्ण अर्थ राख्दछ । तर त्यो महत्वपूर्ण सवाललाई लेखकले पर पन्छाइदिनुभएको छ । उहाँको यो कार्यले राजनीतिक निर्णयलाई गौण बनाइदिन्छ र विधिप्रक्रियालाई महत्वपूर्ण बनाइदिन्छ । विधिप्रक्रियालाई राजनीतिक निर्णयभन्दा माथि राखेर त्यसको आडमा उहाँले ओलीको प्रतिगमनलाई बचाउ गर्न खोजेको देखिन्छ ।

    ओलीको प्रतिगमनलाई मुख्यतयाः राजावादी र भारतीय साम्राज्यवादले नै बचाउ गरिरहेका छन् । त्यहीस्तरमा लेखकले प्रतिगमनको बचाउ गरेको भन्नु त अतिशयोक्ति होला । तर विधिप्रक्रियाका कुरा अगाडि सारेर ‘गण्डकी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको’ विषयमा उहाँले प्रकट गरेको असन्तुष्टि र विरोधको अर्थ के निस्कन्छ ? यो विरोध र असन्तुष्टिले लेखकलाई कहाँ र कसको विचारको नजिक पुराइदिन्छ ? त्यसको निर्णय गर्ने अधिकार उहाँलाई दिनु उपयुक्त हुने छ । आसा छ, यो विषयमा उत्तेजनारहित ढङ्गबाट विचार गर्नु हुने छ ।

    लेखकले “कार्यनीतिक रूपमा संसदीय निर्वाचनमा भाग लिन वा सरकारमा जानु गलत मानिदैन” भन्नुभएको छ । त्यसका लागि उहाँलाई धन्यवाद दिनुपर्दछ । यो विषयमा सही दृष्टिकोण अपनाउनुभएको छ । तर नेकपा (मसाल) को आठौँ महाधिवेशनले ‘हाम्रो सरकारमा जाने नीति खुल्ला छ’ भनेर सरकारमा जाने विषयलाई रणनीतिक बनायो भन्ने सोचाइले लेखकको पहिलोको दृष्टिकोणलाई ऋणात्मक बनाइदिएको छ । पार्टीका आधारभूत, रणनीतिक, तात्कालिक र न्यूनतम कार्यक्रममा परिवर्तन वा संशोधन गर्नुप¥यो भने अर्को महाधिवेशन गर्नुपर्ने हुन्छ । तर सरकारमा सहभागिताको प्रश्न तात्कालिक राजनीतिसँग जोडिएको हुन्छ । तात्कालिक राजनीतिक परिस्थितिमा आउने फेरबदलसँगै कार्यनीति फेरिन्छ । लेनिनले २४ घण्टाभित्र कार्यनीति फेरिन्छ भनेका छन् । त्यसका लागि हामीले अर्को महाधिवेशनको प्रतिक्षा गर्नुपर्दैन । यस्तो कुरा प्रष्ट हुँदाहुँदै सरकारमा जाने विषयलाई नेकपा (मसाल) ले रणनीति बनायो भनेर आरोप लगाउनुका पछाडि कुनै राजनीतिक सैद्धान्तिक आधार नभएर विरोधका लागि विरोध गरिएको कुरा प्रष्ट हुँदैन र ?

    आठौँ महाधिवेशनले संसदवादी कार्यदिशा अपनाएको आरोप लाग्ने गरेको छ । त्यही आरोपलाई लेखकले पनि आफ्नो लेखमा दोहोराउनुभएको छ । वर्गसङ्घर्ष, सर्वहारा वर्गको अधिनायकत्व र सशस्त्र सङ्घर्षको अनिवार्यतालाई अस्वीकार गर्नेहरू निश्चित रूपले संसदवादी हुन् । सन् १९५६ मा खु्रस्चेभले सोभियत सङ्घ कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनमा वर्गसङ्घर्ष, सर्वहारा वर्गको अधिनायकत्व र सशस्त्र सङ्घर्षको अनिवार्यतालाई परित्याग गरेका थिए । त्यही भएर हाम्रो पार्टीले सोभियत सङ्घको कम्युनिस्ट पार्टीले संशोधनवादी तथा संसदवादी बाटो अपनाएको विश्लेषण गरेको थियो । पार्टीको आठौँ महाधिवेशनले वर्गसङ्घर्ष सर्वहारा वर्गको अधिनायकत्व र सशस्त्र सङ्घर्षको अनिवार्यतालाई पक्रेर अगाडि बढेको छ । त्यसअनुरूप नै पार्टीका कार्यक्रम अगाडि बढेका छन् ।

    लेखकले उठाएका कतिपय विरोधाभासपूर्ण कुरामाथि पनि चर्चा गर्नु आवश्यक छ । ज्ञानको अभावले नभएर असन्तुलित विचारबाट निर्देशित भएका कारणले नै विरोधाभाषपूर्ण कुरा लेखमा उठाइएका छन् । यस्ता कुराले तत्कालका लागि आत्मसन्तुष्टि त दिन्छ, तर केही समयपछि त्यसको कुनै अर्थ बाँकी रहँदैन ।

    आठौँ महािधवेशनले “हाम्रो सरकारमा जाने नीति खुल्ला छ” भनेर सरकारमा जाने विषयलाई रणनीतिक बनायो भनेर लेखकको विरोध छ । तर प्रदेश सरकारमा “हामी सहभागी हुने छैनौँ” भनेर पार्टीले वक्तव्य जारी गर्दा पनि उहाँको विरोध छ । सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्ने अधिकार प्रदेश समितिलाई दिनुपथ्र्यो भनेर केन्द्रको निर्णयप्रति लेखमा असन्तुष्टि पनि व्यक्त गर्नुभएको छ । त्यति मात्र नभएर “प्रदेश सरकारमा हामी सहभागी हुने छैनौँ” भन्नुको अर्थ केन्द्रमा मन्त्रीका लागि बार्गेनिङ पावर बढाउन गरिएको हो भनेर अनुमानको भरमा विरोध गर्नुहुन्छ । कस्तो विचित्रको सोचाइ हो ? उहाँको सोचाइमा कुनै तार्किक सङ्गति नै भेटिन्न । “कालिदासले आफै लेख्छ, आफै काट्छ” को नियतिमा उहाँको लेख फस्न पुगेको छ । यसो हुनुको मुख्य कारण मोहनविक्रम र उहाँको पत्नीको जसरी हुन्छ, विरोध गर्ने मानसिकताको परिणाम नै यस प्रकारको उल्झनमा उहाँको सोचाइ फस्न पुगेको छ ।

    गण्डकीमा ओलीका विरुद्ध माओवादी–केन्द्र र नेकाबिच बन्ने समीकरणलाई हामीले समर्थन गर्ने निर्णय गरेका छौँ, जुन स्वाभाविक पनि हो । प्रतिगमनका विरुद्ध आउने शक्तिसँग सहकार्य गर्ने हाम्रो नीति छ । संसद पुनस्र्थापनापश्चात ओलीले राजीनामा दिएर बाटो खुल्ला गर्नुपथ्र्यो । तर ओलीले राजीनामा दिनुको सट्टा जसरी हुन्छ, पुनस्र्थापित संसदलाई विघटन गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लािग पूरा प्रयत्न गरिरहेका छन् । ओलीले संसद भङ्ग गर्ने बेलामा नेकपा (नेकपा) भित्र ओली विरुद्धको समीकरण बलियो थियो । तर सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी–केन्द्रबिच भएको एकीकरणलाई टुक्राउने फैसला गरेपछि ओली विरुद्धको समीकरण विभाजित हुनुका साथै कमजोर परेको छ । पार्टीभित्र ओली थप निरङ्कुश बनेका छन् । त्यस्तो अवस्थामा ओलीका विरुद्ध आउने शक्तिसँग सहकार्य गर्नु अहिलेको राजनीतिक परिस्थितिको माग हो । गण्डकीमा माओवादी र काङ्ग्रेसको समीकरणलाई समर्थन पनि त्यसैको परिणाम हो । काङ्ग्रेससहितको समीकरणलाई समर्थन गरेको कुरामा लेखकले आपत्ति जनाउँदै काङ्ग्रेस प्रतिक्रियावादी भएकाले त्यसप्रतिको नीतिमा परिवर्तन नगरी समर्थन गर्न मिल्दैन भन्ने कुरा उठाउनुभएको छ । लेखकले यसो भनिरहँदा विगतमा हामीले अपनाएका नीति बिर्सिनुभयो वा पूर्वाग्रहका कारण विगतमा गरिएका निर्णयप्रति उहाँको ध्यान पुग्न सकेन । गणतन्त्र स्थापना भएपश्चात काङ्ग्रेस नेतृत्वमा बनेको देउवा नेतृत्वको माओवादी सम्मिलित सरकारबाहेकका सरकारलाई समर्थन गरेका थियौँ । तर त्यसरी समर्थन गर्ने बेला काङ्ग्रेस प्रतिक्रियावादी नै हो भन्ने हाम्रो विश्लेषण कायम नै थियो र छ । स्थानीय निर्वाचनमा समेत नेकासँग मिलेर चुनाव लड्न सकिने नीति पनि थियो । वर्गीय रूपमा नेका प्रतिक्रियावादी भएको कुरामा हामीमा कुनै दुविधा छैन । तर तात्कालिक राजनीतिक सवालमा नेकाले अपनाउने नीतिका आधारमा नै ऊसँग सहकार्य गर्ने वा नगर्ने कुरालाई टुङ्ग्याउनुपर्ने हुन्छ । हामीले त्यही विधि अपनाएका छौँ ।

    नेकपा (एमाले) वर्गीय रूपमा जनवादी व्यवस्थाको सहयोगी शक्ति हो अर्थात् त्यो हाम्रो मित्रशक्ति हो । तर तात्कालिक राजनीतिक परिस्थितिमा ओलीले प्रतिगमनको बाटो अपनाएका छन् । तात्कालिक राजनीतिमा ओली नेतृत्वको एमालेले अपनाएको बाटोले प्रतिगमनको सेवा गर्छ । लेखकले लेखमा संसद पुनस्र्थापना भइसकेको अवस्थामा ओलीलाई किन प्रतिगामी भन्ने वा ओली सरकारलाई दिएको समर्थन फिर्तालाई कायम राख्ने भनेर प्रश्न खडा गर्नुभएको छ । कस्तो बालसुलभ सोचाइ हो ? संसदको पुनस्र्थापना भए पनि पुनस्र्थापित संसदलाई विघटन गरेर ओली अहिले पनि मध्यावधिका पक्षमा छन् । संसदको पुनस्र्थापना, नेकपा (नेकपा) को एकीकरण सर्वोच्च अदालतबाट भङ्ग हुनु, ओलीका विरुद्ध उनको आफ्नै पार्टीभित्र र बाहिर देखिएको जनमतले ओली सरकारले शासन गर्ने राजनीतिक, संवैधानिक र नैतिक अधिकार गुमाइसकेको अवस्थामा पनि ओली सरकारलाई समर्थन कायम राख्नुपर्दछ र ओली सरकारलाई किन प्रतिगामी भन्ने भनेर खडा गरिने प्रश्नले कसको राजनीतिको सेवा गर्छ ? के त्यो कुरा प्रष्ट छैन र ? यो नीति हामीले अहिलेको ओली नेतृत्वको एमालेको हकमा मात्र अपनाएका छैनौँ, विगतमा तत्कालीन माओवादीले जातिवादी नीति अपनाएको हुनाले देशभक्त तथा जनतान्त्रिक शक्ति भएर पनि ऊसँग कैयौं पटक सहकार्यलाई अस्वीकार गर्नुपरेको थियो । तात्कालिक राजनीतिमा प्रधान भएर आउने राजनीतिक विषयमा कुन पार्टीले कुन खालको नीति अपनाउँछ, त्यसै आधारमा सहकार्यको नीति निर्धारण हुने गर्दछ ।

    लेखक मसालको नेतृत्वप्रति कति पूर्वाग्रही हुनुहुन्छ ? त्यसको एउटा उदाहरण यो लेखमा उल्लेख गर्नु सान्दर्भिक हुने छ । “तथ्यहरूले के बताउँछ भने मोहनविक्रम सिंह र उहाँकी पत्नी दुर्गा पौडेल गत साल कैयौँ पटक बालुवाटार र खुमलटार ओहोरदोहर गरेको भेटिन्थ्यो । त्यो दौडधुप मन्त्रीका लागि थियो भन्ने कुरा प्रत्यक्ष देख्नेहरूले कुरा गर्ने गर्दछन्” भनेर लेख्नुभएको छ । कस्तो हास्यास्पद दावी वा तर्क हो ? लेखकले तथ्यको हवाला दिँदै मोहनविक्रम र दुर्गा पौडेल कैयौँ पटक बालुवाटार र खुमलटार ओहोरदोहोर गरेको तर त्यो ओहोरदोहोर केका लागि थियो भन्दा मन्त्रीका लागि भन्नुहुन्छ । उहाँको यो जानकारी स्रोत तथ्य होइन । उहाँले स्वीकार गर्नुभएको छ कि मोहनविक्रम र दुर्गालाई देख्नेहरूले कुरा गरेको अर्थात जानकारीको स्रोत अन्यबाट सुने सुनाएको (हियर टू से) बाहेक देखिन्न । अहिलेको प्रतिक्रियावादी व्यवस्थाले पनि सुने सुनाएका कुरालाई प्रमाण मान्दैन, मान्नु पनि हुँदैन । तर आफूलाई सच्चा क्रान्तिकारी मान्ने लेखक कमरेडले “सुनेसुनाए” का कुरालाई सगौरव प्रमाणका रूपमा प्रस्तुत गरेर मन्त्रीका लागि दौडधुप गरेको आरोप लगाउन पछि पर्नुहुन्न ।

    अन्तमा, लेखकले उठाएका कतिपय विरोधाभासपूर्ण कुरामाथि पनि चर्चा गर्नु आवश्यक छ । ज्ञानको अभावले नभएर असन्तुलित विचारबाट निर्देशित भएका कारणले नै विरोधाभाषपूर्ण कुरा लेखमा उठाइएका छन् । यस्ता कुराले तत्कालका लागि आत्मसन्तुष्टि त दिन्छ, तर केही समयपछि त्यसको कुनै अर्थ बाँकी रहँदैन ।

    लेखमा भनिएको छ– “पार्टीले महाधिवेशनबाटै संसदीय सरकारमा जाने कुरालाई रणनीति बनाउँछ भने त्यो पार्टी सच्चा कम्युनिस्ट पार्टी हुँदैन ।” लेखकको मतमा अब नेपाल कम्युनिस्ट पार्टी (मसाल) सच्चा कम्युनिस्ट पार्टी रहेन । अर्को ठाउँमा “संसदीय राजनीतिको फोहरी आहालमा नेकपा (मसाल) बिचोबिचमा पुगिसकेको छ । संसदीय आहालबाट बाहिर निस्कने अब त्यति सम्भव त देखिँदैन । तैपनि पार्टी पल्लो किनारमा अझै पुगिनसकेको” भनेर लेख्नुभएको छ । त्यस्तै अर्को ठाउँमा “मसालको अहिलेको बाटो स्पष्ट छैन । स्वयम् आठौँ महाधिवेशनको लाइन संसदवादी छ” भन्नुहुन्छ । उपर्युक्त कुराहरूको निष्कर्षमा पुग्दापुग्दै उहाँ अन्तमा भन्नुहुन्छ– “तर हामी यो पार्टी निर्माण गर्न जीवनभरि सङ्घर्ष गरेका साथीहरूले मसालको अस्तित्व समाप्त हुन दिनुहुँदैन ।”

    उहाँको सोचाइमा कति ठुलो विरोधाभास छ ? एकातिर, पार्टी अब कम्युनिस्ट पार्टी रहेन, त्यो पार्टी संसदवादी आहालमा डुबिसकेको र त्यसको कुनै कार्यदिशा नभएको र संसदवादी भासमा डुबिसकेको निष्कर्ष निकाल्नुहुन्छ, अर्कोतर्फ “तर हामी यो पार्टी निर्माण गर्न जीवनभरि सङ्घर्ष गरेका साथीहरूले मसालको अस्तित्व समाप्त हुन दिनुहुँदैन” भन्ने मत पनि प्रकट गर्नुहुन्छ । यो मत विरोधाभासपूर्ण रहेको छ । जब कुनै पार्टी सच्चा कम्युनिस्ट पार्टी बाँकी रहन्न, त्यो संसदीय आहालमा डुब्छ, त्यस्तो अवस्थामा विद्रोह नै एक मात्र बाटो हुन्छ । तर त्यो बाटो अपनाउनुको सट्टा “मसालको अस्तित्व समाप्त हुन दिनुहुँदैन” भन्ने निष्कर्षमा पुग्नु हुन्छ । त्यसबाट पनि थाहा हुन्छ नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गैरक्रान्तिकारी बाटो अपनाएको छैन । आठौँ महाधिवेशनले क्रान्तिकारी कार्यदिशालाई नै अगाडि बढाएको छ । लेखकको आरोपमा कुनै सत्यता छैन । आफ्नो असन्तुष्टिलाई उहाँले राजनीतिक रङ दिन खोज्नुभएको हो ।

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.