• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अखिल नेपाल शिक्षक संघ प्युठानको चौथो अधिवेशन सम्पन्न


  •   शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
  • ध्रुव गिरी, खलङ्गा ।
    अखिल नेपाल शिक्षक सङ्घ प्युठानको चौथो जिल्ला अधिवेशन बहुउद्देश्यीय शैक्षिक भवन पूण्यखोलामा २०७८ वैशाख ४ गते सम्पन्न भएको छ ।

    Advertisement

    जिल्ला समन्वय समिति प्युठानका प्रमुख तथा जिल्ला शिक्षा समन्वय समितिका संयोजक केशव आचार्यको प्रमुख आतिथ्यतामा सुरु भएको उद्घाटन सत्रमा विशेष अतिथिको रूपमा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व शिक्षक नेता बोमबहादुर खत्री, राष्ट्रिय जनामोर्चा केन्द्रीय सदस्य कृष्णबहादुर खड्का, त्यसैगरी अन्य अतिथिहरू नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका उपमहासचिव तथा अखिल नेपाल शिक्षक सङ्घ केन्द्रीय उपाध्यक्ष तारा बेलबासे, अखिल नेपाल शिक्षक सङ्घ महासचिव चक्रपाणि पौडेल, अखिल नेपाल शिक्षक सङ्घ केन्द्रीय सदस्यद्वय बालाराम पोख्रेल र विन्दु विष्ट, नेपाल शिक्षक महासङ्घ प्युठानका अध्यक्ष शेरबहादुर थापाक्षेत्री र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन प्युठानका सचिव ज्ञानहरि रिजालले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    जिल्लाध्यक्ष अर्जुनबहादुर केसीको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष कल्याण खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रको सञ्चालन सचिव डम्मरसिंह जिसीले गर्नुभएको थियो ।

    आजै सम्पन्न वन्दसत्रमा सचिव डम्मरसिंह जिसीले प्रस्तुत गर्नुभएको साङ्गठानिक प्रतिवेदन, समसामयिक तथा आगामी कार्यक्रम र कोषाध्यक्ष महेन्द्रबहादुर केसीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिबाट पारित भएका थिए । पारित आगामी कार्यक्रम निम्न रहेका थिए ।

    बन्दसत्रमा चक्रपाणि पौडेलको अध्यक्षता, बालाराम पोख्रेल र विन्दु विष्ट सदस्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डलको सञ्चालन गर्दै बालाराम पोख्रेलबाट नयाँ जिल्ला समितिको प्यानल प्रस्तुत गर्नुभएको थियो । अधिवेशनले अर्जुनबहादुर जिसीको अध्यक्षतामा शिक्षक सङ्घको जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा डम्मरसिंह जिसी, सचिवमा ध्रुव गिरी, कोषाध्यक्षमा महेन्द्रबहादुर केसी, महिला उपाध्यक्षमा देवा विष्ट र सहसचिवमा कल्पना थापा रहनुभएको छ । त्यस्तै, समितिको सदस्यमा दुर्गाबहादुर थापा, भरत सुनार, विष्णु पौडेल, वसन्तबहादुर जिसी, वेदराज ज्ञवाली, काशीराम पोख्रेल, वामदेव पौडेल, नारायणबहादुर केसी, लुइस्याङ्जी केसी, मुमा केसी र रामप्रसाद पोख्रेल रहनुभएको छ ।

    त्यसैगरी सम्मेलने केन्द्रीय प्रतिनिधिमा कर्णबहादुर जिसी, शङ्करबहादुर बस्नेत, बुदिराम पुन, डिलाराम पौडेल, शेरबहादुर थापा, कल्याण खड्का, कुलबहादुर थापा र खेमराज पोख्रेललाई चयन गरेको छ ।

    नवनिर्वाचित जिल्ला समितिलाई केन्द्रीय उपाध्यक्ष तारा बेलबासेले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभयो भने नवनिर्वाचित अध्यक्ष अर्जुनबहादुर केसीले प्रतिबद्धता जाहेर गर्नुभयो ।

    सम्मेलन यस प्रकारको भावी कार्यक्रम तय गरेको थियो–

    १. साङ्गठनिक सुधार र स्थायित्वका लागि वार्षिक कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने ।

    २. केन्द्रले आह्वान गरेको सबै गतिविधिमा भाग लिने र निर्देशनअनुरूप कार्य गर्ने ।

    ३. शैक्षिक सुधारका विषयमा जिल्लामा रहेका अन्य पेसागत सङ्गठनसँग सहकार्य गर्ने ।

    ४. अखिल नेपाल शिक्षक सङ्घको सदस्यता बढाउन पहल गर्ने ।

    ५. पालिका र शिक्षा विकास समन्वय एकाइबाट हुने गतिविधि सकारात्मक भएमा सहकार्य गर्ने र नकरात्मक भएमा असहमति र विरोध गर्ने ।

    ६. स्थापना दिवश विशेष रचनात्मक कार्यक्रम र गत वर्ष जिल्लाभित्रवाट सेवानिवृत्त शिक्षकलाई सम्मान कार्यक्रमसहित मनाउने ।

    ७. सदस्यहरूको संरक्षण, पेसागत सुरक्षा र समयसापेक्ष शैक्षिक सुधारका लागि नियमित प्रतिबद्ध क्रियाशील रहने ।

    ८. आ.व. २०७८ बजेट विनियोजनपूर्व ९ वटै स्थानीय तहमा पेसागत र शैक्षिक सवालमा एकैदिन एउटै प्रकृतिको ज्ञापनपत्रसहित प्रतिनिधि मण्डल जाने ।

    ९. सदस्यहरूको विवरण एक्सल सिटमा व्यवस्थित गर्ने ।

    १०. सङ्गठनको आयोजनामा सबै स्थानीयतहमा कम्तीमा दुईदिने नेतृत्व तथा क्षमता विकास तालिमको आयोजना गर्ने ।

    ११. सङ्गठनको आम्दानी खर्चलाई थप व्यवस्थित गरी नगद मौज्दातलाई न्यून गर्ने ।

    १२. जनशिक्षा वर्ष १२ अङ्क १० प्रकाशनका लागि लेख, रचना तथा विज्ञापन सङ्कलन, प्रकाशन र वितरणमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने ।

    १३. अखिल नेपाल शिक्षक सङ्घका वडा समिति गठन गर्ने ।

    १४. सबै शिक्षकहरू प्रविधिमैत्री बन्ने र बन्न प्रेरित गर्ने ।

    शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.