• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सर्वदलीय बैठक : एमसीसीका पक्षमा एमाले, कांग्रेस र जसपाको ‘गठबन्धन’, पास गर्नै नहुने राजमोको अडान


  •   शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसदमा विचाराधिन अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नहुने अडान दोहोर्याएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा राजमो सचिव हिमलाल पुरीले एमसीसी कुनै पनि हालतमा पारित गर्न नहुनेमा जोड दिनुभएको हो ।

    Advertisement

    प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको नियन्त्रण, उपनिर्वाचनलगायत समसामिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गर्नुभएको हो । बैठकमा राजमोका तर्फबाट सचिव पुरी सहभागी हुनुभएको थियो ।

    बैठकपछि युगदर्शनलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुरीले भन्नुभयो, ‘एमसीसी पारित गर्न प्रधानमन्त्रीको दल एमाले, नेपाली कांग्रेस र मधेशवादी दलहरुको जोड देखियो । नेमकिपाले पनि यसबारेमा ढुलमुले अभिव्यक्ति दिएको छ । तर हामीले एमसीसी पारित गर्न नहुनेमा स्पष्ट अडान राख्यौं ।’

    राजमो सचिव पुरीले एमसीसी सम्झौता केवल आर्थिक सहयोग मात्रै नभएर नेपालको सार्वभौमिकतामा अमेरिकी हस्तक्षेपको आमन्त्रण भएको कुरालाई आफूले बैठकमा राखेको जानकारी दिनुभयो । उहाँका अनुसार एमसीसी संसदबाट जसरी पनि पास गर्ने ‘मुड’ मा प्रधानमन्त्री देखिनुभएको छ । अब बस्ने संसदको पहिलो बैठकमै एमसीसी पेश गर्ने सम्भावना देखिएको छ ।

    पुरीका अनुसार बैठकमा सहभागी दलका नेताहरुले कोरोना संक्रण बढ्दै गइहरेको भन्दै त्यसको प्रभावकारी नियन्त्रणका लागि सरकारले अग्रसरता लिनुपर्ने धारणा राखेका थिए । सरकारले लकडाउन गर्ने हल्ला चलिरहेका बेला नेताहरुले तत्काल लकडाउन नगर्न बरु सबै नेपालीलाई खोप लगाउने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

    यस्तै संघीय संसद, प्रदेश तथा स्थानीय तहमा रिक्त स्थान पूर्तिका लागि संविधानमा व्यवस्था भएबमोजिम निर्वाचन गराउन पनि दलहरुले सुझाव दिएका छन् ।

    सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश
    प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर आक्रोश व्यक्त गर्नुभएको छ । बैठकमा प्रधानमन्त्री ओलीले एमसीसीलाई छलफलको विषय बनाउन सभामुख सापकोटाले नमानेको आरोप लगाउनुभएको थियो ।

    सरकारले राखेको एमसीसीलगायत विभिन्न विधेयकहरुलाई सभामुखले अगाडि बढाउन नचाहेको ओलीको आरोप थियो । ओलीलाई कांग्रेस र जसपाका नेताहरुले साथ दिएका थिए ।

    ‘सरकारले ल्याएको एजेन्डामा छलफल हुनैपर्छ, यसमा कसैले रोक्नु हुँदैन,’ कांग्रेस र जसपाका नेताहरूले बैठकमा भने । यस्तै, जसपाले संसदमै अड्किएको नागरिकता विधेयकलाई अगाडि बढाउन सुझाव दिएको थियो ।

    बैठकमा राजमो सचिव पुरीले अध्यादेशबाट शासन गर्न खोज्ने सरकारको तरिका गलत भएको भन्दै संसदलाई प्रभावकारी रुपमा अघि बढाउन सुझाव दिनुभएको थियो ।

    बैठकमा प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पोडेल, बिमलेन्द्र निधि, बालकृष्ण खाँड, जनता समाजवादी दलबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल, नेमकिपाबाट प्रेम सुवाल र सुनिल प्रजापति, राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनीलगायत नेताहरु सहभागी थिए ।

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई बैठकमा बोलाइएपनि माओवादी र एमालेको नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो ।

    शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.