काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज (बिहीबार) अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविस्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् ।
Advertisement
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी र लुम्बिनीमा मुख्यमन्त्री पद एक आपसमा लिने गरी दुवै प्रदेशमा अविस्वास प्रस्ताव दर्ता गर्ने सहमति भएको थियो । गण्डकीमा मुख्यमन्त्री नेपाली कांग्रेसलाई र लुम्बिनीमा माओवादीलाई दिने दुई दलबीच सहमति भएको हो ।
गण्डकी प्रदेशमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाले अविस्वासको पक्षमा मतदान गरे पनि सरकारमा सहभागी नहुने जनाएको छ ।
यो पनि : राजमोद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता