• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नेकपा (मसाल) को नजरमा कस्तो रह्यो २०७७ साल ?


  •   बिहिबार, बैशाख ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले नव वर्ष २०७८ सालको सबैमा शुभकामना दिएको छ । साथै गएको वर्ष २०७७ सालको समिक्षा पनि गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले बुधबार प्रकाशित गर्नुभएको वक्तव्यमा गत सालले नेपाललाई सही, सुखमय र अग्रगमनको दिशामा अगाडि बढाउन नसकेको उल्लेख गर्दै नयाँ वर्षले सम्पूर्ण देशलाई अग्रगमनको दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ ।

    महामन्त्री सिंहले अतिक्रमित भूमिसहितको नयाँ नक्सा सार्वजनिक हुनु सकारात्मक भए पनि राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षालगायतका दृष्टिकोणबाट गत वर्ष ‘कालो वर्ष’ जस्तै भएको उल्लेख गर्नुभएको छ ।

    यस्तो छ वक्तव्य
    नयाँ वर्ष २०७८ को अवसरमा ने.क.पा.(मसाल)ले सम्पूर्ण देश र जनताप्रति हार्दिक शुभकामना प्रकट गर्न चाहान्छ । हामीले आशा र विश्वास गर्दछौँ, नयाँ वर्षले सम्पूर्ण देशलाई अग्रगमनको दिशामा अगाडि बढाउने छ ।

    आज हाम्रो अगाडि २०७७ सालको इतिहास छ । तथ्यहरुले बताउँछन् कि गत सालले नेपाललाई सही, सुखमय र अग्रगमनको दिशामा अगाडि बढाउन सकेन । एकातिर, विश्वव्यापी रुपमा देखा परेको कोरोना भाइरसका कारणले हाम्रो सम्पूर्ण वर्ष नै अत्यन्त कष्टकर रह्यो । त्यसले गर्दा नेपाली जनताको स्वास्थ्य, जनजीवन र आर्थिक स्थितिमा पनि धरै नराम्रा असरहरु परे भने अर्कातिर, राजनीतिक दृष्टिकोणले पनि गत वर्ष सन्तोषप्रद रहेन ।

    ओली सरकारका विभिन्न गलत नीति, कार्यशैली र नेकपाभित्रको बिग्रह र अन्तमा फुटले पनि देशको राजनीतिलाई अत्यन्त अस्थिर बनाइदियो । त्यो अवधिमा गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामी शक्तिहरूको सक्रियता धेरै नै बढेर गयो ।
    कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा पारित हुनु, त्यसलाई संसदले पारित गर्नु र त्यसका पक्षमा व्यापक राष्ट्रिय ऐक्यवद्धता देखा पर्नु गतसालको महत्वपूर्ण उपलब्धि थियो । तर त्यो नक्सालाई पाठयक्रममा सामेल गर्न सरकारले रोक लगायो । भखरै विभिन्न व्यक्तिहरूलाई सम्मान गरेर दिइएका पदकहरूमा पनि कालापानी, लिम्पियाधुरा र लिपुलेकको त्यो नक्सालाई हटाइएको छ । त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका विरुद्ध ओली सरकारले भारतीय साम्राज्यवादसित कुनै गोप्य सौदावाजी गरेको त होइन ? त्यो गम्भीर आशंकालाई जन्म दिन्छ ।

    गत सालमा एमसीसीलाई संसदमा पारित गराउने ओली सरकारको प्रयत्न असफल भयो । वास्तवमा त्यो ओली सरकारको मात्र होइन, अमेरिकी साम्राज्यवादको नै ठूलो हार थियो । तर अहिले पुनः त्यसलाई पारित गराउन नयाँ शिराबाट प्रयत्न हुन थालेको आभाष मिलेको छ । वास्तवमा एमसीसी नेपाललाई इन्डोप्यासिफिक रणनीतिअन्तर्गत लैजाने गम्भीर षड्यन्त्रको अङ्ग हो । त्यो पारित भएमा नेपाल चीनविरोधी मोर्चावन्दीमा सामेल हुनेछ र नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ । अमेरिकाले नेपाललाई तिब्बतका विरुद्ध उपयोग गर्ने प्रयत्न गरिरहेको छ । नेपालका सत्ता र प्रतिपक्षका प्रमुख राजनीतिक शक्तिहरुले एमसीसीलाई पारित गराउन सङ्गठित रुपले प्रयत्न गर्दैछन् । त्यो अवस्थामा यो वर्ष अमेरिकी साम्राज्यवाद र एमसीसीका विरुद्धको सङ्घर्षको पनि वर्ष हुनेछ ।

    नेकपाभित्र विग्रह र फुटको स्थिति पैदा हुनुका साथै नेपालमा देशभित्रका प्रतिगामी र साम्राज्यवादी शक्तिहरूको गतिविधि धेरै नै बढेर गएको छ ।

    गत साल जनसङ्घर्षका दृष्टिकोणले पनि धेरै महत्वपूर्ण रहेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय कब्जा, एमसीसी सहित विभिन्न राष्ट्रियता र जनजीविका सम्बन्धी प्रश्नहरू, संसदको विघटनको विरोध आदि समेत प्रश्नमा देशव्यापी रूपमा जनसङ्घर्षहरू चलेका छन् । ओली सरकारले असंवैधानिक प्रकारले संसदको विघटन ग¥यो । त्यसका विरुद्ध व्यापक जनआन्दोलन उठ्यो । अन्तमा सर्वाेच्चले ओली सरकारले गरेको संसदको विघटनलाई असंवैधानिक घोषित ग¥यो ।

    तर सर्वोच्चको फैसलापछि पनि ओली सरकारले संसद मात्र होइन, संम्पूर्ण संसदीय प्रणालीलाई असफल बनाउन पूरा प्रयत्न गरिरहेको छ । त्यसले गर्दा सर्वाेच्चको फैसलापछि पनि संसद एक प्रकारले निष्कृय जस्तै बनेको छ । ओली सरकारको त्यस प्रकारको कार्यविधिबाट जनताको लामो सङ्घर्षद्वारा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियता समेतमाथि गम्भीर प्रकारको आँच पुगिरहेको छ । त्यसरी समग्र रुपमा के भन्न सकिन्छ भने गतवर्ष नेपालको लागि इतिहासको एउटा कालो वर्ष जस्तै रह्यो । त्यस प्रकारको पृष्ठभूमिमा नै हामीले नयाँ वर्षमा प्रवेश गर्दैछौँ । गत सालको गम्भीर असर नयाँ सालमा पनि पर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।

    ओली सरकारका असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कारबाहीहरू अनियन्त्रित प्रकारले अगाडि बढिरहेका छन् । ओली सरकारको त्यस प्रकारको कार्यविधिबाट देशभित्रका प्रतिगामी शक्ति तथा विदेशी साम्राज्यवादी शक्तिहरूलाई धेरै बल पुगिरहेको छ । ओली सरकार र राजावादीहरूको बीचमा अघोषित कार्यगत एकता जस्तो नै भएको छ । भारतका कट्टरपन्थी हिन्दु शासकवर्गहरू नेपाललाई हिन्दु राष्ट्र बनाउन र राजतन्त्रको पुनस्र्थापनाको लागि सामान्य कुटनैतिक मर्यादा समेत तोडेर अगाडि आउन थालेको देखिन्छ । हरिद्वारमा कुम्भमेलाको बेलामा पूर्व राजाप्रति उनीहरुले प्रदर्शन गरेको सम्मानलाई हामीले अत्यन्त गम्भीर रुपमा लिनु पर्दछ । कुम्भमेलाको त्यो घटनाले नयाँ वर्षको उपलक्ष्यमा नेपालका लागि प्रतिगमनको खतराको गम्भीर सङ्केत दिन्छ ।

    नयाँ सालको अवसरमा हाम्रो, एकातिर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता समेतका अगाडि गम्भीर खतराको सङ्केत दिएको छ भने, अर्कातिर, त्यो खतराका विरुद्ध लड्ने गम्भीर जिम्मेवारी पनि हाम्रा काँधमा आएको छ ।

    त्यसरी समग्र रुपमा के भन्न सकिन्छ भने नयाँ बर्ष एकातिर गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताका अगाडि गम्भीर खतरा र अर्कातिर त्यसका विरुद्ध कडा सङ्घर्षको साल हुनेछ । तर हामीले आशा र विश्वास गर्दछौँ, सँधै झै नेपाली जनताले सबै प्रकारका खतराको सामना गरेर विजय प्राप्त गर्नेछन् र त्यसरी देश लगातार अग्रगमनको दिशामा नै अगाडि बढ्दै जानेछ ।
    २०७८ बैशाख ०१ गते ।

    बिहिबार, बैशाख ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.