• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

शिक्षक संघ प्युठानको अधिवेशन वैशाख ४ गते, यसरी हुँदैछ तयारी


  •   मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
  • ध्रुब गिरी, प्यूठान ।
    अखिल नेपाल शिक्षक संघ प्युठानको जिल्ला अधिवेशन आगामी २०७८ साल वैशाख ४ गते हुने भएको छ । अधिवेशन जनता मावि बागदुलामा आयोजना गरिने शिक्षक संघले जनाएको छ ।
    जिल्ला अधिवेशनको तयारीस्वरुप संघले आफ्नो गतिविधि तीब्र पारेको छ । अधिवशेनले विभिन्न महत्वपूर्ण शैक्षिक मुद्दाहरु उठाउने छ । अधिवेशन तयारीका लागि संघले पालिकास्तरमा संगठन निर्माण गरिरहेको छ ।

    Advertisement

    संघको नौबहिनी पालिकास्तरीय अधिवेशन गत चैत ७ गते सप्पन्न भएको थियो । अधिवेशनले नारायणबहादुर केसीको अध्यक्षतामा नयाँ समिति चयन गर्नुका जिल्ला अधिवेशनका लागि ५ जना प्रतिनिधिसमेत तोकेको छ ।

    यस्तै, संघको झिमरुक गाउँपालिकास्तरीय अधिवेशनले गोपाल गिरिको अध्यक्षतामा २५ सदस्यीय समिती चयन गरेको छ । साथै ७ सदस्यीय सलाहकार समिती गठन भएको छ ।
    कार्यक्रमको प्रमुख अतिथी झिम्रुक गाउँपालिका अध्यक्ष तिलक जिसि रहनुभएको थियो । कार्यक्रममा शिक्षक संघका महासचिव चक्रपाणी पौडेल, राजमो प्रतिनिधि वीरबहादुर जिसि, संघका केन्द्रीय सदस्य बालाराम पोख्रेल, जिल्ला अध्यक्ष अर्जुन केसी, नेपाल शिक्षक महासङ जिल्ला अध्यक्ष शेरबहादुर थापा, वडा अध्यक्ष टीका जिसि, शिक्षा शाखा अधिकृत मोहन बिसि, स्रोतव्यक्ति पुतला शर्मा, संघकापूर्व अध्यक्ष सिद्दिमान जिसि, जिल्ला सचिव डमरसिंह जिसि, झिम्रुक नेपाल शिक्षक महासंघका अध्यक्ष कर्ण जिसि लगायतको आतिथ्यता रहेको थियो ।

    यसैगरी शिक्षक संघ प्युठान नगरपालिकाको अधिवेशन चैत १४ गते सम्पन्न भएको छ । शोभबहादुर थापाको अध्यक्षता, केन्द्रीय उपाध्यक्ष बिन्दु बिष्टको प्रमुख आतिथ्यता र यशोदा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा जिल्ला समिति कोषाध्यक्ष महेन्द्रबहादुर केसी, महासंघ जिल्ला सहसचिव ध्रुव गिरी, जिल्ला सदस्य विष्णु पौडेल र लुइस्यान्जी केसीले शुभकामना मन्तव्य राख्नुभएको थियोे । सो कार्यक्रमको सन्चालन सचिव शालिकराम केसीले गर्नुभएको थियो ।नगर अधिवेशनले शोभबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय नगर समिति समेत गठन गरेको छ ।

    अखिल नेपाल शिक्षक संघ सरुमारानी गाउँ भेलाले गणेश पौडेलको अध्यक्षतामा १३ जनाको समिति गठन गरेको छ । जसको उपाध्यक्षमा मदन खनाल, सचिव वामदेव पौडेल, कोषाध्यक्ष भोजराज ज्ञवाली रहनुभएको छ । भेला जिल्ला उपाध्यक्ष कल्याण खड्का र प्रदेश सदस्य भुपाल थापा को उपस्थितिमा सम्पन्न भएको थियो ।

    यसैगरी अखिल नेपाल शिक्षक संघको गौमुखी गाउँपालिका अधिवेशन सम्पन्न भएको छ । चैत्र १४ गते सम्पन्न दोस्रो अधिवेशनलाई नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल शिक्षक संघ केन्द्रीय समितिका महासचिव चक्रपाणि पौडेलले उद्घाटन गर्नुभयो । अधिवेशनले उपेन्द्रप्रसाद न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिती गठन गरेको छ । संघको उपाध्यक्षमा बसन्ता जिसि, कोषाध्यक्षमा बलवहादुर विक, सचिवमा दुर्गाबहादुर थापा, सहसचिवमा कवि केसी रहनु भएको छ ।

    अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । अधिवेशनलाई सुभकामना दिनेहरुमा नेकपा (मसाल) प्युठान जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, नेपाल सिक्षक महासंघ प्युठान जिल्लाका पूर्वअध्यक्ष सिद्धिमान जिसी, अखिल नेपाल शिक्षक संघका प्युठान जिल्ला अध्यक्ष अर्जुन केसी, शिक्षक महासंघका झिम्रुक गाउँपालिका अध्यक्ष कर्णबहादुर जिसी र अखिल नेपाल महिला संघकी केन्द्रीय पार्षद तारा जिसी रहनु भएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव शिक्षक दुर्गाबहादुर थापाले गर्नु भयको थियो भने अध्यक्षता उपेन्द्र प्रसाद न्यौपानेले गर्नु भएको थियो । अधिवेसनमा शिक्षक शिक्षिकाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

    यसैगरी मल्लरानीको दोस्रो अधिवेशन भानुभक्त मावि बरबोटको प्राङ्गणमा सम्पन्न भएको छ । अधिवेशनको अध्यक्षता अखिल नेपाल शिक्षक संघ मल्लरानी पालिका अध्यक्ष कुलराज पौडेल, सन्चालन सचिव कृष्णबहादुर केसीले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व जिविस सभापति बोमबहादुर खत्री रहनुभएको थियो । कार्यक्रममा संघका महासचिव चक्रपाणी पौडेल, सदस्य बालाराम पोख्रेल, मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना, महासंघका जिल्ला सहचिव ध्रुव गिरी, अखिल संघका उपाध्यक्ष कल्याण खड्का, राष्ट्रिय जनमोर्चा मल्लरानीका अध्यक्ष सूर्यबहादुर नेपाली, वडा अध्यक्ष गिरिराज पौडेल लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियोे ।

    अधिवेशनले कुलराज पौडेलको अध्यक्षता र कृष्णबहादुर केसी सचिव रहेको २५ सदस्यीय अखिल नेपाल शिक्षक संघ मल्लरानी गाउँ समिति गठन गरेको छ । नवगठित समितिलाई जिल्ला सचिवालय सदस्य ध्रुव गिरीले शुभकामना दिनुभएको थियो । बन्दशत्रको कार्यक्रमको सन्चालन दुर्गाबहादुर थापाले गर्नुभएको थियो ।

    यसैगरी स्वर्गद्वारी नगरपालिकामा पनि संघको नगर अधिवेशन सम्पन्नभएको छ । भेलाबाट देविराम बस्नेतको नेतृत्व मा १३ सदस्यीय नगर समिति चयन गरिएको छ । यस्तै, माण्डवी गाउँपालिकामा पनि ५ सदस्यीय गाउँ समिति गठन भएको छ ।

    यता, ऐरावती गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले १३ सदस्यीय नयाँ नेतृत्व चयन पनि गरेको छ । जसमा भोज बहादुर राउत अध्यक्ष , सिद्दिमान खड्का उपाध्यक्ष, केशवराज बसेल सदस्य सचिव, सुमित्रा जिसी कोषाध्यक्ष , सदस्यहरूमा कमल प्रसाद आचार्य, हरेन्द्र शाह, झपेन्द गोराथोकी, हुतराज अधिकारी, प्रकाशदेव खनाल, रिमा रावल, हरेराम रास्कोटी र मिना शाही रहनुभएको छ । त्यसैगरी सल्लाहकार समितिमा कुलबहादुर थापा र खगेन्द्र खत्री रहनु भएको छ । कार्यक्रमको अध्यक्षता भोजबहादुर राउतले गर्नु भएको थियो । प्रमुख अतिथि अखिल नेपाल शिक्षक संघका केन्द्रीय सचिव चक्रपाणी पौडेल हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन केशवराज बसेलले गर्नु भएको थियो ।

     

    मङ्गलबार, चैत ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.