• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पत्रकार महासंघको निर्वाचन प्रतिगमनविरुद्ध एकतावद्ध बन्न सन्देश : मसाल


  •   आइतबार, चैत २९, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेपाल पत्रकार महासंघमा नव निर्वाचित समितिलाई बधाई दिएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले यो निर्वाचनलाई प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमविरुद्धको जितको रुपमा लिएको बताउनुभएको छ ।

    Advertisement

    पत्रकार महासंघको निर्वाचनमा प्रगतिशील र प्रजातान्त्रिक पक्षका उम्मेदवारहरूले विजय हासिल गरेका छन् । विपुल पोखरेल नेतृत्वको प्यानलले ओली पक्षका पत्रकारहरुलाई देशैभर पराजित गरेको थियो ।

    चुनावमा ओलीको प्रतिगामी कदमका विरुद्ध आन्दोलनमा उत्रेका सबै पत्रकारहरु बिना दलीय भेदभाव एकतावद्ध भएर उभिएका भन्दै मसालले ‘उनीहरूको विजय, देशलाई प्रतिगमनका विरुद्ध लैजाने षडयन्त्रका विरुद्धको विजय हो’ भनेको छ ।

    देशमा फेरि पनि प्रतिगमनको खतरा नटरेको मसालको ठहर छ । अहिले पत्रकार जगतले जुन प्रकारको मार्ग प्रसस्त गरेको छ, प्रतिगमनका विरुद्ध एकतावद्ध हुँदै त्यसलाई अनुशरण गर्नुपर्ने आवश्यकतामा मसालले जोड दिएको छ ।

    यस्तो छ वक्तव्यः
    नेपाल पत्रकार महासङ्घको निर्वाचनमा प्रगतिशील र प्रजातान्त्रिक पक्षका उम्मेदवारहरूको विजयले खाली पत्रकार महासङ्घका लागि मात्र होइन, सम्पूर्ण देशको राजनीतिमा नै गम्भीर अर्थ र महत्व राख्दछ । त्यो विजयले देशको राजनीतिमा एउटा महतवपूर्ण दिशानिर्देशन गरेको छ ।

    त्यसैले त्यो चुनावमा विजय प्राप्त गर्ने पत्रकारहरूलाई ने.क.पा. (मसाल) हार्दिक अभिनन्दन गर्दछ । प्रजातान्त्रिक र प्रगतिशील पक्षबाट उम्मेदवार बनेर पराजित भएका उम्मेदवारहरूलाई पनि हामीले बधाई दिन्छौं, किनभने उहाँहरूले प्राप्त गरेको मतले पनि प्रतिगमनका विरुद्धको मतको प्रतिनिधित्व गर्दछ ।

    वास्तवमा आज देश प्रतिगमनका विरुद्धको एउटा गम्भीर वा एक प्रकारले भन्ने हो भने निर्णयात्मक सङ्घर्षको मुखमा उभिएको छ । प्रथमतः असंवैधानिक तरिकाले संसदको विघटन गरियो । सर्वोच्चले विघटित संसदको पुनस्र्थापना गरेपछि पनि ओली सरकारले जबर्जस्तीपूर्वक त्यसलाई विफल बनाउन षडयन्त्र गरिरहेको छ । ओलीको त्यसबाट के स्पष्ट हुन्छ भने सर्वोच्चको त्यो फैसलाबाट ओलीले खाली नैतिक दृष्टिकोणले मात्र प्रधानमन्त्रीबाट राजीनामा दिनु आवश्यक थिएन, बहुदलीय व्यवस्थाको सम्पूर्ण हितको लागि व्यवहारिक दृष्टिकोणले पनि उनको राजीनामा आवश्यक छ ।

    उनले अन्धाधुन्दा प्रकारले जसरी संविधान र बहुदलीय व्यवस्थाका मर्यादा तथा आन्दोलनका उपलब्धि समाप्त गर्ने काम गरिरहेका छन्, त्यसबाट देश प्रतिगमनतिर जाने गम्भीर खतरा देखा परेको छ । त्यस कारणले उनको त्यस प्रकारको अधिनायकवादी र प्रतिगामी कार्यशैलीलाई रोक्नु राष्ट्रिय आवश्यकता भएको छ । त्यो दिशामा पत्रकारहरूको चुनावले पहिलो र महत्वपूर्ण सन्देश दिएको छ ।

    पत्रकारहरूको अहिलेको चुनावको राष्ट्रिय महत्व यो कुरामा छ कि त्यो चुनावमा ओलीको प्रतिगामी कदमका विरुद्ध आन्दोलनमा उत्रेका सबै पत्रकारहरु बिना दलीय भेदभाव एकतावद्ध भएर उभिएका थिए । त्यसकारण उनीहरूको विजय, देशलाई प्रतिगमनका विरुद्ध लैजाने षडयन्त्रका विरुद्धको विजय हो ।

    गत कालमा जबजब पनि देशमा त्यस प्रकारको खतरा उत्पन्न भएको छ, आन्दोलन त्यसरी नै एकतावद्ध भएर अगाडि बढ्ने गरेको छ । त्यसकारण अहिलेको पत्रकारहरूको विजयले प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्न, लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता समेतको लागि आन्दोलन अगाडि बढाउन महत्वपूर्ण आधार तयार पार्ने छ भन्ने हामीले आशा र विश्वास पनि गरेका छौ“ । हामीले ओलीको अधिनायकवादी र प्रतिगामी कदमका विरुद्ध आन्दोलनमा उत्रेका सम्पूर्ण राजनीतिक शक्ति, सङ्घसंस्था, नागरिक समुदाय र जनता समेतसित पत्रकारहरूले प्राप्त गरेको सफलतालाई अरू उच्च र मजबुत धरातलमा स्थापित गर्नका लागि अगाडि बढ्न अपिल गर्दछौँ ।

    अन्तमा हामीले के कुराप्रति सम्पूर्ण देश र जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ भने अहिलेको स्थिति सामान्य प्रकारको छैन । अहिले देशमा जनताको लामो आन्दोलनद्वारा प्राप्त उपलब्धिहरु समाप्त हुने स्थितिको सिर्जना हुँदै गइरहेको छ, जसमा लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता समेत पनि आउँछन् । तिनीहरूको रक्षाको लागि ०४६ साल वा ०६२/०६३ सालमा जस्तो उच्च प्रकारको आन्दोलनको आवश्यकता पर्न सक्दछ । राष्ट्रियतामाथि पनि गम्भीर खतरा पैदा हुँदै गइरहेको छ ।

    घटनाक्रमले के बताउँदै गइरहेका छन् भने ती सबैका पछाडि ओली सरकार निमित्त कारण बन्दै गइरहेको छ । जसले उनको कदम र कारवाहीलाई समर्थन गर्दै गइरहेका छन, उनीहरुले देश र जनताको सम्पूर्ण हित भन्दा व्यक्तिगत फाइदाका लागि सत्ताको आडमा लागेको जस्तो नै बढी देखिन्छ । ती सबै आफ्नो स्थितिबारे पुनर्विचार गरेर ओलीबाट सम्भावित प्रतिगामी खतरालाई रोक्न सचेत हुनुपर्ने र अगाडि आउनुपर्ने ऐतिहासिक आवश्यकता भएको छ ।

    अन्यथा देश एकपल्ट प्रतिगमनको दलदलमा फस्यो भने हामीले पुनः ५०/६० वर्ष पहिले जस्तो वा त्यो भन्दा कडा आन्दोलनमा उत्रनुपर्ने आवश्यकता पैदा हुनेछ । त्यस्तो हुन नदिन अहिले पत्रकार जगतले जुन प्रकारको मार्ग प्रसस्त गरेको छ, प्रतिगमनका विरुद्ध एकतावद्ध हुँदै त्यसलाई अनुशरण गर्नुपर्ने आवश्यकतामा ने.क.पा.(मसाल)ले विशेष जोड दिन्छ ।
    २०७७ चैत्र २९ गते ।

     

    आइतबार, चैत २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.