काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले स्थापना कालदेखि हालसम्मका अध्यक्षहरुलाई सम्मान गर्ने भएको छ । आगामी नव वर्ष २०७८ साल वैशाख १ गतेका दिन काठमाडौंमा एक कार्यक्रम गरी पूर्वअध्यक्षहरुलाई सम्मान गर्न लागेको अखिल (छैठौं) ले जनाएको छ ।
बुधबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना हुने कार्यक्रममा पूर्वअध्यक्षहरु विश्वकान्त मैनाली, निनु चापागाईं, लीलामणि पोखरेल, देव गुरुङ, टोपबहादुर रायमाझी, विनबहादुर कुँवर, परी थापा, हिमलाल पुरी, कृष्ण अधिकारी, राजेन्द्र ढुंगाना, दुर्गा शर्मा र अनिलकिशोर घिमिरेलाई सम्मान गरिने छ । रहनुभएको छ ।
आमन्त्रित अतिथीहरु
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलद्वारा लिखित पूस्तक ‘अखिल (छैठौं)को इतिहास’ पनि विमोचन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा विभिन्न विभिन्न संगठनका अध्यक्ष तथा नेकपा (मसाल) सम्वद्द सम्पूर्ण जनवर्गीय मोर्चाका प्रमुखहरुलाई आमन्त्रण गरिएको अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाष जिसीले जानकारी दिनु भयो ।