बागलुङ । अखिल नेपाल युवक संघ बाग्लुङ ११ औं जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा जैमिनी नगरपालिका–७ को वडा भेला यहि चैत २८ गते जैदीको बोरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल युवक संघका गण्डकी प्रदेश सचिव संजाल शर्माले प्रशिक्षण मन्तव्य दिँदै, नेपाली युवाहरूलाई सत्तारूढ दलले बेवास्ता गर्दा झन् झन् समस्यामा फस्दै गएको बताउनु भयो । उहाँले आफ्नो हक अधिकारको खोजी गर्नको निम्ति सचेत र संगठित हुनु पार्ने कुरामा जोड दिँदै उहाँले रोजगारीको लागि विदेश नै जानुपर्ने बाध्यता रहेकोले युवाविहीन गाउँ बनिरहेको बताउनु भयो ।
देशलाई समृद्धिको बाटोमा लैजान सक्ने तागत भएका युवाको सिप, क्षमता र साहसलाई राज्यले चिन्नुपर्ने कुरामा जोड दिँदै शर्माले रेमिट्यान्सले मात्र मुलुक समृद्ध नहुने बताउनु भयो । अन्याय, अत्याचार र शोषण, दमन र भ्रस्टाचार विरुद्ध युवाहरू आन्दोलित हुन समेत उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रममा विशिस्ट अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डिलबहादुर दर्जीले राष्ट्रियता, जनतन्त्र र जनजीवीको आन्दोलनमा युवाको महत्त्वपूर्ण भूमिका हुने बताउँदै उहाँले युवालाई समाजमा नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष शिव पौडेल, किसान संघका नेता पशुपति शर्मा, अखिल (छैठौं) नगर सदस्य सम्झना शर्मा लगाएतका अथितीहरुले भेला सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो । राष्ट्रिय जनमोर्चाका नगर सदस्य रिता राना र स्थानीय नेता तिलबहादुर रानाको समेत आथित्यता रहेको थियो ।
भेलाले मनबहादुर रानाको अध्यक्षतामा ११ पूर्ण, ४ वैकल्पिक गरि १५ सदस्यीय अखिल नेपाल युवक संघ जैमिनी–७ को वडा समिति चयन गरेको छ । जसको उपाध्यक्ष गणेश पौडेल, सचिव सरोज चालिसे, सहसचिव बबिता थापा, कोषाध्यक्ष प्रेम राना, सदस्यहरुमा नेत्र राना, तिलक राना, सरिता जिसी, नवीन जिसी, यम परियार रहनुभएको छ । एक स्थान हाललाई रिक्ता राखिएको छ । यस्तै, वैकल्पिक सदस्यमा इन्द्रा जिसी, देवराज शर्मा हुनुहुन्छ भने २ स्थान रिक्त राखिएको छ ।
युवक संघका वडा अध्यक्ष सुरेश रानाको अध्यक्षतामा सुरु भएको भेलाको स्वागत प्रेम रानाले गर्नु भएको थियो भने सञ्चालन मनबहादुर रानाले गर्नु भएको थियो ।
अखिल नेपाल युवक संघ बाग्लुङको ११ औं जिल्ला सम्मेलन २०७८ वैशाख २४र२५ गते गलकोटमा सम्पन्न गर्ने बताएको छ ।