• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अखिल नेपाल शिक्षक संघ गलकोटको भेला सम्पन्न


  •   आइतबार, चैत २९, २०७७ मा प्रकाशित
  • बागलुङ । अखिल नेपाल शिक्षक संघ बागलुङले आगामी २०७८ वैशाख १७ र १८ गते बुर्तिबाङमा सम्पन्न हुन गईरहेको चौथो जिल्ला सम्मेलन तयारीको पूर्वसन्ध्यामा आफ्नो गतिविधिलाई तीव्र पारेको छ । यसैक्रममा शनिबार (चैत २८ गते) संघको गलकोट नगरस्तरीय दोश्रो नगर भेला सम्पन्न भएको छ ।

    Advertisement

    ‘सम्पूर्ण शिक्षकहरु एक हौऔं, शैक्षिक तदर्थवादको अन्त्य गरौं, शैक्षिक गुणस्तर तथा पेशागत अधिकारका लागि संघर्ष गरौं’ भन्ने मूल नाराका साथ गलकोटको गल्याङमा कार्यक्रम सम्पन्न भएको हो ।

    भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बेदिलाल सापकोटाले शिक्षकहरु पठनपाठनमा मात्र सिमित नभई अनुशासित र कर्तव्यनिष्ठ बन्नु पर्ने बताउनुभयो । उहाँले अन्य शिक्षकहरु भन्दा अखिल नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुले छुट्टै पहिचान दिनु पर्नेमा जोड दिनुभयो ।

    भेलामा नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य सुनमाया ढकाल, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य पदम श्रेष्ठ, जिल्ला सल्लाहकार टंक केसी, गलकोट नगर शिक्षा समिति सदस्य बद्री ढकाल, अखिल नेपाल महिला संघ गलकोटका अध्यक्ष देवी खत्री, अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य भीम पुन लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

    भेलाले सोमलाल सापकोटाको अध्यक्षतामा ७ सल्लाहकारसहित २१ सदस्यीय अखिल नेपाल शिक्षक संघ गलकोट नगर समिति चयन गरेको छ । जसको उपाध्यक्ष भीम पुन, महिला उपाध्यक्ष कविता शर्मा, सचिव शेरबहादुर थापा, सहसचिव नरेन्द्र पुन, कोषाध्यक्ष जयलाल चालिसे चयन हुनुभएको छ । सदस्यहरुमा टिकाराम कडेल, भीम शर्मा, माया पौडेल, बिष्णु गौतम, प्रकाश चालिसे, कुलराज शर्मा, डोल बहादुर केसी, मतिलाल गौतम, रामकान्त गौतम, रेशम राना, साबित्रा थापा, भक्तबहादुर थापा, दलबहादुर पुन, दिनेश खत्री, मिरा विक, तथा सल्लाहकारमा बद्री ढकाल, टंकबहादुर केसी, पुस्कर सापकोटा, सुनमाया ढकाल र पूर्ण चोखाल रहनु भएको छ ।

    कार्यक्रम अखिल नेपाल शिक्षक संघ गलकोटका अध्यक्ष पुष्कर सापकोटाको अध्यक्षता, उपाध्यक्ष शेरबहादुर थापाको स्वागत र सहसचिव सोमलाल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य बिष्णु बस्नेत, अखिल (छैठौं) बागलुङका अध्यक्ष गणेश सापकोटा, अखिल नेपाल युवक संघ बागलुङका सदस्य मनिष कँडेल, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय सदस्य बिमल पाण्डे, अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य पूर्ण चोखाल, अखिल नेपाल शिक्षक संघ काठेखोलाका उपाध्यक्ष हेमराज सुबेदी, अखिल नेपाल महिला संघ गलकोटका सदस्य भीमा खत्री लगायतको आतित्थ्यता रहेको थियो ।

    आइतबार, चैत २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.