• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपालमाथि भारतीय हस्तक्षेपको ऐना ‘नेपाल-भारत सम्बन्ध’


  •   शनिबार, चैत २८, २०७७ मा प्रकाशित
  • वाम बुद्धिजीवी तथ राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्टको ‘नेपाल–भारत सम्बन्ध’ पुस्तक पढेपछि त्यसबारे केही कुराहरु लेख्न मन लाग्यो । वास्तवमा यो पुस्तकले नेपाल भारत सम्बन्धका विविध आयामलाई सांगोपांगो केलाएको मात्रै छैन, बजारमा उपरोक्त विषयको पुस्तक अभावलाई समेत पुरा गरिदिएको छ । यो पुस्तक विद्यालय, कलेजका लागि पठनपाठन र सम्बन्धित क्षेत्रका शोधकर्ताहरुका लागि अति उपयोगी सन्दर्भ ग्रन्थ हुने सक्छ । वास्तवमा यो पुस्तक ‘अर्काभ’ मा ‘सेभ’ गर्नैपर्ने खालको रहेछ ।

    Advertisement

    नेपाल र भारतबीच संसारमै दुई राष्ट्रबीच हुने दुर्लभ खालको सम्बन्ध छ । आदिम कालदेखि नै यी दुई छिमेकी राष्ट्रबीच विशेष खालको सम्बन्ध रहीआएको छ । अहिलेसम्म पनि नेपाल र भारतबीच खुला सीमाना छ । आफ्नो इच्छा र आवश्यकता अनुसार नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा बिना रोकटोक आवतजावत, व्यापार, व्यवसाय, नोकरी गर्न पाउँछन् । अन्तरदेशीय बिहेबारी चल्छ । भाषा, संस्कृति धेरै हदसम्म मिल्दोजुल्दो छ । एक अर्काको भाषा, संस्कृतिलाई अर्को देशले ग्रहण गर्ने र प्रयोग गर्ने गर्दै आएका छन् । राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा निकट सम्बन्ध छ । नेपाली युवाहरु भारतीय फौजमा सामेल भएर झण्डै ३० भन्दा बढी राष्ट्रविरुद्ध लडेका छन् र अहिले पनि भारतको अखण्डता रक्षाका लागि नेपाली जवानहरु प्रयोग गरिन्छन् । जनस्तरमा दुई देशबीचको सम्बन्ध निकै निकट र अन्य देशको तुलनामा ‘अलौकिक’ खालको छ ।

    करिब तीन हजार वर्षपहिलेदेखि नेपाल र भारतकाबीचमा रहीआएको राजनीतिक सम्बन्धका धेरै कुरामा सामञ्जस्यता भएपनि नेपालभन्दा आकारमा झण्डै २२ गुणा ठूलो, करिब साढे चारसय गुणा बेसी जनसंख्या, समुन्द्रसँगको पहुँच आदी कारणले सानो भूगोल, थोरै जनसंख्या र भूपरिवेष्ठित नेपालले समान आधारमा प्रतिष्पर्धा गर्न सक्दैन । कैयौं कुरामा नेपाल भारतमाथि निर्भर रहनुपर्ने बाध्यता छ । यही परिस्थितीमा यी दुई देशबीचको सम्बन्धमा पनि उतार चढाव आइरहन्छ । अनि ठूलो माछाले सानो माछालाई खाने प्रवृत्ति भारतीय शासकहरुमा विद्यमान छ ।

    यो पुस्तकले भारतको नेपालप्रतिको दृष्टिकोण तथ्यका आधारमा छर्लंङ पारिदिएको छ । ब्रिटिसको पालाभन्दा अघिदेखि हालसम्मका नेपाल भारतबीचका सबै सम्बन्धहरुलाई सांगोपांगो केलाइएको छ । तथ्यहरुको विश्लेषणबाट यी दुवै देशको बर्तमान अवस्थालाई प्रष्ट पारिदिएको छ । इतिहासमा समान सार्वभौमिकताका आधारमा सम्बन्ध स्थापित गरेका नेपाल र भारतबीच भारतमा बेलायती साम्राज्यवादको उदयसँगै नयाँ मोड आएको र त्यो बेग्लाबेग्लै रुपमा अहिलेसम्म कायम रहेको दुई देशको सम्बन्धको ऐना बनेको छ यो पुस्तक ।

    ‘ब्रिटिस इस्ट इन्डिया कम्पनीले ‘फुटाउ र राज गर’ को नीति अन्तर्गत भारतका राजा रजौटालाई एक एक गरेर आफ्नो नियन्त्रणमा लिएर ब्रिटिस शासन स्थापना गर्न उन्मुख भइरहेको परिप्रेक्ष्यमा ब्रिटिससँगको सम्बन्धले देशको राष्ट्रियता जोगिन नसक्ने कुराको पृथ्वीनाराण शाहले राम्रोसँग हेक्का राखेका थिए ।’ (पृष्ठ२२) यही सन्दर्भमा पृथ्वीनारायण शाहले नेपाललाई फुटेका राज्यहरु एकीकरण गर्दै बलियो राज्य बनाउने र अंग्रेजहरुलाई नेपालभित्र पस्न नदिने रणनीति लिएका थिए । तत्कालिन ब्रिटिस भारतले भारतीय भूगोलभित्रका सयौं राजा रजौटाहरुलाई गाभ्दै एकीकृत भारत निर्माणको अभियान सञ्चालन गरेको थियो । उनीहरुको नजर स्वभाविक रुपमा नेपालमाथि पनि पर्ने नै भयो । तर, तत्कालिन राजाहरुले ब्रिटिस साम्राज्यवादको रणनीति बुझेर सोही अनुसार प्रतिरक्षाको नीति लिएका थिए । तैपनि नेपालकै शासकहरुको अन्तरविरोधमा ब्रिटिस साम्राज्यवादले खेल्ने मौका पाउन थाल्यो र कैयौं गोप्य सूचनाहरु प्राप्त गर्न सफल हुँदै गयो ।

    पुस्तकको पृष्ठ २४ मा उल्लेख भएअनुसार ‘ब्रिटिससँग पृथक रहने नीति दरबारियाहरुको रहेपनि आफ्ना प्रतिद्वन्द्वी गुटलाई कमजोर पार्न ब्रिटिस सत्तालाई प्रयोग गर्ने वा अन्जानमा नै भएपनि दरबार भित्रका गोपनियता ब्रिटिस समक्ष पुर्याउने काम गरेका थिए ।’

    नेपालका शासकहरुको आपसी दाउपेच र षडयन्त्रमा एक अर्काविरुद्ध जब ब्रिटिसहरुलाई प्रयोग गर्न थालियो त्यसको परिणाम नेपालभित्र उनीहरुले खेल्न थाले र आफ्नो ‘फुटाउ र राज गर’ को कायम गर्न थाले । यही परिवेशमा भएको नेपाल–अंग्रेज युद्धमा नेपाल पराजित हुन पुग्यो र सन् १८१६ को अपमानजनक सुगौली सन्धि गर्न बाध्य भयो । सुगौली सन्धिले नेपाललाई ब्रिटिसको अर्धउपनिवेशमा परिणत गरिदिएको थियो । ब्रिटिस शासकहरु सोझै नेपालमा उपस्थित भएर होइन, यहाँका शासकहरुलाई प्रभावमा पारेर नेपालको राजनीतिमा हस्तक्षेप गर्ने नीति लिएका थिए । जुन नीति भारत स्वतन्त्र भएको करिब एक शताब्दीसम्म पनि कायमै छ ।

    मनोज भट्टले लेख्नुभएको ‘नेपाल भारत सम्बन्ध’ ले ब्रिटिस भारतको त्यो उत्तराधिकार स्वतन्त्र भारतले कसरी ग्रहण गर्यो र पछिल्लो समय नेपालमाथि कब्जा जमाउन के कस्तो प्रयास भइरहेको छ, अनि नेपाली शासकहरु कसरी भारतीय स्वार्थका सामु निरीह हुने गरेका छन् भन्ने स्पष्ट पारेको छ ।

    ब्रिटिस भारतबाट उत्तराधिकारका रुपमा प्राप्त साम्राज्यवादी नीति अन्तर्गत बदनाम ‘नेहरु डक्ट्रिन’ बन्यो । यसले हिमालयको काखमा रहेका सिक्किम, नेपाल, जम्मु, काश्मिर, भुटान जस्ता देशहरुलाई अखण्ड भारतीय संघमा गाभ्ने नीति लियो । त्यसको परिणाम सिक्किम भारतमा विलय भइसक्यो । जम्मु, काश्मिरको स्वतन्त्र अस्तित्व खोसियो । भुटान पनि भारतीय सुरक्षा र परराष्ट्र नीतिको छातामुनी छोपियो । अब बाँकी रहेको नेपाललाई पनि भारतीय संघमा गाभ्न अनेक योजना बनिरहेका छन् । त्यस्ता षडयन्त्रमा नेपालकै शासकहरु जानेर जा अन्जानमा, स्वार्थवश प्रयोग भइरहेका छन् । जसले नेपालको अस्तित्व नै कतै नामेट हुने त होइन भन्ने गम्भीर चिन्ता भइरहेको छ ।

    प्रस्तुत पुस्तकले सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिको सेरोफेरो र त्यसले नेपाल अपमानित हुनुपर्ने अवस्था, वि.स. २००७ सालको राणाविरुद्ध आन्दोलनमा भारतीय स्वार्थ, २००७ सालदेखि २०१७ सालसम्म नेपालमाथि भारतीय प्रभुत्व जस्ता विषयलाई उजागर गरेको छ । यस्तै, पञ्चायती व्यवस्था, बहुदलको उदय र २०६२÷०६३ सालको जनआन्दोनपछिको भारतीय प्रभावलाई खुलस्त पारेको छ । यसैगरी, माओवादीद्वारा सञ्चालित सशस्त्र संघर्ष र मधेश आन्दोलनलाई भारतले कसरी उपयोग गरेको थियो र अहिले नेपाललाई विभाजन गर्न के कस्ता रणनीत चालिएको छ भन्नेबारे ब्याख्या गरिदिएको छ ।

    यति मात्र होइन, नेपालका प्रमुख नदीनालाहरुमा भारतीय कब्जा, उद्योग धन्दा र अर्थतन्त्रमा भारत माथि निर्भर हुनुपर्ने बाध्यता, सीमा क्षेत्रमा बाँधिएका दर्जनौं बाँध, भूगोलमाथिको अतिक्रमण र राजनीतिक हस्तक्षेप हरेक विषयलाई यो पुस्तकले समेटेको छ ।

    समग्रमा भारतबाट नेपालको अस्तित्व रक्षा वा राष्ट्रियताको रक्षा समकालका लागि गम्भीर चिन्ताको विषय हो । ब्रिटिस भारत हुँदै बर्तमान स्वतन्त्र भारतले समेत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई खत्तम पार्न चालेका अधिकांश षडयन्त्रहरुमा यहीँका शासकहरु नै प्रयोग हुने गरेका छन् । त्यो अझ बढी चिन्ताको विषय हो । प्रस्तुत ‘नेपाल भारत सम्बन्ध’ ले इतिहासको चर्चा र बर्तमानको विश्लेषण गरेर राष्ट्रियता रक्षाका लागि सजग हुन नेपालीहरुलाई घच्घच्याएको छ । त्यसकारण यो पुस्तक पठनीय त छँदैछ, संकलनयोग्य पनि छ ।

    मनोज भट्टद्वारा ​लिखित ‘नेपाल–भारत सम्बन्ध’ विषयक पुस्तक प्रकाशित

    शनिबार, चैत २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.