• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गृह मन्त्रालयद्वारा २६ कर्मचारीको सरुवा


  •   बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
  • काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सहसचिव तथा उपसचिव गरी २६ कर्मचारीको सरुवा गरेको छ । यही चैत २६ को गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको प्रमुख, सहसचिव शिवराम गेलाललाई बाँकेको प्रजिअ, धर्मेन्द्र मिश्रलाई नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

    Advertisement

    सहसचिव सुुशील वैद्यलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँ, होमप्रसाद लुईंटेललाई लमजुङको प्रजिअ, अनिता निरौला र विश्वप्रकाश अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयमा पठाइएको छ । मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेलाई बैतडी, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी, भरतमणि पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ । सहसचिव जनार्दन गौतमलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय रुपन्देहीको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

    बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई रुपन्देहीको सहायक प्रजिअमा, उपसचिव शङ्करबहादुर विष्टलाई टिकापुर इलाका प्रशासन कार्यालयबाट बाँकेको सहायक प्रजिअ, र बाँकेका प्रजिअ रामबहादुर कुरुङ्वाङलाई इप्रका टिकापुरमा पठाइएको छ ।

    गृह मन्त्रालयका उपसचिव गोपालकुमार अधिकारीलाई बाजुराको प्रजिअमा पठाइएको छ । बाजुराका प्रजिअ कृष्णप्रसाद गैरेलाई कारागार कार्यालय पर्सा, डोटीका प्रजिअ भीमप्रसाद भट्टराईलाई चितवनको सहायक प्रजिअ, कास्कीका सहायक प्रजिअ गुरुप्रसाद ढकाललाई इलाका प्रशासन कार्यालय लेखनाथ कास्की तथा लेखनाथका कृष्णचन्द्र पौडेललाई कास्की जिल्लाको सहायक प्रजिअमा सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाग्लुङका उपेन्द्रराज पौडेललाई इलाका प्रशासन कार्यालय बुटबल, रोल्पाका प्रजिअ नरेन्द्रकुमार रानालाई गृह मन्त्रालय, कारागार कार्यालय मोरङका उपसचिव सुवासकुमार लामिछानेलाई इलाका प्रशासन कार्यालय धरान र लमजुङका प्रजिअ श्रीकृष्ण शर्मालाई कारागार कार्यालय मोरङ पठाइएको छ ।

    ‘सङ्क्रमण रोकथाममा प्रहरी अस्पतालको भूमिका प्रशंसायोग्य’
    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरी अस्पतालले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्र्दै क्षेत्रीले सङ्क्रमणका बेला प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय रहेको र आगामी दिनमा थप सतर्क र लगनशील भएर काम गर्न चिकित्सक तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।

    नेपाल प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवा कार्यान्यवनमा सदैव निरन्तर र दीर्घकालीन हुनुपर्नेमा उहाँको जोड थियो । नेपाल प्रहरी अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्वमहानिरीक्षकले निर्वाह गरेको योगदानको पनि उहाँले प्रशंसा गर्नुभयो ।

    समारोहमा उहाँले अस्पतालको बील तथा रिपोर्टका लागि अनलाइन सुविधा लिन सकिने प्याटियन्ट पार्टलको उद्घाटन पनि गर्नुभयो । उहाँले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषमार्फत आएको रु दुई करोड अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले स्वास्थ्य क्षेत्रमा आएका नवीनतम् प्रविधि र पद्धतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको जानकारी दिनुभयो ।

    समारोहमा अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेख समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७७’ र नेपाल मेडिकल जर्नलको लोकार्पण गरिएको थियो । अस्पतालको सेवा प्रवाहमा योगदान गर्दै २५ वर्षसम्म सेवा गर्ने प्रहरी कर्मचारीलाई कदरपत्र तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पु¥याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्ज र सङ्घ संस्थालाई प्रशंसापत्र प्रदान गरियो । (रासस)

    बिहिबार, चैत २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.