काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकै पटक १६५ वटा सडकको शिलान्यास गर्नुभएको छ । बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
Advertisement
निर्वाचन क्षेत्रभित्र रणनीतिक सडक निर्माण गर्ने उद्देश्यले सरकारले एक निर्वाचन क्षेत्रमा एक सडक निर्माण गर्दैछ । संघीय निर्वाचन क्षेत्रमा एक–एक वटाका दरले पर्ने गरी १६५ वटा सडक निर्माण गर्न लागिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारबाट शनिबार मध्यान्ह स्विच दबाएर प्रधानमन्त्री ओलीले १६५ संघीय निर्वाचन क्षेत्र जोड्ने सडक सञ्जाल निर्माणको शुभारम्भ गर्नुभयो ।